नेदरल्याण्ड्स,अफगानिस्तान र स्कटल्याण्डसँग एक दिवसीय खेल्ने प्रस्ताव


Infocus


नेपाली टोली
नेपाली टोली

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाले नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(अाइसीसी)सँग पहिलो एक दिवसीय अन्तराष्ट्रिय खेल्न अफगानिस्तान, स्कटल्याण्ड र नेदरल्याण्ड्सको प्रस्ताव गरेको बताएका छन्।

NIC ASIA

‘हामीले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि आइसीसीलाई पहिलो खेलका लागि स्कटल्याण्ड, अफगानिस्तान या नेदल्याण्ड्समध्ये एकसँग खेलाई दिन प्रस्ताव राखेको थियौं,’ टमटाले भने, ‘तर, आइसीसीले अन्यसँग नमिलेपछि नेदरल्याण्ड्ससँग खेल तय गरेको हो।’

स्कटल्याण्डले भने बजेट अभावका कारण नेपालसँग एक दिवसीय अन्तराष्ट्रिय खेलको आयोजना गर्न पछि हटेको हो। आफूहरुले प्रस्ताव गरेपछि आइसीसीले नै नेदरल्याण्ड्ससँग खेल्ने कार्यक्रम तय गरेको तर नेपालबाट भने पछि फलोअप नभएको टमटाले बताए।

नेपालले नेदरल्याण्ड्ससँग साउन १६ र १८ गते दुईवटा ऐतिहासिक एकदिवसीय खेल खेल्न लागेको हो। नेदरल्याण्ड्स क्रिकेट बोर्डका अनुसार नेदरल्याण्ड्सको भुरबर्ग सीसी र भिआरए मैदानमा ती खेलहरु हुनेछन्।

गत मार्चमा एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो पटक एक दिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो। जिम्बाबेमा भएको विश्वकप छनोटमा हङकङ र पपुआ न्यूगिनीभन्दा अघि रहँदै(८ औं स्थान) नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो।

नेपालले उक्त सीरिजको बन्द प्रशिक्षणका लागि टोली समेत घोषणा गरिसकेको छ। वर्षाका कारण बन्द प्रशिक्षण केही प्रभावित भएपनि आफूहरु नियमित प्रशिक्षण गरिरहेको प्रशिक्षक टमटाले बताए।

‘पहिलो अन्तराष्ट्रिय खेल खेल्न सबै उत्साहित छन्,’ टमटाले भने, ‘हामीलाई पहिलो एक दिवसीय अन्तराष्ट्रिय खेल यादगार बनाउने चुनौती पनि छ। तयारी राम्रै भइरहेको छ। चार दिनपछि अन्तिम टोली घोषणा घोषणा गर्नेछौं।’

बन्द प्रशिक्षणमा कप्तान पारस खड्का सहित उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्र सिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सोमपाल कामी, सुनिल धमला, सुशन भारी र हरि क्षेत्री रहेका छन्।

शरद भेषवाकर अमेरिकाबाट र सन्दीप लामिछाने क्यानडाबाट सिधैँ लन्डन जानेछन्। विश्वकप छनोटपछि गर्भवती श्रीमती निशा अधिकारीलाई भेट्न अमेरिका प्रस्थान गरेका थिए। अमेरिकामै बुबा बनेका शरद हाल पूर्व राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सहयोगमा अमेरिकामा भईरहेको वासिंङन्टन क्रिकेट लिग खेलिरहेका छन्।

यस्तै सन्दीप भने हाल क्यानडामा ग्लोबल क्यानडा टी–२० क्रिकेट प्रतियोगिता खेलिरहेका छन्। उनले मोन्ट्रोरल टाइर्गस टोलीबाट ४ खेल खेल्दै पाँच विकेट लिइसकेका छन्।

नेदरल्याण्ड्सका लागि भने २०१४ पछि यो पहिलो एक दिवसीय अन्तराष्ट्रिय खेल हुनेछ। त्यसबेला भएको विश्वकप छनोटमा उनीहरुले आफ्नो एक दिवसीय अन्तराष्ट्रियको मान्यता गुमाएका थिए। पुनः २०१५ देखि २०१७ सम्म चलेको विश्व क्रिकेट लिग च्याम्पियन्सको उपाधि हात पार्दै नेदरल्याण्ड्सले एक दिवसीय मान्यता हासिल गरेको थियो।

‘यो दुबै देशका लागि सानदार सीरिज हुनेछ,’ नेदरल्याण्ड्सका प्रशिक्षक रायन क्याम्पबेलले भने, ‘२०१४ मा हामीले मान्यता गुमाएपछिको र यो नेपालको पहिलो एक दिवसीय हो। यस्ता खेलहरुले हाम्रा युवा खेलाडीहरुको विकाशमा पनि मदत पुर्याउनेछ।’

त्यसअघि साउन १३ गते नेपालले इंग्ल्याण्डको लर्डसमा मेरिलेबन क्रिकेट क्लब(एमसीसी) र नेदरल्याण्ड्ससँग त्रिकोणात्मक टी–२० खेल्दैछ। त्यस लगत्तै दुबै टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछन्।

नेपाल र नेदरल्याण्ड्सले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको उपलक्ष्यमा एमसीसीले लर्डसमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। एससीसीको टोलीको कप्तानी श्रीलंकाका पूर्व कप्तान महिला जयबर्दनेले गर्दैछन्।

त्रिकोणात्मक सीरिजको पहिलो खेल स्थानिय समानुसार बिहान १० बजे र फाइनल खेल साँझ साढे ४ बजे सुरु हुने एमसीसीले जनाएको छ। कप्तान पारस खड्काले लर्डसमा हुने र नेदरल्याण्ड्समा हुने नेपालको खेल हेर्न आई नेपाली टोलीको समर्थन गरिदिन स्थानिय नेपालीहरुलाई अनुरोध गरेका छन्।

भिडियो

प्रकाशित २६ असार २०७५, मंगलबार | 2018-07-10 16:37:07
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...

  • प्रधानमन्त्री केपी शर्मा ओली।

    हप्तादिनमै अरिङ्गालबाट मौरीतर्फ ओलीको ‘यु-टर्न’

    पार्टीका नेता तथा कार्यकर्तालाई विरोधीमाथि अरिंगालझैँ जाइलाग्न निर्देशन दिएको हप्ता दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली ‘यू–टर्न’ भएका छन्।