सेमिफाइनल खेलिरहँदा फिफाद्वारा इंग्ल्याण्डलाई ७७ लाख जरिवाना




इंग्ल्याण्डका खेलाडीहरु
इंग्ल्याण्डका खेलाडीहरु

क्रोएशियाविरुद्ध सेमिफाइनल खेलिरहेको इंग्ल्याण्डलार्इ अनाधिकृत रुपमा प्रायोजित सामाग्रीको प्रयोग गरेको भन्दै फिफाले ७७ लाख २५ हजार रुपैयाँ (५३ हजार पाउन्ड) जरिवाना तिराउने निर्णय गरेको छ।

याे पनि


NIC ASIA

विश्वकपको क्वार्टरफाइनलमा स्वीडेनसँग खेल्दा इंग्ल्याण्डका खेलाडीले प्रयोग गरेका मोजामा अनाधिकृत लोगो प्रयोग भएको पाइएपछि फिफाले इंग्ल्याण्डलाई जरिवाना तिराउने निर्णय गरेको हो। फिफाले विज्ञप्ति जारी गर्दै इंग्ल्याण्डका खेलाडीले खेलअघि र खेलका दौरान अनाधिकृत कमर्शियल ब्रान्डिङहरुको प्रयोग आफ्नो खेल सामाग्रीमा गरेको पाइएकाले जरिवाना तिराइएको उल्लेख गरेको छ।

फिफाको मिडिया र मार्केटिङ निर्देशन अन्तर्गत फिफालाई प्रायोजन गर्ने बाहेकका कम्पनीका लागो वा अन्य कुनै प्रचार हुने सामाग्री खेलाडीले खेलअघि वा खेलको अवधिमा लगाउन पाइँदैन।

इंग्ल्याण्डका डिलि अलि, इरिक डायर र रहिम स्टर्लिङले उक्त खेलका दौरान फिफालार्इ प्रायोजन गरेको नाइक कम्पनीको मोजा माथि अनाधिकृत अर्को मोजाको प्रयोग गरेको पाइएको थियो। 

प्रकाशित २८ असार २०७५, बिहिबार | 2018-07-12 01:51:22
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।