अतिरिक्त समयमा इंग्ल्याण्डलार्इ पराजित गर्दै क्रोएशिया फाइनलमा




गोल गरेपछि खुशी मनाउँदै ट्रिपर र केन
गोल गरेपछि खुशी मनाउँदै ट्रिपर र केन

इंग्ल्याण्डलार्इ २-१ ले पराजित गर्दै क्रोएशिया रुस विश्वकपको फाइनलमा प्रवेश गरेको छ। योसँगै फाइनलमा क्रोएशियाले अाइतबार उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको छ।

NIC ASIA
पाँच पटक विश्वकप खेलेको क्रोएशिया पहिलो चोटी विश्वकपको फाइनलमा प्रवेश गरेको हो। 

सन् १९९६ पछि पहिलोपटक फाइनलमा पुग्ने इंग्ल्याण्डको सपना स्ट्राइकर मारिया मान्डजुकिकले अतिरिक्त समयको १ सय ९ औं मिनेट इभान पेरिसिकको फ्लिकमा निर्णायक गोल गरेका थिए।

त्यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलको खेल निर्धारित समयमा १-१ को बराबरीमा रोकिएको थियो। खेलको पाँचौं मिनेटमा किरन ट्रिपरले फ्रिकिक मार्फत गोल गर्दै इंग्ल्याण्डलार्इ सुरुवाती अग्रता दिलाएका थिए। इभान रिकिटिकले डी बक्सबाहिर जोर्डन हेन्डरसनलार्इ लडाएपछि पाएको फ्रिकिकमा ट्रिपरले गरेको प्रहारले सिधै जाली चुमेको थियो। 

गोल गरेपछि खुशी मनाउँदै इंग्ल्याण्डका खेलाडी

गोल गरेपछि खुशी मनाउँदै इंग्ल्याण्डका खेलाडी

पहिलो हाफमा इंग्ल्याण्डले १-० को अग्रता बनाए पनि ६८ अौं मिनेटमा इभान पेरिसिकले क्रोएशियाबाट बराबरी गोल फर्काएका हुन्। सिमी भर्सजिकोले डी बक्समा उठाएर दिएको बललार्इ पेरिसिकले पोस्टको दिशा दिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

पराजित इंग्ल्याण्डले भने अब तेस्रो स्थानका लागि शनिबार बेल्जियमसँग खेल्नेछ। 

प्रकाशित २८ असार २०७५, बिहिबार | 2018-07-12 00:07:55
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...

  • अर्थ मन्त्रालय

    अाज आर्थिक वर्षको अन्तिम दिन, सरकारको कमाइ कति?

    सधैँजस्तै साउन १ देखि याे वर्ष पनि सरकारकाे क्यालेन्डर फेरिँदैछ।

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...