बेल्जियमलार्इ पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा




बेल्जियमलार्इ १-० गोलअन्तरले पराजित गर्दै फ्रान्स रुसविश्वकपको फाइनलमा प्रवेश गरेको छ। एन्टिनियो ग्रिजम्यानले प्रहार गरेको कर्नरमा सामुइल उटिटिले हेडर मार्फत गरेको गोलले फ्रान्सलार्इ उपाधि नजिक पुर्‍याएको हो।

NIC ASIA

फ्रान्स तेस्रो चोटी विश्वकपको फाइनलमा पुगेको हो। यसअघि फ्रान्स १९९८ मा विश्वकपको उपाधि उचालेको फ्रान्स २००६ मा भने इटालीसँग पेनाल्टीमा पराजित हुँदै उपविजेतामा सीमित रहेको थियो।

पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए। फ्रान्सले अब असार ३१ गते इंग्ल्याण्ड या क्रोएशियासँग फाइनल खेल्नेछ। इंग्ल्याण्ड र क्रोएशिया दोस्रो सेमिफाइनलमा बुधबार राति भिड्दैछन्।  बेल्जियम भने उनीहरुबीचको पराजित टोलीसँग तेस्रो स्थानको लागि खेल्नेछ।

अपडेट

३ मिनेटः पछाडी बायाँबाट बेल्जियमका जान भिटोंगिनले दायाँतर्फ रहेका नासिर चादिललाई बल दिएका थिए। चादल्लीले केभिन डी ब्राउनीतर्फ अगाडी बल बढाए। उनले फ्रान्सको पोस्ट भन्दा ६ यार्ड नजिकै रहेका मारोउनी फिलाइनीलाई बल दिएपनि उनले उनले बल भेटाउन सकेनन्।

७ मिनेटः खराब कर्नर। बेल्जियमका नासिर चादल्लीले प्रहार गरेको कर्नर पोस्ट अगाडी रहेका खेलाडी भन्दा पनि अगाडी खसेको थियो।

११ मिनेटः मौका, पाउल पोग्बाले केलियन एम्बाप्पेलाई अगाडीतर्फ बल मिलाई दिएका थिए। एम्बाप्पे गोलकिपरसँग वान टू वानको अवस्थामा पनि थिए तर उनले बल नियन्त्रण गर्न सकेनन् र अगाडी बढेका गोलकिपर बल समाते। 

१६ मिनेटः नजिकै। इडन हजार्डले प्रहार गरेको शट गोलपोस्ट नजिकैबाट बाहिरियो।

२२ मिनेटः गज्जबको बचाउ। बेल्जियमका टोबी अल्डिरवाइरिल्र्डले प्रहार गरेको शत गोलपोस्टको माथिल्लो भागमा प्रवेश गर्नै लाग्दा फ्रान्सका गोलकिपर हुगा लोरिसले उड्दै बललाई पन्च गरेर बाहिरि पठाए।

३१ मिनेटः नजिकै। पाभार्डले दिएको पासमा ओलिभिर गिरिउडको हेडर पोस्ट नजिकैबाट बाहिरियो।

४४ मिनेटः फ्रिकिक। डी बक्सको बाहिर फ्रान्सले पाएको फिक्रिक प्रहार गरेका एन्टिनियो ग्रिजम्यानले खेलाडीहरुको पर्खाललाई लाग्दै रोकियो।

दोस्रो हाफ

४८ मिनेटः हेडर। नासिर चादिल्लीले उपलब्ध गराएको पासमा रामेलु लुकाकुले प्रहार गरेको हेडर पोस्टमाथिबाट बाहिरियो।

५२ मिनेटः गोल। एन्टिनियो ग्रिजम्यानले कर्नरबाट पोस्ट नजिकै बायाँ खुट्टाले प्रहार गरेको सटमा सामुइल उटिटिले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए। कर्नरबाट यसविश्वकपमा भएको यो २६अौं गोल हो। 

५६ मिनेटः मौका। केलियन एम्बाप्पेले सुन्दर तरिकाले बायाँतर्फबाट अगाडी बढाएको बललाई डी बक्सको मध्यभागमा अघि बढी रहेका ओलिभर गिरिउडलाई दिएका थिए। गिरिउडले प्रहार गरेको सटलाइई गोल रक्षकले बचाए।

६० मिनेटः परिवर्तन। बेल्जियमका प्रशिक्षक रोबिर्टो मार्टिनिजले माउसा डिम्बालेको स्थानमा ड्जि मार्टिन्सलाई मैदान पठाएका छन्।

६३ मिनेटः पहेलो कार्ड। बाल्इसी मताउडीलाई फउल गरेपछि इडन हाजार्डले पहेलो कार्ड पाए। 

६५ मिनेटः नजिकै। माउरिन्नो फिलाउनीले प्रहार गरेको हेडर नजिकैबाट बाहिरिएको थियो।

७२ मिनेटः पहेलो कार्ड। बिल्सी मातउडीलाई फउल गरेपछि टोबी अल्डिरवाइरिल्र्ड पहेलो कार्ड दिइएको छ।

८१ मिनेटः गज्जबको बचाउ। अलेक्स विटसेलले प्रहार गरेको शशक्त प्रहारलाई बेल्जियमका रक्षक थिबाउट कार्टिसले डाइभ हान्दै सुन्दर बचाउ गरे।

८८ मिनेटः फ्रिकिक। बेल्जियमले डी बक्सबाहिर पाएको फ्रिकिकलाई केभिन डी ब्राउनीले डी बक्सभित्र पठाएपनि कुनै खेलाडीले त्यसलार्इ नियन्त्रण गर्न सकेनन्।

 
 

 

 


प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 00:36:00
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।