दोस्रो मिष्टर एभरेष्ट बडिविल्डिङ हुने


Infocus


आगामी शनिबार दोस्रो मिष्टर एभरेष्ट नेसनवाइड बडिविल्डिङ च्याम्पियनसीप हुने भएको छ।

NIC ASIA

नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा हुने प्रतियोगितामा नेपालभरिबाट एक सय ५० भन्दा बढी खेलाडी सहभागी हुने जानकारी बुधवार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष दिनेश अमात्यले दिए।

शुक्रबार प्रि जजिङ राउण्ड संचालन हुने र शनिबार फाइनल चरणको खेल राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा संचालन हुनेछ। प्रि जजिङ राउण्डको खेल ह्वाइट फिल्ड स्कुल खुशीबुमा संचालन हुनेछ। प्रतियोगितामा मेन्स बडिविल्डिङ र मेन्स फिजिक्स तथावुमेन्स फिटनेसमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।

मेन्स बडिविल्डिङ अन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथीको तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। मेन्स फिजिक्स तर्फ १ सय ७० सेन्टिमिटर हाइट र त्यो भन्दामाथी हाइट भएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ।

यता महिला फिटनेश तर्फ १ सय ६० सेन्टिमिटर हाइट र त्यो भन्दामाथी हाइट भएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा ओभर अल विजेताले नगद तीन लाख रुपैया प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न समुहका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको संघका महासचिव अजय बज्राचार्यले जानकारी दिए। यसै प्रतियोगिता मार्फत पहिलो पटक नेपालमा आयोजना हुन लागेको मेन्स फिजिक्स र वुमेन्स फिटनेस इभेन्टसका विजेता खेलाडीले पनिनगद पुरस्कार पाउने बताइएको छ।

अनुमानित ३० लाख रुपैया खर्च हुने सो प्रतियोगितामा सहभागी हुन काठमाडौं बाहिरबाट आउने खेलाडीलाई दैनिक भत्ताको पनि व्यवस्था गरिएको आयोजकले जनाएका छन्। पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा विजेता हुने खेलाडीले स्पेनमा हुने विश्व च्याम्पियनसीपमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

प्रकाशित ३० साउन २०७५, बुधबार | 2018-08-15 21:18:10
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।