विश्वकपको मुखैमा स्पेनले गर्यो मुख्य प्रशिक्षकलार्इ बर्खास्त




विश्वकप अाउन एक दिनमात्रै बाँकी हुदा स्पेनले अाफ्ना मुख्य प्रशिक्षक जुलिन लोपेटिग्युलार्इ बर्खास्त गरेको छ।

रियल मड्रिडले मंगलबारमात्रै उनीसँग तीन वर्षका लागि मुख्य प्रशिक्षकको सम्झोता भएको जनाएको थियो। स्पेनिस फुटबलले अाफूहरुलार्इ कुनैपनि किसिम जानकारी नदिएर म्यड्रिड जाने निर्णय गरेको भन्दै विश्वकपको मुखैमा मुख्य प्रशिक्षकलार्इ बर्खास्त गरेको हो। 

स्पेनले शुक्रबार पोर्चुगलसँग पहिलो खेल खेल्दैछ। विश्वकप भोलीबाट सुरु हुँदैछ। ५१ वर्षे जुलिन जिनेदिन जिदानको स्थानमा रियलको प्रशिक्षकमा नियुक्त भएका थिए। जिदानले अघिल्लो साता रियलको प्रशिक्षक पदबाट राजिनामा दिएका थिए। 

विश्वकपको मुखैमा मुख्य प्रशिक्षक बर्खास्त गर्नुले अाफूहरुलार्इ अप्ठारोमा पार्नसक्ने बुझेर पनि प्रक्रियाका लागि अाफूले यो अलोकप्रिय निर्णय लिनु भएको स्पेन फुटबल संघका अध्यक्ष लुइस रोबियल्सले बताएका छन।

उनले भने, 'मलार्इ थाहा छ यसले निकै अप्ठारो स्थिती श्रृजना गर्नेछ। यस निर्णयको पनि खुबै अालोचना हुनेछ। जुलिन राम्रा प्रशिक्षक हुन। तर, विश्वकपका अगाडी तपार्इ मनलाग्दी निर्णय गर्नु गलत हो।'

२०१६ मा जुलिन स्पेनका प्रशिक्षकमा नियुक्त भएका थिए। उनको प्रशिक्षकत्वमा स्पेनले कुनैपनि खेल हारेको थिएन। उनको कार्यकालमा स्पेनले २० खेल खेलेको १४ मा जित र ६ मा बराबरी खेलेको थियो। 

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 16:20:46
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।