इंग्ल्याण्डलार्इ पराजित गर्दै बेल्जिमयले हात पार्यो इतिहासकै ठुलो उपलब्धि



Kshamadevi Group


तेस्रो भएपछि बेल्जियमको टोली
तेस्रो भएपछि बेल्जियमको टोली

विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डलार्इ २-०ले पराजित गर्दै बेल्जिमयले अाफ्नो विश्वकप इतिहासकै सबैभन्दा ठूलो इतिहास हात पारेको छ।

जितसँगै यस विश्वकपमा कास्यपदक हात पार्नु बेल्जियमको विश्वकप इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हो। सन् १९३० को पहिलो विश्वकपबाट नै सहभागिता जनाउन सुरु गरेको बेल्जियमले त्यसयता १३ पटक विश्वकप खेल्दा १९८६ मा यसअघि सबैभन्दा ठूलो(चौथो स्थान) उपलब्धि हात पारेको थियो।

इंग्ल्याण्डविरुद्ध बेल्जियमका थोमस म्युनियर र इडन हार्जार्डले गोल गरेका थिए। खेलको ३ मिनेट ३७ सेकेन्डमा नासिर चादिलले कर्नरको क्षेत्रबाट दिएको पासलार्इ थोमस म्युनियरले क्रस गर्दै गोलमा परिणत गरेका थिए। 

योसँगै म्युनियर यसविश्वकपमा बेल्जियमका लागि गोल गर्ने १० अौं खेलाडी बनेका छन्। यसअघि १९८२ मा फ्रान्स र २००६ मा इटालीका विभिन्न १० जना खेलाडीले एउटै विश्वकपमा गोल गरेका थिए।
 
सोही गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको बेल्जियमका लागि इडन हार्जाडले ८१ अौं मिनेटमा दोस्रो गोल गरेका थिए। डी बक्सभित्र इंग्ल्याण्डका फिल जोन्सलार्इ पछि पार्दै उनले गरेको प्रहार गोल रक्षक जोर्डन पिकफोर्डले भेट्टाउन सकेनन्।
 
इंग्ल्याण्ड भने विदेशी भुमीमा विश्वकपको सबैभन्दा ठूलो सफलता हात पार्न चुकेको छ। इंग्ल्याण्डले १९६६ मा आयोजकका हैसियतमा विश्वकप जितेको थियो। त्यसपछि १९९० मा आयोजक इटालीसँग २–१ ले पराजित हुँदै इंग्ल्याण्ड चौथो स्थानमा सीमित थियो। यसपटक २८ वर्षपछि पुनः तेस्रो स्थानका लागि खेलेको इंग्ल्याण्डले विदेशी भुमीमा पहिलेको नतिजालाई उछिन्न सकेन्।
प्रकाशित ३० असार २०७५, शनिबार | 2018-07-14 20:02:45
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...