आलोचना मलाई कमजोर देखाउने प्रयास होः नेमार



Kshamadevi Group


नेमार
नेमार

मेक्सिकोविरुद्धको खेलमा विपक्षी खेलाडीले सामान्य छुँदा समेत धेरै दुखे जस्तो अभिनय गरेको भन्दै नेमारको तीव्र आलोचना भइरहेका बेला उनले भने आफूलाई त्यसको मतलब नभएको बताएका छन्।

सोमबार साँझ भएको खेलको दोस्रो हाफमा मेक्सिकोका मिगुइल लायुनले भईमा लडेका नेमारको खुट्टामा रहेको बल उठाउने क्रममा लायुनको खुट्टाले नेमारको खुट्टालाई छोएको थियो। त्यसमा विश्वकै सर्बाधिक महँगा खेलाडी नेमारले गरेको अस्वभाविक रुपमा चर्कोगरि दुखे जस्तै गरेको व्यवहारको चौतर्फी आलोचना भइरहेको छ।

ब्राजिलले मेक्सिकोलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको खेलमा नेमारले एक गोल गरेका थिए भने एक गोलमा सहायकको भूमिका निर्वाह गरेका थिए।

‘तिनीहरुले(मेक्सिकोका खेलाडी)मेरोमाथि खुट्टा राखेका थिए,’ नेमारले भने, ‘त्यो गलत थियो। तपाई त्यसो गर्न सक्नुहुन्न। उनीहरु मैले नाटक गरेको भन्दै खुब कराएपनि अन्त्यमा विश्वकपबाटै घर फर्किएका छन्।’

‘म आलोचनाहरुको मतलब गर्दिन,’ आफ्नो व्यवहारको आलोचना भइरहेको बारे नेमारले भने, ‘आलोचनाले तपाईको ध्यानभंग छ। मलाई लाग्छ यी आलोचनाहरु मलाई कमजोर देखाउने प्रयासमा भएका हुन्, बाँकी केही हैन।’

प्रशिक्षक टिटेले पनि नेमारको बचाउ गर्दै लायुनले नेमारको खुट्टा कुल्चिएको आफूले टेलिभिजन स्क्रिनमा देखेको बताए।

तर, मेक्सिको प्रशिक्षक जाउन कार्लोस ओसारियोले नेमारको नाटक फुटबलका लागि लज्जाको विषय भएको बताएका छन्।

‘उनले खेलको धेरै समय बर्बाद गरे,’ ओसारियाले भने, ‘यो फुटबलका लागि लज्जाको विषय हो। फुटबल भनेको नाटक देखाएर नभई गहनताका साथ खेलिने खेल हो।’

प्रकाशित १९ असार २०७५, मंगलबार | 2018-07-03 16:57:44
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।