लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपालको अन्तिम १६ सम्भावना कठिन


Infocus



नेपाली फुटबल टोली
नेपाली फुटबल टोली
फाइल तस्बिर

एसियाली खेलकुदको पुरुष फुटबलअन्तर्गत नेपाल लगातार दोस्रो खेलमा पराजित भएसँगै अन्तिम १६ को सम्भावना कठिन बनेको छ। समूह ‘डी’को दोस्रो खेलमा नेपाल बिहीबार साँझ भियतनामसँग २-० ले पराजित भयो।

यो नेपालको लगातार दोस्रो हार हो। यसअघि पहिलो खेलमा नेपाल जापानसँग पराजित भएको थियो। यता पहिलो खेलमा पाकिस्तानलाई ३–० ले हराएको भियतनामले अन्तिम १६ मा स्थान पक्का गरेको छ। जापानले पनि दोस्रो खेलमा बिहीबार नै पाकिस्तानलार्इ ४-०ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ।

प्रतियोगितामा सबै ६ समूहका शीर्ष दुई टोली सोझै नकआउट चरण पुग्छन भने तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ पुग्ने व्यवस्था छ। अब नेपालले अन्तिम खेलमा शनिबार दक्षिण एसियाली प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध उत्कृष्ट नतिजा निकालेमा तेस्रो स्थानमा रहँदै प्रि क्वार्टरफाइनलमा स्थान बनाउने झिनो सम्भावना छ।

भियतानामका नागायन एन डक र फान भान डुकले १-१ गोल गरेका थिए। पहिलो खेलमा जापानसँग १–० गोलअन्तरले पराजित भएको नेपाल अंकविहीन छ। 

एसियाडमा तीन जना सिनियर टोलीका सदस्य राख्न पाउने प्रावधान अनुसार नेपाली टोलीको नेतृत्व किरण चेञ्जोङले गरिरहेका छन्। उनको उत्कृष्ट प्रदर्शनमा नेपालले पहिलो खेलमा बलियो जापानको जित १–० मा सीमित राखेको थियो। जापानले नेपाली पोस्टमा १३ पटक प्रहार गरेपनि राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलकिपर किरणले उत्कृष्ट बचाउ गरेका थिए। उनीसँगै सिनियर टोलीका विशाल राई र रोहित चन्द नेपाली टोलीमा छन्।

नेपालले भदौमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप तथा फागुनमा काठमाडौंमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि एसियाली खेलकुदमा सहभागिता जनाएको हो।

नेपाली टोलीका अन्य खेलाडीहरु अभिषेक रिजाल, आदित्य चौधरी, एलेन न्यौपाने, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, गौरव बुढाथोकी, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ, सोजित गुरुङ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन्।

 

प्रकाशित ३१ साउन २०७५, बिहिबार | 2018-08-16 13:00:04
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    मी टू सन्दर्भः ओठ भरिलो पारेर उसले मेरो ब्लाउजमाथि ‘फ्रिक्सन’ गरिरह्यो

    मेरो छेउको त्यो पुरुषले बिनाकारण मेरो अंग प्रत्यङग स्पर्श गर्न थाल्यो। आँखा रसिलो र ओठ भरिलो पारेर ऊ मेरो ब्लाउजमाथि घरि घरि हातले फ्रिक्सन (घर्षण)...

  • सुनम गौतम

    अष्ट्रेलियन क्रिकेटमा नेपाली युवाको संघर्ष

    नोभेम्बरको अन्तिम साताबाट सुरु हुने भिक्टोरिया टी–२० स्लामलाई उनले बीबीएलमा पर्ने प्रतियोगिताको रुपमा उपयोग गर्ने बताए। उनको क्लबको पहिलो खेल नै...

  • भुटानी नरेश जिग्मी खेशर वाङचुक भारतीय प्रधानमन्त्री माेदीसँग

    भारतको ऋण चंगुलबाट निस्केला भुटान?

    चुनावैपिच्छे नयाँ पार्टीको सरकार बन्ने परम्परा बसेको भुटानमा प्रधानमन्त्रीका रुपमा छिरिङको सफलता बिजुलीको मूल्य वृद्धि र भारतको ऋणभार कम गर्नुमै...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    यी राजकुमार क्षेत्री, जो विमानस्थलका सटर सुन तस्करलाई भाडामा दिन चाहन्थे

    सरकारको खरिद नियम उल्लंघन गरी बद्नियतपूर्ण तरिकाले आफूले चाहेको ठेकेदारलाई सटर भाडामा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक...