Exclusive

थाइ गुफामा फसेका बालकलाई फिफाको फाइनल हेर्न आउन प्रस्ताव




अस्पतालमा उपचार्थ थाइ गुफामा फसेका बालकहरु
अस्पतालमा उपचार्थ थाइ गुफामा फसेका बालकहरु

थाइल्याण्डको गुफामा फसेको दुई हप्तापछि उद्धार गरिएका १२ किशोर फुटबलहरुलाई फिफाले विश्वकप फाइनल हेर्न आउन प्रस्ताव गरेको छ।

अाइतबार देखि सुरु भएको उद्धारकार्य मंगलबारसम्म चलेको थियो। जसबाट १२ जना किशोर खेलाडी र १ प्रशिक्षकलार्इ जनालार्इ १७ दिनपछि सकुशल उद्धार गरिएको थियो। जुन २३ गते भ्रमणका क्रमका ती बालहरु गुफाभित्र प्रवेश गरेका थिए। तर, लगत्तै परेको भारी वर्षाले गुफा पस्ने ढोका बन्द गरिदिएपछि उनीहरु भित्रै फसेका थिए।

विश्वभर सर्बाधिक चासोका साथ हेरिएको उक्त उद्धार सम्पन्न भएलगत्तै फिफाले ती किशोर फुटबलरहरुलाई फाइनल हेर्न मस्को बोलाएको थियो।

तर, उनीहरु पूर्णरुपमा स्वास्थ्य हुन अझै समय लाग्ने भएकाले फाइनल हेर्ने अवसर भने गुमाउने भएका छन्। 

‘हाम्रो पहिलो उदेश्य उनीहरुको स्वास्थ्य हो,’ फिफाले भनेको छ, ‘हामी ती बालकहरुका लागि फिफाले आयोजना गर्ने अन्य इभेन्टहरुमा फेरि पनि मौका दिनेछौं।’

फिफासँगै ती बालकहरुलाई विश्वभरबाट प्रस्ताव र सहयोगहरु आइरहेका छन्। बार्सिलोनाले आफ्नो एकेडेमीसँग फुटबल खेल्न आउन र बार्सिलोनाको खेल देखाउने प्रस्ताव राखेको छ।

यस्तै म्यानचेस्टर युनाइटेडले पनि आफ्नो खेल हेर्न आउन भनेको छ भने इंग्ल्याण्डका कायल वाल्कर र ज्याक बुटल्याण्डले उनीहरुलाई खेल सामाग्री दिने बताएका छन्।

प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 20:06:37
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...