बार्सालाई पछि पार्ने दाउमा मड्रिड


Infocus



स्पेनिस ला लिगा फुटबलमा शनिबार रियल मड्रिडले इस्पानियोलसँग प्रतिस्पर्धा गर्दैछ। दुवै बीचको खेल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नेबेउमा नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछ।

NIC ASIA

मड्रिड फुटबल क्लव बार्सिलोनालाई पछिपार्ने दाउका साथमा मैदान उत्रन लागेको हो। ला लिगामा यस सिजन अहिलेसम्म बार्सा र मड्रिडले समान ४–४ खेल खेलेका छन्।

तर बार्सिलोना सबै चार खेलमा विजयी हुँदै १२ अंकसहित शीर्ष स्थानमा छ भने मड्रिड ३ मा जित र एकमा बराबरी खेल्दै १० अंकसहित लिगको दोस्रो स्थानमा छ।

आजको खेल जिते मड्रिड १३ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लने छ।

आजै एथ्लेटिको मड्रिड र गेटाफे भिड्दै

ला लिगामा एथ्लेटिको मड्रिड र गेटाफेबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ।

एथ्लेटिको मड्रिड ४ खेल खेलिसक्दा मात्र ५ अंकसहित लिगको दशौं स्थानमा छ। गेटाफेभने १० अंक सहित लिगको पाँचौ स्थानमा छ।

अन्य खेल

शनिबार नै रायो भाल्लेकानो र आलाभेस, सेल्टाभिगो र रियल भालाडोलिड, एइबर र लेगनासबीच पनि प्रतिस्पर्धा हुँदैछ।

 

प्रकाशित ६ असोज २०७५, शनिबार | 2018-09-22 16:54:55
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।