यी हुन् विश्वकपमा सबैका नजरले पछ्याउने पाँच कप्तान




बिहीबारबाट सुरु हुने फिफा विश्वकपको मैदानमा उत्रन ३२ राष्ट्रका ३२ कप्तानहरु तम्तयार भैसकेका छन्। सबै कप्तानको आ–आफ्नै पृथक कथा छ। कसैले आफ्नो बहुमुखी प्रतिभाले निकै कम उमेरमा नेतृत्व पाएका छन् त कसैले लामो अनुभवपछि पाको उमेरमा।

NIC ASIA

ती मध्ये एउटामात्रै कप्तान यस्तो हुनेछ जसले जुलाई १५ मा विश्वकपको ट्रफी उचाल्ने सौभाग्य प्राप्त गर्नेछ। तर, विश्वकप टोलीका पाँच यस्ता कप्तान छन, जसलाई प्रतियोगितामा धेरैले पछ्याइरहनेछनः

इसान इद हादरी(इजिप्ट)

इसान इद हादरी

इसान इद हादरी


इजिप्टले विश्वकप सुरु भएको दोस्रो दिन शुक्रबार मोरक्कोसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। त्यही दिन उसका कप्तान इसान इद हादरीले विश्वकपमा सबैभन्दा बढी उमेरको खेलाडीका रुपमा कीर्तिमान राख्नेछन्। २०१४ को विश्वकपमा कोलम्बियाका गोलकिपर फर्याद मान्ड्रागनले ४३ वर्ष ३ दिनको उमेरमा विश्वकप खेल्दै सबैभन्दा पाका खेलाडीको कीर्तिमान रचेका थिए। चारवर्षपछि हादरीले उनको कीर्तिमान तोड्न लागेका हुन्। इजिप्टको पहिलो खेलमा उनको उमेर ४५ वर्ष १ सय ५० दिन हुनेछ। त्यससँगै उनी विश्वकप खेल्नै सबैभन्दा पाका खेलाडी बन्नेछन्। मोहम्मद सलाह जस्ता स्टार खेलाडीहरु रहेको इजिप्टलाई २८ वर्षपछि विश्वकपमा फर्कदा पाका हदरीले कसरी उत्प्रेरित गर्नेछ हेर्न लायक हुनेछ।

ह्यारी केन (इंग्ल्याण्ड)

ह्यारी केन

ह्यारी केन


ह्यारी केन अहिले २४ वर्षका भए। अर्थात उनी प्रतयोगिताका युवा कप्तान हुन्। टोट्नह्याम हट्सपुरका स्ट्राइकर केनले पछिल्ला चार सिजनमा क्लबका लागि १०० बढी गोल गरेका छन्। उनीसँग दुई मुख्य चुनौती छ। एक गोल गर्ने दबाब अर्को कुशल नेतृत्व क्षमता देखाउने अवसर।

यसअघिका कप्तानहरु वायन रुनी, जोन टेरी, डेभिड बख्खम र ग्यारी लिनेकरले इंग्ल्याण्डका लागि निकै शशक्त प्रदर्शन गरेका थिए। प्रशिक्षक गारेथ साउथगेटसामु उनलाई अहिले पनि पूराना कप्तानहरु झै आफूपनि उपर्युक्त पात्र भएको प्रमाणित गर्नुछ।

नेमार (ब्राजिल)

नेमार

नेमार

विश्वका सबैभन्दा ठूला फुटबल स्टारमध्येका एक हुन्, नेमार। २६ वर्षे नेमारलाई यस विश्वकपका लागि ब्राजिलको कप्तानी दिइएको हो। उनको कप्तानीमा ब्राजिल छैटौं विश्वकप उपाधि उचाल्ने दाउमा छ। नेमारसामु २०१४ को विश्वकपमा घरेलु मैदानमा जर्मनीसँग हारेको ७–१ को लज्जास्पद हारको सम्झनापनि मेटाउने चुनौती छ। फ्रेब्रुअरीमा घाइतेभएपछि पहिलोपटक मैदान उत्रेको उनले क्रोयोसिया र त्यसपछि अष्ट्रियासँग भएको मैत्रीपूर्ण खेलमा गोल गरिसकेका छन्।

आरन गुन्नार्सन(आइसल्याण्ड)

 आरन गुन्नार्सन

आरन गुन्नार्सन


पछिल्ला वर्षहरुमा आइसल्याण्डको सफलताको कथा प्रेरणादायी छ। २०१५ मा आइसल्याण्डले युरोकपको क्वार्टरफाइनलसम्म पुग्दै त्यो कहानीको सुरुवात गरेको थियो। तीन लाख ३४ हजारमात्रै जनसंख्या भएको टापु मुलुक आइसल्याण्डलाई यसपाली पहिलो पटक विश्वकप खेल्दैछ। यहाँसम्म टोलीलाई पुर्याउने मुख्य खेलाडी हुन कप्तान गुन्नार्सन। यस विश्वकपमा पनि २ वर्षअघि युरोकपमा उनका खेलाडीमा जुन उत्साह थियो त्यो कसरी गुन्नार्सनले कायम गराउने छन भन्ने सबैको चाखको विषय हुनेछ।

रादामेल फाल्को(कोलम्बिया)

रादामेल फाल्को

रादामेल फाल्को


२०१४ को कोलम्बियाको विश्वकप टोलीका लागि फाल्को कप्तानमा छनोट भएका थिए। दुर्भाग्यवश प्रतियोगिता नजिकिदैँ गर्दा लिगामेन्टको चोटका कारण टोलीबाट बाहिर हुनुपर्यो। त्यसबेला कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो तर कोलम्बियाका सर्बाधिक स्कोरर फाल्को भने टेलिभिजनमा त्यो दृश्य हेरिरहेका थिए। तर, जिन्दगीमा सबैले दोस्रो मौका पाउँछन, फाल्को पनि पुनः यस विश्वकपमा आफू र आफ्नो देशको इतिहासको इतिहासमा नयाँ पाना थप्न तयार छन्।

प्रकाशित २९ जेठ २०७५, मंगलबार | 2018-06-12 13:34:54
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।