केलियन एम्बाप्पे (फ्रान्स)



Kshamadevi Group


अर्जेन्टिनाविरुद्ध बल अघि बढाउदै एम्बाप्पे
अर्जेन्टिनाविरुद्ध बल अघि बढाउदै एम्बाप्पे

फ्रान्स र बेल्जियमबीच अाज विश्वकपको पहिलो सेमिफाइनल खेल हुँदैछ। फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले सुरुवाती चार खेलमा तीन गोल गर्दै प्रतियोगितामा लय समातेका थिए।

याे पनि


उनको तीव्र गति र फिनिसिङ क्षमता विपक्षी डिफेन्सहरुको तनावको विषय बन्ने गर्छ। समूह चरणमा पेरुविरुद्ध एक गोल गरेका उनी अन्तिम १६ मा अर्जेन्टिनाविरुद्ध दुई गोल गर्दै चर्चामा आएका थिए। त्योसँगै उनी विश्वकपमा सबैभन्दा बढी गोल गर्ने दोस्रो किशोर खेलाडी बनेका थिए। उनीअघि १९५८ मा पेलेले किशोर उमेरमै हुँदा ६ गोल गरेका थिए। पेलेले फ्रान्सविरुद्धको सेमिफाइनलमा ह्याट्रिक समेत गरेका थिए।

तीन तीन वर्षअघि मात्रै उनले आफ्नो उच्च माध्यमिक शिक्षा सिध्याएका हुन्। त्यसपछिका उनले फ्रान्सको राष्ट्रिय फुटबल लिग लिगा वानको उपाधि २ पटक जितिसके भने राष्ट्रिय टोली र विश्वको सफलमध्येको एक पेरिस सेन्ट जर्मन(पीएसजी) को टोलीबाट नियमित खेल्ने गर्छन्।

सन् १९९८ मा जन्मिएका यी फरवार्ड २०१७ अघिल्लो सिजनमा मोनाकोबाट ऋणमा पीएसजी आएका थिए। पीएसजीले उनलाई १ सय ८० मिलियन युरोमा नेमारपछि विश्वको दोस्रो महँगो खेलाडीका रुपमा अनुबन्ध गरेको थियो।

२०१६–१७ को सिजनमा मोनाकोबाट उनको व्यवसायिक फुटबल करिअर सुरु भएको हो। पहिलो सिजनमै मोनाकोबाट उनले लिगा वानको उपाधि जिते। मोनाकोबाट ४१ खेल खेल्दै १६ गोल गरेपछि अगष्ट १६ मा पीएसजीले उनलाई नेमारलाई बार्सिलोनाबाट लिए लगत्तै भित्र्याएको थियो। जहाँ उनले पछिल्ला १७ खेल खेल्दै १३ गोल गरेका छन्। २०१७–१८ को सिजनमा उनीसहितको पीएसजीले पुनः लिगा वानको उपाधि जित्न सफल भएकाे थियाे।

फ्रान्सको राष्ट्रिय टोलीबाट एम्बाप्पेले मार्च २०१७ मा डेब्यू गरेका हुन्। त्यसअघि उनले १७ र १९ वर्ष मुनिको राष्ट्रिय टोलीबाट खेलेका थिए। पहिलोपटक विश्वकप खेलिरहेका उनले समूहचरणको खेलमा पेरुविरुद्ध गोल गर्दै समूह चरणमा सबैभन्दा कम उमेरमा गोल गर्ने फ्रान्सेली खेलाडी बनेका थिए। अन्तिम १६ मा भने अर्जेन्टिनाविरुद्ध एक पछि अर्को गोल गर्दै उनले सारा विश्वको ध्यान आफूतिर खिचेका छन्।

फुटबलकै सेरोफेरोमा बाल्यकाल
पेरिसको उत्तर पूर्वमा रहेको बोन्डी भन्ने स्थानमा उनको जन्म भएको हो। उनका बुबा वेलफ्रिर्ड एम्बाप्पे फुटबल प्रशिक्षक थिए। फ्रान्सले १९९८ मा विश्वकप जितेको ठिक ६ महिनापछि उनको जन्म भएको थियो। फ्रान्सले स्टेड दी फ्रान्समा विश्वकपको ट्रफी उचालेको थियो। जुन उनको घरभन्दा ११ किलोमिटर टाढा अवस्थित छ।

बाल्यकालमा एम्बाप्पे

बाल्यकालमा एम्बाप्पे

 ‘मेरा छोरालाई फुटबलप्रति मोह मात्रै थिएन, उ त पागलै थियो,’ बुबा वेलफ्रिर्ड भन्छन्, ‘म प्रशिक्षण दिन जाँदा उ जहिले पनि मसँगै जान्थ्यो। हप्तामा सातै दिन उ मैदानमा हुने हरेक गतिबिधि नियाल्थ्यो। कहिलेकाही त उ चार पाँच वटा खेलहरु लगातार नथाकेर हेथ्र्यो।’

६ वर्षको उमेरसम्म एम्बाप्पे फ्रान्सका राम्रा फुटबल खेल्ने बच्चाहरु मध्येमा एक गनिन थालिसकेका थिए। त्यतिबेला देखि नै फ्रान्सको फुटबल फेडेरेसनको नजर उनीमाथि पर्यो। ११ वर्षको उमेरमा उनलाई फेडेरेशनले आफ्नो प्रशिक्षण केन्द्र क्लारेफोन्टिनेका लािग छनोट गर्यो। जहाँ फ्रान्सका राष्ट्रिय टोलीका सदस्यहरुको विशेष प्रशिक्षण हुने गथ्र्यो। जहाँ उनले छिट्टै आफ्नो प्रतिभाले सबैको मन जिते। 

१३ वर्षको उमेरमा एम्बाप्पेको कोठामा रहेका फुटबलरका तस्बिरहरु

१३ वर्षको उमेरमा एम्बाप्पेको कोठामा रहेका फुटबलरका तस्बिरहरु

 

कसैले उनलाई उनको चाहाना सोध्यो भने स्पेनी महारथी क्लब रियल मड्रिडबाट खेल्ने चाहाना राख्दै भन्थे, ‘हामीले चन्द्रमा छुने लक्ष्य राख्नुपर्छ। यदि हामी त्यहाँ पुग्न सकेनौं भनेपनि बादलसम्म त पक्कै पुग्छौं।’

क्लब फुटबल
२ वर्षसम्म राष्ट्रिय प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिइसकेपछि खेलाडीहरुको क्लब प्रायः खेलाडीहरुको क्लबहरुमा अनुबन्ध हुन्थे। उनको प्रतिभा देखेर लिगा वानका सहित रियल मड्रिड, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुल र वायर्न म्युनिखले लिने चाहाना व्यक्त गरेका थिए। तर, १४ वर्षको उमेरमा उनले लिगा वान क्लब मोनाकोसँग हस्ताक्षर गरे।

 

नेमारसँग लिगावानको उपाधि उचालेपछि खुशी साट्दै एम्बाप्पे

नेमारसँग लिगावानको उपाधि उचालेपछि खुशी साट्दै एम्बाप्पे

 

२०१५ मो डिसेम्बरमा मोनाकोबाट परिवर्तित खेलाडीका रुपमा डेब्यू गरेका उनी क्लबको इतिहासमा सबैभन्दा कम उमेर(१६वर्ष ३४७ दिन)मा डेब्यू गर्ने खेलाडी बनेका थिए। २१ वर्षअघि यो कीर्तिमान स्टार थेयरी हेनरीका नाममा थियो।

लगत्तै १७ वर्ष ६२ दिनका दिन मोनोकोबाट पहिलो गोल गर्दै उनले पुनः हेनरीका नाममा रहेको सबैभन्दा कम उमेरमा पहिलो गोल गर्ने रेकर्ड तोडे। यस्तै २०१६ को डिसेम्बरमा उनले पहिलो रेन्नासविरुद्धको खेलमा पहिलो लिग ह्याट्रिक गरेका थिए। अर्को सिजनमा उनी पीएसजीसँग कीर्तिमानी मुल्यमा अनुबन्ध भए।

२०१६ मा जर्मनीमा भएको १९ वर्ष मुनिको युरोकपमा उनी स्टार खेलाडीका रुपमा उदाए। सेमिफाइनलमा दुईसहित उनले पाँच गोल गरेको थिए। सिनियर राष्ट्रिय टोलीबाट उनले १९ खेल खेल्दै ७ गोल गरेका छन्।

प्रकाशित २६ असार २०७५, मंगलबार | 2018-07-10 13:50:04
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...