नेपाली पोस्टर ब्वाईको अद्‍भुत यात्रा


Infocus



पारस खड्का
पारस खड्का

कप्तान पारस खड्का नेपाली क्रिकेटका पोस्टर ब्वाई अर्थात अनुहार हुन्। नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको दुईवर्ष बितिसक्दा उनीभन्दा ठूलो स्टार नेपाली क्रिकेटले भेट्टाएको छैन्।

उनले शासन गरेको नेपाली क्रिकेटले पछिल्लो समयका सबै सफलता हात पारेको हो। सन् २००९ यता पारसले राष्ट्रिय टोलीको नेतृत्व गरेका छन्। त्यसयता ३१ वर्षिय पारसले नेपाल डिभिजन ५ देखि उक्लाउँदै टी–२० विश्वकप खेलाए र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाए।

लिस्ट ए क्रिकेटमा हजार रन पूरा गर्ने र राष्ट्रिय टोलीबाट तीन शतक प्रहार गर्ने पारस एक्ला खेलाडी हुन्। मार्चमा भएको विश्वकप छनोटमा उनले लिस्ट ए मा हजार रनको आँकडा पार गर्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको ऐतिहासिक मान्यता प्राप्त गरेको थियो।

पारस खड्का

पारस खड्का

त्यसअघि फेब्रुअरीमा नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन दुईको फाइनलमा उनले यूएईविरुद्ध नटआउट १ सय १२ रनको इनिङ खेलेपछि नेपाल शीर्ष दुईमा रहँदै एकदिवसीय विश्वकपमा छनौट भएको हो।

त्यसअघि पारसले सन् २०१२ मा एसीसी ट्रफी इलिटमा कुवेतविरुद्ध १ सय ६ रनको इनिङ खेलेका थिए भने २०१६ अप्रिलमा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध १ सय ३ रनको शतकीय पारी खेलेका थिए।

नेपाली टोलीबाट निरन्तर प्रदर्शन गर्नेमात्रै हैन पारस कुशल रणनितीकार र सफल कप्तान पनि हुन्। उनीबिना मैदानमा उत्रिएको नेपाली टोलीले क्षमता अनुसारको प्रदर्शन गर्न नसक्नुले पनि त्यो प्रमाणित गर्छ।

पारस खड्का

पारस खड्का

एउटा उदाहरण, पछिल्लो चरणमात्रै लर्डसमा खेल्नुअघि नेपालले स्थानिय क्लबसँग चारवटा अभ्यास खेल खेलेको थियो। पहिलो खेलमा डेढ सय रनको पारी खेलेका पारसले दोस्रो खेलमा आराम लिए। परिणाम नेपाल हार्यो, तर त्यसपछिका बाँकी दुई खेलमा पारस फर्कियो र नेपालले लगातार जित्यो।

पारसको बारेमा नेपाललाई टी–२० विश्वकपसम्म पुर्याएका पूर्वराष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायके भन्ने गर्थे, ‘पारसलाई सकरात्मक सोच, आत्मविश्वास, प्रतिभा, भिजन तथा रणनीति र कुशल उत्प्रेरक हुन्। उनले नेपाली टोलीलाई धेरै उचाईसम्म लिएर जानेछन्।’

पुबुदुले भने अनुसार नै घरलु संरचना, संघ नभएको अवस्थामै पारसले नेपाललाई ओडिआई मान्यता दिलाउँदै पहिलो ओडिआई खेल्ने सम्मको यात्रा तय गराएका छन्। नेपाली टोलीको कप्तानी गर्दै यहाँसम्म पुर्याउने उनको यो यात्रा अद्भुत छ।

सुरुवाती क्रिकेट


पारसको क्रिकेट टुँडिखेलबाट सुरु भयो। तर, १५ वर्षसम्म पनि पारसको दिमागमा क्रिकेटर बन्छु भन्ने थिएन्। उनी राम्रा बास्केटबल खेलाडी पनि थिए। काठमाडौंका युवाहरुको कल्चर विदेश जाने थियो। सायद काठमाडौंका रैथाने पारसको पनि त्यस्तै विदेश भासिने सपना थियो कि।

तर, १५ वर्षमुनिको टोलीमा छनौट भएपछि पारसमा क्रिकेटको भुत चढ्दै गयो। सुरुवाती दिनहरु सम्झदै पारस भन्छन्, ‘किशोराअवस्थामा देशका लागि खेल्ने मेरो सपना त थियो तर दिमागमा गन्तव्य भने अर्कै थियो। जब म १५ वर्षमुनिको टोलीमा छनौट भए तब मेरो दिमागपनि क्रिकेट तिरै ढल्यो।’

पारसले २००२ मा यूएईमा भएको यु–१५ एसिया कपमा पहिलोपटक नेपालको जर्सी लगाउनु नेपालले स्टार खेलाडी पाउनुको कारण बन्यो। अर्कोवर्ष पारसले १९ वर्षमुनीको नेपाली टोलीबाट खेले। त्यसबेला कराचीमा भएको यूथ एसियाकपमा पारसले भारतविरुद्ध खेल्ने मौका पाएका थिए।

सन् २००४ मा पहिलोपटक बंगलादेशमा भएको एसीसी यू–१९ विश्वकप खेलेको पारस सहितको टोलीले दक्षिण अफ्रिकालाई हराएको थियो।

सिनियर डेब्यूबाट उकालिदो ग्राफ


सन् २००४ मा नै उनले एसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत काठमाडौंमा भएको मलेसियाविरुद्धको खेलबाट सिनियर टिममा डेब्यू गरेका थिए। त्यसपछि सिनियर टोलीमा उनको ग्राफ उकालो लाग्दै गयो। जुन हालसम्म पनि रोकिएको छैन।

सन् २००५ उनी यू–१९ टिमको उपकप्तान भएको टोलीले २००६ मा श्रीलंकामा खेलेको आइसीसी यू–१९ वल्र्डकप प्लेट च्याम्पियनसिपमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा र न्युजिल्याण्डलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो।

पारसले सन् २००७ मा मलेसियामा भएको एसीसी यु–१९ च्याम्पियनसिपबाट सो उमेर समूहको टोलीको कप्तानी सम्हाले। सोही प्रतियोगिताको उनी उत्कृष्ट खेलाडी पनि घोषित भए भने त्यसै वर्ष एसीसी इमर्जिङ प्लेयर अफ द इअरको अवार्ड हात पारे।

उमेर समूहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएपछि उनले सन् २००७ मा कुवेतमा भएको एसीसी टि–२० कपमा सिनियर टिममा उपकप्तानीको जिम्मेवारी पाए।

सफल नेतृत्व


सन् २००९ यता पारस राष्ट्रिय टोलीका कप्तान हुन्। युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट उनलाई राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी दिइएको थियो।

लगत्तै सन् २०१० मा उनको कप्तानीमा काठमाडौंमा भएको डिभिजन ५ मा नेपाल च्याम्पियन बन्यो। जुन आइसीसीको ठूलो प्रतियोगिता जितेको नेपालले पहिलो पटक थियो। घरेलु दर्शकमाझ राष्ट्रिय टोलीलाई डिभिजन ५ को उपाधि दिलाएपछि उनी नेपाली समर्थक माझ लोकप्रिय बन्दै गए।

डिभिजन ५ देखि हाल ओडिआई खेलिरहँदा पारसको प्रदर्शन अझै सुदृढ बन्दै गयो। २०१२ मा मलेसियामा भएको डिभिजन चारमा नेपाललाई च्याम्पियन बनाएका पारसले त्यसैवर्षको एसिसी ट्रफी इलाइटको उपाधि नेपाललाई जिताउनुका साथै आफू प्लेयर अफ द सिरिज पनि बनेका थिए।

सो प्रतियोगितामा उनको रन औषत ७२.७५ को हुनुका साथै ९ विकेट पनि लिएका थिए। सोही प्रतियोगितामा कुवेत विरुद्ध उनले पहिलो शतक प्रहार गरेका हुन्।

सन् २०१३ मा भएको एसीसी टी–२० कपमा पनि उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने। भने सोहीवर्ष बर्मुडामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा नेपाललाई च्याम्पियन बनाउँदै टी–२० विश्वकप छनोटमा पुर्याए र छनोटमा तेस्रो बन्दै नेपालले सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा छनोट भयो।

टी–२० विश्वकपमा नेपालका लागि हङकङ र बंगलादेशविरुद्धको खेलमा उनले समान ४१–४१ रन प्रहार गरेका थिए। हङकङविरुद्ध उक्त विश्वकपको पहिलो बलमै इर्फान अहमदको विकेट लिदैँ उनी विश्वकपको पहिलो बलमै विकेट लिए विश्वकै आठौं खेलाडी बनेका थिए।

विश्वकप छनोट ट्रफीका साथमा कप्तान पारस खड्का

विश्वकप छनोट ट्रफीका साथमा कप्तान पारस खड्का

 

अफगानिस्तानविरुद्ध सो विश्वकपमा ९ रनको सनसनीपूर्ण जित निकाल्ने क्रममा पारसले दुईवटा उत्कृष्ट क्याच लिएका थिए। त्यसक्रममा उनलाई धेरै मिडियाहरुले नेपालको कपील देव भन्दै उल्लेख गरे। सोहीप्रतियोगिता पछि नेपालले पहिलो पटक टी–२० अन्तराष्ट्रियको मान्यता पाएको थियो।

टी–२० अन्तराष्ट्रियको मान्यता पाएकै बेला नेपालले नेदरल्याण्ड्ससँग चार खेलको श्रृखंला खेलेको थियो। उक्त श्रृखंला नेदरल्याण्ड्सले ३–१ ले जितेपछि पारस नेदरल्याण्ड्सका अहसान मलिकसँगै म्यान अफ द सिरिज चुनिएका थिए।

मार्च २०१५ मा भएको इमिरेट्स टी–२० प्रीतयोगिताका लागि उनी मेरिलोबेन क्रिकेट क्लबको टोलीमा पनि समेटिएका थिए।

त्यसयता नेपाललाई २०१५–१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियन्ससिपको नेतृत्व गरेका पारसले यसैवर्षको फ्रेब्रुअरीमा भएको डिभिजन दुईको उपविजेता बनाउँदै मार्चमा जिम्बाबेमा हुने विश्वकप छनोटमा पुर्याए भने उक्त छनोटमा आठौं बन्दै नेपालले एकदिवसीय अन्तराष्ट्रियको मान्यता हासिल गर्यो।

सफलताको रहस्य र सन्न्यासको सोच

पारस खड्का

पारस खड्का

नेपाली सफलताको कारण टिमस्प्रिट भएको उनी बताउँछन्। पारस भन्छन्, ‘हाम्रो टिम स्प्रिट गज्जबको छ। त्यो हाम्रा लागि सबैभन्दा ठूलो प्लसप्वाइन्ट हो। हामी प्रत्येक रन र प्रत्येक विकेटका लागि मरिमेट्छौं।’

नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी प्रदान गर्ने स्पोर्टस अवार्ड उनले चार चोटी जित्दै कीर्तिमान रचेका छन्। उनी विंसं २०६६, २०६९, २०७० र २०७५ मा वर्षको उत्कृष्ट खेलाडी चुनिएका थिए भने एकपटक उनले वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड समेत हात पारेका छन्।

आफ्नो कप्तानीमा सबैको उत्तिकै मेहनतले गज्जब यात्रा तय भएको बताउँदै पारस यसले निरन्तरता पाउनेमा विश्वस्त छन्। उनी भन्छन्, ‘कप्तानका रुपमा यो गज्जबको यात्रा रह्यो र मलाई आशा छ यसले निरन्तरता पाउनेछ। सबैभन्दा महत्वपूर्ण कुरा प्रदर्शन दिदैँ जानु र टोलीलाई अघि बढ्न सघाउनु हो।’

राष्ट्रिय टोलीबाट अद्भुत १५ वर्ष यात्रा गरिसकेका पारसले आफ्नो सन्यासबारे सोचिसकेका छैनन्। उनी भन्छन्, ‘म १५ वर्षदेखि खेलिरहेको छु। मैले कहिले सोचेको थिइन् कि म यति लामो समयसम्म खेल्छु। एकदिन मैले टोलीबाट विदा हुनुपर्ने बेला आउनेछ। सायद, त्यो ६ महिना या ६ वर्षपनि हुनसक्छ। तर, अहिले मजति सक्दो योगदान दिन चाहान्छु र नेपाललाई अझै अघि बढाउन चाहान्छु।’

सम्बन्धित समाचार: नेपाली क्रिकेटको उतार चढावः हर्ष र रोदनको अटुट सिलसिला

सम्बन्धित समाचार: नेपालको यात्रामा ठोक्किइरहने नेदरल्याण्ड्स 

सम्बन्धित समाचार: नेपाली क्रिकेटको सफलताबारे कप्तान पारस खड्काको बयान


 

प्रकाशित १६ साउन २०७५, बुधबार | 2018-08-01 14:42:52
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    मी टू सन्दर्भः ओठ भरिलो पारेर उसले मेरो ब्लाउजमाथि ‘फ्रिक्सन’ गरिरह्यो

    मेरो छेउको त्यो पुरुषले बिनाकारण मेरो अंग प्रत्यङग स्पर्श गर्न थाल्यो। आँखा रसिलो र ओठ भरिलो पारेर ऊ मेरो ब्लाउजमाथि घरि घरि हातले फ्रिक्सन (घर्षण)...

  • सुनम गौतम

    अष्ट्रेलियन क्रिकेटमा नेपाली युवाको संघर्ष

    नोभेम्बरको अन्तिम साताबाट सुरु हुने भिक्टोरिया टी–२० स्लामलाई उनले बीबीएलमा पर्ने प्रतियोगिताको रुपमा उपयोग गर्ने बताए। उनको क्लबको पहिलो खेल नै...

  • भुटानी नरेश जिग्मी खेशर वाङचुक भारतीय प्रधानमन्त्री माेदीसँग

    भारतको ऋण चंगुलबाट निस्केला भुटान?

    चुनावैपिच्छे नयाँ पार्टीको सरकार बन्ने परम्परा बसेको भुटानमा प्रधानमन्त्रीका रुपमा छिरिङको सफलता बिजुलीको मूल्य वृद्धि र भारतको ऋणभार कम गर्नुमै...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    यी राजकुमार क्षेत्री, जो विमानस्थलका सटर सुन तस्करलाई भाडामा दिन चाहन्थे

    सरकारको खरिद नियम उल्लंघन गरी बद्नियतपूर्ण तरिकाले आफूले चाहेको ठेकेदारलाई सटर भाडामा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक...