नेमारका बुबा भन्छन्ः पीएसजीले भिआइपी व्यवहार देखाएमात्रै छोरो क्लबमा रहन्छ


Infocus



नेमार र उनका बुबा
नेमार र उनका बुबा

पेरिस सेन्ट जर्मन(पीएसजी)ले उच्चस्तरिय(भिआइपी)को व्यवहार देखाएमात्रै छोरा नेमार क्लबमा रहने उनका बुबा नेमार सिनियरले बताएका छन्।

याे पनि


क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छाड्दै यूभेन्ट्स गएपछि उनको स्थानमा रियलले नेमारलाई प्रस्ताव गरेको खबर सार्वजनिक भइरहँदा नेमारको बुबाले पीएसजीसँग छलफल गर्दै त्यस्तो बताएका हुन्।

पेरिसको अखबारका अनुसार बुबा नेमार सिनियरले पीएसजीका अधिकारीहरुलाई आफ्नो छोराले क्लबको सबैभन्दा महत्वपूर्ण खेलाडीका रुपमा व्यवहार होस् भन्ने चाहेको बताएका छन्।

अघिल्लो सिजनमा बार्सिलोनाबाट १ सय ९८ मिलियन पाउन्डमा विश्वकै सर्बाधिक महँगो खेलाडीका रुपमा नेमार पीएसजी आएका थिए। पीएसजीका अध्यक्ष नासिर अल खिलाफीले नेमारका लागि म्याड्रिडको प्रस्ताव नआएको र आफ्ना स्टार खेलाडीलाई आफूसँगै राख्न चाहेको प्रतिक्रिया दिदैँ आएका छन्।

रियलसँग जोडिएर नेमारका खबरहरु बाहिरिएपछि अध्यक्ष खिलाफीले नेमारका बुबासँग कुरा गर्दै नेमारको विचार बुझेका थिए। सोही क्रममा नेमारका बुबाले आफ्ना छोराले क्लबमा सबैभन्दा बढी महत्व पाअोस भन्ने धारणा राखेका थिए।

१९ वर्षिय फ्रान्सका केलिएन एम्बाप्पेले विश्वकप जितेर फर्केपछि क्लबमा नेमार छायाँमा पर्ने हुन कि भन्ने शंकाकाबीच नेमारका बुबाले आफ्नो छोराले पीएसजीमा सबैभन्दा बढी महत्व पाउनुपर्ने धारणा राखेका हुन्। पहिलो सिजनमा नेमारले पीएसजीबाट १९ लिग गोल गरेका थिए।

प्रकाशित ३ साउन २०७५, बिहिबार | 2018-07-19 14:15:54
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं