को हुन् विश्वकपमा म्याराडोना र रोनाल्डोसँग बराबरी गर्दै सनसनी मच्चाउने लुकाकु?



Kshamadevi Group


रामेलु लुकाकु
रामेलु लुकाकु

विश्वकप अन्तर्गत समूह जी को शनिबार साँझ सम्पन्न खेलमा रामेलु लुकाकुको दोहोरो गोल मदतमा बेल्जियमले ट्युनिसियामाथि ५-२ को जित हात पार्यो।

उनीसँगै इडन हाजार्डले पनि दुर्इ गोल गरेका थिए भने मिकि बात्सुयीले बेल्जियमका लागि थप एक गोल गरे। ट्युनिसिाका डेलन ब्रोन र वाहबी खाज्रीले १-१ गोल फर्काएका थिए।

खेलमा बेल्जियमले पेनाल्टी गोलबाट सुरुवाती अग्रता बनाएको थियो। बेल्जियमका इडेन हाजार्डले खेलको सातौं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। ट्युनिसिया बेन युसुफले आफ्नो पेनाल्टी क्षेत्रमा हाजार्डलाई लडाएपछि बेल्जियमले पेनाल्टी अवसर पाएको हो।

खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई २ - ० को अग्रता दिलाए। खेलको १८ औं मिनेटमा डेलन ब्रोनले ट्युनिसियाका लागि एक गोल गर्दै खेल २ - १ मा ल्याएका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३ - १ को अग्रता दिलाए। 

खेलको दोस्रो हाफको ५१ औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ४ - १ को अग्रता दिलाए भने बात्युयीले ९०अौं मिनेटमा बेल्जियमका लागि र खाज्रीले इञ्जुरी समयमा गोल गरेपछि खेल ५-२ को गोलअन्तरमा सकिएको हो।

म्याराडोना र रोनाल्डोसँग लुकाकुको बराबरी 

खेलमा दोहोरो गोल गरेका लुकाकुले यसविश्वकपमा चार गोल गर्दै सर्बाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गर्नुका साथै विश्वकपको लगातार दुर्इ खेलमा दुर्इ गोल गर्ने खेलाडीका रुपमा अर्जेन्टिनी स्टार डियगो म्याराडोनासँग बराबरी गरेका छन्।

रोनाल्डोले स्पेनसँग ह्याट्रिक र मोरोक्कोसँग एक गोल गर्दै यसविश्वकपमा सर्बाधिक गोल गर्ने खेलाडीको शीर्षमा स्थान बनाएका थिए। लुकाकुले यसअघि पानामाविरुद्ध पनि दुर्इ गोल गरेका थिए।

म्याराडोनाले १९८६ काे विश्वकपमा इंग्ल्याण्ड र बेल्जियमसँग लगातार दोहोरो गोल गरेका थिए। त्यसयता कसैले लगातार दुर्इ खेलमा दुर्इ गोल गर्न सकेको थिएन्। जसको बराबरी अाज लुकाकुले गरेका हुन्।

यस्तै लुकाकु विश्वकप तथा युरोपियन च्याम्पियन्ससिप जस्ता ठूला प्रतियोगितामा बेल्जियमका लागि सर्बाधिक गोल गर्ने  खेलाडी पनि बनेका छन्। लुकाकुले बेल्जिमयका अन्तिम ११ खेलमा १७ गोल गरेका छन्। ती खेलहरुमा यसै जुनमहिनाको सुरुवातमा भएको पोर्चुगलविरुद्धको खेलमा बाहेक उनले सबै खेलमा गोल गरेका छन्।

लुकाकु इंङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका लागि खेल्ने गर्छन्। २३ वर्षको उमेर अघि प्रमियर लिगमा ५० बढी गोल गर्ने पाँचवटा खेलाडीमध्ये उनी पनि एक हुन् र प्रिमियर लिगमा १०० गोल गर्ने उनी पाँचौं युवा खेलाडी पनि हुन।

बेल्जियमको स्थानिय क्लब रुपेल बुमबाट लुकाकुले अाफ्नो फुटबल करिअर सुरु गरेका थिए। पछि उनले बेल्जियमका क्लबहरु लिर्से र एन्डरलेच्टबाट खेले। एन्डरलेच्टले २००९-१० को सिजनमा बेल्जियम च्याम्पियन्सिप जित्दा उनी सर्बाधिक गोलकर्ता थिए।

स्कुल पढ्दा नै उनले १६ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। २०१० को क्रोयसियाविरुद्धको मैत्रीपूर्ण खेलमा उनी सिनियर टोलीमा परेका थिए। २०१० यता राष्ट्रिय टोलीबाट लगातार खेलिरहेका लुकाकु बेल्जियमका सर्बाधिक गोलकर्ता हुन्। ७१ खेल खेल्दै उनले ४१ गोल गरेका छन्। 

२०११ मा लुकाकुलार्इ चेल्सीले किन्दै प्रिमियर लिगमा भित्र्याएको थियो। तर, चेल्सीले उनलार्इ दुर्इ वर्ष कहिले बेष्ट ब्रुम र कहिले इभर्टनलार्इ ऋणमा बेच्यो।

ऋणमै रहेपनि निरन्तरको मेहनतसँगै उनले गतिलो छाप छाडेपछि उनलार्इ इभर्टनले २०१४ मा क्लबकै सर्बाधिक महँगो खेलाडीका रुपमा २८ मिलियन पाउण्डमा भित्र्याएको थियो। तीनवर्ष त्यहाँ विताएका उनले १ सय १० खेल खेल्दै ५३ गोल गरेका थिए।

लुकाकुलार्इ २०१७ मा म्यानचेस्टर युनार्इटेडले क्लबकै महँगो खेलाडीका रुपमा ९० मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो। त्यसयता युनाइटेडबाट ३४ खेल खेल्दै उनले १६ गोल गरिसकेका छन्। 

प्रकाशित ९ असार २०७५, शनिबार | 2018-06-23 21:12:16
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।