Exclusive

क्यानडामा लगातार सन्दीपको उत्कृष्ट प्रदर्शन जारी




सन्दीप लामिछाने
सन्दीप लामिछाने

ग्लोबल क्यानडा टी–२० क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राखेका छन्।

मंगलबार राति अहिले जारी खेलमा मोन्ट्रोरल टाइगर्सको लिग चरणको अन्तिम खेलमा उनले वेष्ट इन्डिज बीविरुद्ध तीन विकेट लिएका हुन्। सन्दीपले ४ अोभरको स्पेलमा ३१ रन खर्चे।

टोलीको दोस्रो अोभरमा अाफ्नो पहिलो अोभर लिएर अाएका सन्दीपले सामर स्पिङ्गरलार्इ ३४ रनमा खेलिरहँदा बोल्ड पारेका थिए। सो अोभरमा सन्दीपले सुरुवाती तीन बलमा लगातार तीन चौका खादै १२ रन खर्चेका थिए। 

टोलीको पाँचौं अोभरमा अाफ्नो दोस्रो स्पेल फाल्न अाएका सन्दीपले ३ रनमात्रै खर्चे। यस्तै टोलीको १३ अौं अोभरमा व्यक्तिगत तेस्रो अोभर फाल्न अाएका सन्दीपले २५ रनमा खेलिरहेको निकोलस पुरनलार्इ पबेलियन फर्काएका थिए। सो अोभरमा सन्दीपले १ छक्कासहित १४ रन खर्चे।

यस्तै टोलीको १५ अौं अोभरमा व्यक्तिगत अन्तिम अोभर फाल्न अाएका सन्दीपले ६२ रनमा अाक्रामक खेलिरहेका सामर स्प्रिङगरलार्इ अाउट पार्दै तेस्रो विकेट हात पारेका थिए। सो अोभरमा १ चौका सहित सन्दीपले ६ रन खर्चे। 

सन्दीपले यो सँगै समग्रमा ५ खेलमा ८ विकेट लिइसकेका छन्। यसअघि अाफ्नो चौथो खेलमा सन्दीपले ४ ओभरको स्पेलमा ३४ रन खर्चिएर २ विकेट लिएका थिए।

तेस्रो खेलमा सन्दीपले चार ओभरको स्पेलमा १ ओभर मेडन राख्दै १६ रनमात्रै खर्चिदै १ विकेट लिएका थिए। त्यस्तै त्यसअघिका दोस्रो खेलमा उनले ४ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेका १९ रनमात्रै खर्चेर १ विकेट लिएका थिए भने अाफ्नो पहिलो खेलमा भने केही महँगो भएका सन्दीपले ४ ओभरमा उनले ५७ रन खर्चदै १ विकेट लिएका थिए।

प्रकाशित २६ असार २०७५, मंगलबार | 2018-07-10 22:58:05
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...

  • केपी शर्मा ओली र कमल थापा

    कमल थापासँग ओलीले भने: ‘कांग्रेसले धोका दिन्छ है’ भनेको थिएँ, नपत्याउँदा नराम्रोसँग हार्नुभयो

    ‘गन्तव्य भए पो कम्पास काम लाग्छ, तर कांग्रेसको गन्तव्य नै छैन, कम्पासले कहाँ जाने भन्ने बाटो देखाउँछ, कहाँ जाने भन्ने नै थाहा नभएपछि कम्पासको के काम?’