ओरालो लाग्दै रोनाल्डो–मेस्सी




नेपालखबर काठमाडौँ एक दशक यता विश्व फुटबलमा एकछत्र राज गर्दै आएका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको खेल जीवनमा उतार चढाब सृजना हुन थालेकाे छ।

  ३३ वर्षीय रोनाल्डो र ३१ वर्षीय लियोनल मेस्सीले बालुन डि’ओर अवार्ड समान पाँच–पाँच पटक हात पारेका छन्। यो अवार्ड उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने गरिन्छ। तर यस पटकको उत्कृष्ट अवार्डमा नोमिनेसन भईसक्दा बार्सिलोनाका स्टार मेस्सी अटाउन सकेका छैनन्। यद्यपी रोनाल्डो अन्तिम तीन मनोनयनमा परे पनि उनको अवार्ड जित्ने सम्भावना न्यून भएको फुटबल विश्लेषकहरु बताउँछन्।

केही हप्ताअघि युरोपेली फुटबल संघ यूइएफएले उत्कृष्ट अन्तिम ३ खेलाडीको सूची सार्वजनिक गर्दा रियल मड्रिडका लुका मोड्रेच, लिभरपुलका मोहम्मद सलाह तथा मड्रिडकै क्रिस्टियानो रोनाल्डो (रोनाल्डो यतिबेला युभेन्ट्सबाट खेल्छन्) को नाम मनोनयनमा राखिएको थियो। त्यसबेला मेस्सी अन्तिम तीनमा परेनन। अन्तमा यूइएफए उत्कृष्ट खेलाडीको अवार्ड लुका मोड्रेचले प्राप्त गरेका थिए। त्यसबेला रोनाल्डोको गोल उत्कृष्ट घोषित भएको थियो।

सोमबारमात्र फिफाले वर्षका उत्कृष्ट शीर्ष ३ खेलाडीको सूची सार्वजनिक गर्दा फेरी मोड्रेच, रोनाल्डो, सलाहनै मनोनयनमा परेका छन्। मेस्सी यस मनोनयनमा पनि अटाएनन्। मेस्सी ११ वर्षयता फिफाको अन्तिम तीन सूचीमा पर्दै आएका थिए। फिफा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड यसै सेप्टेम्बर महिनाको २४ तारिखमा लण्डनमा प्रदान गरिनेछ। लुका मोड्रेचको प्रदर्शन उत्कृष्ट भएकाले यो अवार्ड पनि उनैले प्राप्त गर्ने सबैको आँकलन छ।

यही परिदृश्यलाई हेर्दा फ्रेन्च पत्रिकाले प्रदान गर्ने बालुन डि’ओर अवार्ड मोड्रेचले नै लाने देखिन्छ किनभने यूइएफए उत्कृष्ट खेलाडी, फिफा वर्ष उत्कृष्ट खेलाडी र बालुन डि’ओर अवार्ड प्रदान गर्ने मापदण्ड लगभग एकै प्रकारको रहेको छ। यस अनुसार अघिल्ला अवार्डका नोमिनेसनजस्तै बालुन डि’ओरको अन्तिम ३ सूचीमा मेस्सी पर्नेछैनन्। मोड्रेच, रोनाल्डो र सलाहबीच नै बालुन डि’ओर अवार्ड भिडन्त हुनेछ।

यदि रोनाल्डो र मेस्सीमध्ये एकले यस अवार्ड नपाएको खण्डमा रोनाल्डो र मेस्सीको इरा तोडिनेछ।

कस्तो थियो रोनाल्डो, मेस्सीसहित मनोनयनमा परेका खेलाडीको प्रदर्शन

गत सिजनको लिग खेल तथा जुलाइमा सम्पन्न रुस विश्वकपलाई हेर्दा रोनाल्डो र मेस्सीले क्लवमा जति उत्कृष्ट खेले देशका लागि राम्रो प्रदर्शन गर्न सकेनन्। रोनाल्डोले गत सिजन रियल मड्रिडलाई लगातार ३ पटक च्याम्पियन्स लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले।

उनी च्याम्पियन्स लिगमा १५ गोलसहित सर्वाधिक गोलकर्ता बन्दा ला लिगामा २६ गोल गर्दै दोस्रो सर्वाधिक गोलकर्ता बने। तर रोनाल्डोले पोर्चुगललाई विश्वकपको प्रि–क्वाटर फाइनलसम्म पु¥याए पनि त्यहाँभन्दा अगाडि बढाउन सकेनन्। उनले विश्वकपमा ४ गोल गरेका थिए।

मेस्सीले गत सिजन बार्सिलोनाबाट ला लिगा र कोपा डेल रेको उपाधि हात पारे। ला लिगामा ३४ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका मेस्सीले पिचिची अवार्ड र पाँचौ पटक युरोपियन गोल्डेन बुट अवार्ड प्राप्त गर्ने छन्। तर मेस्सीको विश्वकप यात्रा रोनाल्डोको जतिपनि सुखद् भएन। सन् २०१४ मा सम्पन्न विश्वकपको उत्कृष्ट खेलाडी मेस्सीले आफ्नो टोलीलाई प्रि–क्वाटर फाइनलसम्म पु¥याएपनि त्यहाँभन्दा अगाडि बढाउने समाथ्र्य राखेनन्। उनने प्रतियोगितामा मात्र एक गोल गरे।

यस पटकका युइएफए उत्कृष्ट खेलाडी लुका मोड्रेचलाई फिफा वर्ष खेलाडी र बालुन डि’ओरको पनि मुख्य दाबेदार मानिएको छ। उनले गत सिजन मड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग जिताउन मद्दत गर्दा उनको विश्वकप यात्रा निकै प्रशंसनीय रह्यो। उनले आफ्नो देश क्रोएसियालाई इतिहासकै सबैभन्दा ठूलो सफलता दिलाए। उलने विश्वकपको फाइनलमा क्रोएसियालाई पु¥याए। तर फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित भएपनि मोड्रेच विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भए।

सामान्य टोलीको कप्तानी सम्हालेर टोलीलाई विश्वकपको फाइनलमा पु¥याएपछि उनको ख्याती थप चुलिएको छ। उनले रुस विश्वकपमा २ गोल गरेका थिए।

यसैबीच इजिप्टका मोहम्मद सलाह गत सिजनका प्रिमियर लिग सर्वाधिक गोलकर्ता हुन। उनले ३२ गोल गर्दै प्रिमियर लिग गोल्डेन अवार्ड हात पारेका थिए। प्रिमियर लिगमा आफ्नो टोली लिभरपुललाई चौथौ स्थान दिलाउँदै च्याम्पियन्स लिगमा छनौट गराउन सलाहको भूमिका निकै महत्पूर्ण रह्यो। यसैगरी गत सिजन उनकै उत्कृष्ट खेलका कारण लिभरपुलले च्याम्पियन्स लिगमा फाइनलको यात्रा तय गरेको थियो। तर पहिलो हाफमै सलाह घाइते भएपछि मड्रिडले ३–१ को जित निकालेको थियो। च्याम्पियन्स लिगमा सलाह दश गोल गरेका थिए।

रोनाल्डो र मेस्सी किन गाह्रो स्थितिमा?
९ वर्षको बसाइपछि क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाडेर इटालियन क्लव युभेन्ट्स रोजेका छन्। मड्रिडका कीर्तिमानी खेलाडीलाई नयाँ क्लव नफापेको अथाव अन्य खेलाडीसँग उनको खेल तालमेल नमिलेको जस्तो देखिएको छ।

रोनाल्डोले ३ खेल खेलिसक्दा घरेलु लिग इटालिएन सिरिएमा एक गोलपनि गर्न सकेका छैनन्। तर मेस्सीले भने ३ खेल खेलिसक्दा ४ गोल गरेका छन्। उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमै छन्। तर फुटबल पण्डितहरुले अब रोनाल्डो र मेस्सी बाहेक पीएसजीका नेमार, एमबाप्पे, लिभरपुलका मोहम्मद सलाह, टोटनह्यामका ह्यारी केनजस्ता खेलाडी सर्वाधिक गोलकर्ता र विभिन्न अवार्डका विजेता बन्ने बताएका छन्।

३३ वर्षीय रोनाल्डो र ३१ वर्षीय मेस्सीले अब पहिलेजस्तो खेल्न नसक्नेपनि उनीहरु बताउँछन्। (एजेन्सीको सहयोगमा)

 

 

 

प्रकाशित १९ भदौ २०७५, मंगलबार | 2018-09-04 16:17:16
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।