रोमाञ्चक खेलमा क्रोएशियाको जितसँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा


Infocus



क्रोएशिया
क्रोएशिया

रोमाञ्चक खेलमा आयोजक रसियालाई क्रोएशियाले पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेसँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ।

सेमिफाइनलमा बुधबार क्रोएशियाले इंग्ल्याण्डको सामना गर्नेछ भने त्यसअघि मंगलबार फ्रान्सले बेल्जियमसँग खेल्नेछ। दुबै खेलहरु नेपाली समयानुसार राति पौने १२ बजे हुनेछन्।

शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा निर्धारित समय र अतिरिक्त समयमा खेल २–२ को बराबरीमा रोकिएपछि क्रोएशियाले पेनाल्टीमा ४–३ले पराजित गर्दै आयोजक रसियालाई स्तब्ध पारेको थियो।

आर्टिम ड्ज्युबाको पासमा डेनिस चेरिसेभले खेलको ३१ औं मिनेटमा रसियालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको आठ मिनेटपछि आन्द्रेस क्रमारिकले मारिया मान्डुजिधले हेडरमार्फत गोल गर्दै निर्धारित समयको खेल बराबरीमा टुंग्गााए।

थपिएको समयमा डोमागोज भिडाले १०० औं मिनेटमा गोल गर्दै क्रोएशियालाई अग्रता दिलाउँदा ११५ औं मिनेटमा मारियो फर्नान्डेजले हेडरमार्फत रसियाका लागि बराबरी गोल फर्काएपछि खेल पेनाल्टी तर्फ धकेलिएको थियो।

पेनाल्टीमा रसियाका फेदोर स्मालोभको पेनाल्टी क्रोएशियाका गोलरक्षक डेनिजेल सुबासिकले बचाउ गरे भने मारिया फेर्नान्डेजले पेनाल्टी पोस्टभन्दा बाहिर प्रहार गरेपछि क्रोएशिया भाग्यमानी बन्यो। क्रोएशियाका माटियो कोभासिकको पेनाल्टीपनि रसियाका गोलरक्षक इगोर अकिनफिभले बचाएका थिए।

खेलमा पेनाल्टी सुटआउट यस्तो रहेको थियोः

पहिलोः पोस्टको बायाँ तर्फ फेदर स्मोलोभ(रसिया)ले प्रहार गरेको सट बचाउ।

पहिलोः दायाँ तर्फको तल्लो भागमा मार्सेलो ब्रोजोभिक(क्रोएशिया)ले प्रहार गरेको पेनाल्टी परिणत, रसिया ०–१ क्रोएशिया

दोस्रोः दायाँ तर्फ अलान डजागोइभ(रसियाले)ले प्रहार गरेको पेनाल्टी परिणत, रसिया १–१ क्रोएशिया

दोस्रोः पोस्टको बीचभागमा माटियो काभासिक(क्रोएशिया)ले प्रहार गरेको पेनाल्टी बचाउ, रसिया १–१ क्रोएशिया

तेस्रोः मारिया फेर्नान्डेज(रसिया)ले प्रहार गरेको पेनाल्टी पोस्ट बाहिर, रसिया १–१ क्रोएशिया

तेस्रोः पोस्टको माथिल्लो भागमा लुका मोड्रिच(क्रोएशिया)ले प्रहार गरेको पेनाल्टी परिणत, रसिया १–२ क्रोएशिया

चौथोः बायाँतर्फको भागमा सर्गी इग्नासेभिच(रसिया)ले प्रहार गरेको पेनाल्टी परिणत, रसिया २–२ क्रोएशिया

चौथोः पोस्टको बायाँतर्फको तल्लो भागमा डमागोज भिदा(क्रोएशिया)ले प्रहार गरेको पेनाल्टी परिणत, रसिया २–३ क्रोएशिया

पाचौँः पोस्टको बायाँतर्फको तल्लो भागमा डेलर कुजयाभ(रसिया)ले प्रहार गरेको पेनाल्टी परिणत, रसिया ३–३ क्रोएशिया

पाचौँः पोस्टको बायाँतर्फको तल्लो भागमा इभान रिकिटिक(क्रोएशिया)ले प्रहार गरेको पेनाल्टी परिणत, रसिया ३–४ क्रोएशिया

प्रकाशित २४ असार २०७५, आइतबार | 2018-07-08 05:53:28
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • यसरी हुँदैछ धरहरा पुनर्निर्माण (फोटो/भिडियो)

    भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम सुरु भएको छ। भूकम्प गएको सांढे तीन वर्षपछि धरहराको पुनर्निर्माण थालिएको हो।

  • अब म धेरै बाँच्दिनँ होला: राजेन्द्र खड्गी

    लामो समय नेपाली सिने जगतमा द्वन्द्व निर्देशनमा एकछत्र राज गरेका राजेन्द्र खड्गी अहिले पनि यही क्षेत्रमा क्रियाशील छन्।

  • बाबु लक्ष्मीप्रसाद देवकोटाको तस्बिरसँग छोरी अम्बिकादेवी रिमाल

    लक्ष्मीप्रसाद देवकोटासँग छोरी अम्बिकाका ती दिन

    अम्बिकादेवी भन्छिन्, ‘गोष्ठीमा कविता सुनाउने कार्यक्रम रहेछ। तर बुबाले आफ्नो कविता नै लान बिर्सनुभएछ। त्यसपछि त्यहीँ दाल, भात, डुकू शीर्षकमा कविता...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    घुसखाेर कर्मचारीको नयाँ शैलीः जाेगिने विधि सिक्न अख्तियार ‘पोष्टिङ’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीनवर्ष बस्दा उपसचिव (जिल्ला न्यायाधीवक्ता) कोषहरि निरौलाले अनुसन्धान अधिकृत बनेर दर्जनौ मुद्दाको अनुसन्धान गरे।