भूकम्पपछि दशरथ रंगशालामा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै


Infocus



प्रतियोगिताबारे जानकारी दिदैँ अायोजक
प्रतियोगिताबारे जानकारी दिदैँ अायोजक

२०७२ सालको महाभूकम्पपछि जिर्ण बनेको दशरथ रंगशालामा आउँदो माघमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा माघ ९ गतेदेखि १९ गतेसम्म ‘मदन भण्डारी इन्टरनेशनल फुटबल प्रतियोगिता–२०१९’ हुन लागेको हो।

भूकम्पले रंगशालामा जिर्ण भएपछि पुर्ननिर्माणको काम भईरहेकाले कुनैपनि प्रतियोगिता हुन सकेका थिएनन्। प्रतियोगितामा नेपालका रातो र निलोसहित दक्षिण कोरिया, भुटान, बंगलादेश, भारत, थाइल्याण्ड र चीनका टोलीहरु सहभागी हुने आयोजकले जनाएको छ।
आयोजक समितीका सदस्य तथा अखिल नेपाल फुटबल संघ(एन्फा)का मानार्थ अध्यक्ष टासी घलेले आफूहरुले ती देशलाई सके राष्ट्रिय टोली नभए यू–२३ स्तरको टोली पठाउन भनेको बताए।

‘रंगशालामा भूकम्पले क्षति पुगेपछि नेपालमा विदेशी टोली आएर खेलेका छैनन्,’ घलेले भने, ‘यस प्रतियोगिताले नेपाललमा पुनः विदेशी टोली ल्याएर खेल्ने वातावरण निर्माण गर्दैछ। आगामी वर्षहरुमा एन्फाको वार्षिक क्यालेन्डरमै राखेर प्रतियोगितालाई नियमितता दिइनेछ।’

पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता एक करोड पचास लाखको लागतमा हुन लागेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले २५ हजार अमेरिकी डलर तथा उपविजेताले १० हजार अमेरिकी डलर पाउनेछन्।

यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, मिडफिल्ड र प्रशिक्षकलाई समान १–१ हजार अमेरिकी डलर प्रदान गरिने आयोजकले जनाएको छ।

तयार हुन्छ त दशरथ रंगशाला?

आयोजकले दशरथ रंगशालामा खेल गर्ने घोषणा गरेपनि पुर्नः निर्माणको काम चलिरहेकाले निर्धारित समयमा खेल हुने हो कि हैन् भन्ने शंका छ।

तर, आयोजक कमिटीका अध्यक्ष समेत रहेका एकेडेमीका अध्यक्ष विनोद भण्डारी भने ९९ प्रतिशत खेल दशरथ रंगशालामै हुने एक प्रतिशत नभएर विकल्प खोजिने बताउँछन्।

‘हामीले पटक–पटक राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग कुराकानी गरेका छौं,’ श्रेष्ठले भने, ‘उहाँहरुले दशैपछि रंगशाला तयार हुने प्रतिबद्धता जनाएपछि हामीले यसअघि नै गर्न लागेको प्रतियोगिता पछि सारेका हौं। आफूहरुको जनशक्ति प्रयोग गरेर भएपनि प्रतियोगिता रंगशालामै गराउँछौं।’

यसअघि एकेडेमीले सेप्टेम्बरमा प्रतियोगिता आयोजना गर्ने भनेपछि रंगशाला निर्माण भइनसक्ने भएकाले जनवरीका लागि मिती तय गरेको थियो। आफूहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने भएपछि सम्बन्धित निकायले रंगशाला निर्माणमा तदारुपता देखाउने विश्वास लिएको छ।

‘हामीले दशरथ रंगशाला निर्माणमा सम्बन्धित पक्षलाई दबाब होस भन्नाले पनि प्रतियोगिता रंगशाला मै आयोजना गर्ने दृढता व्यक्त गरेका छौं,’ श्रेष्ठले भने, ‘हाम्रा एकेडेमीका कार्यकर्ता परिचालन गरेर भएपनि त्यही स्थानमा प्रतियोगिता सम्पन्न गर्न दृढ छौं।’

मदन भण्डारी स्पोर्टस एकेडेमीले विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गर्दै आएको छ। यसअघि एकेडेमीले बुटवलमा १५ लाख राशीको गोल्डकपपनि आयोजना गरिसकेको छ।

प्रकाशित २९ भदौ २०७५, शुक्रबार | 2018-09-14 16:37:34
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    मी टू सन्दर्भः ओठ भरिलो पारेर उसले मेरो ब्लाउजमाथि ‘फ्रिक्सन’ गरिरह्यो

    मेरो छेउको त्यो पुरुषले बिनाकारण मेरो अंग प्रत्यङग स्पर्श गर्न थाल्यो। आँखा रसिलो र ओठ भरिलो पारेर ऊ मेरो ब्लाउजमाथि घरि घरि हातले फ्रिक्सन (घर्षण)...

  • सुनम गौतम

    अष्ट्रेलियन क्रिकेटमा नेपाली युवाको संघर्ष

    नोभेम्बरको अन्तिम साताबाट सुरु हुने भिक्टोरिया टी–२० स्लामलाई उनले बीबीएलमा पर्ने प्रतियोगिताको रुपमा उपयोग गर्ने बताए। उनको क्लबको पहिलो खेल नै...

  • भुटानी नरेश जिग्मी खेशर वाङचुक भारतीय प्रधानमन्त्री माेदीसँग

    भारतको ऋण चंगुलबाट निस्केला भुटान?

    चुनावैपिच्छे नयाँ पार्टीको सरकार बन्ने परम्परा बसेको भुटानमा प्रधानमन्त्रीका रुपमा छिरिङको सफलता बिजुलीको मूल्य वृद्धि र भारतको ऋणभार कम गर्नुमै...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    यी राजकुमार क्षेत्री, जो विमानस्थलका सटर सुन तस्करलाई भाडामा दिन चाहन्थे

    सरकारको खरिद नियम उल्लंघन गरी बद्नियतपूर्ण तरिकाले आफूले चाहेको ठेकेदारलाई सटर भाडामा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक...