यी १७ तथ्यले तपार्इलार्इ रुस विश्वकप बुझाउन अझै सहयोग पुर्याउनेछ


Infocus



रुस विश्वकप
रुस विश्वकप

विश्वकप फुटबल बिहीबारबाट सुरु हुदैँछ। यससँग जोडिएका यस्ता तथ्यहरु छन जसले विश्वकपलाई बुझाउन अझै सहयोग पुर्याउनेछ।

याे पनि


NIC ASIA

१) यो २१औं विश्वकप हो।

२) यस विश्वकपको पहिलो छनौट खेल १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीच खेलिएको थियो। त्यस खेलमा पूर्वी टिमोरले ५–१ को जित हात पार्यो। तर, पछि पूर्वी  टिमोरले खेल्न योग्य खेलाडीहरु नखेलाएको पत्ता लगे पछि मंगोलियालाई विजेता घोषणा गरिएको थियो।

३) यसपटक विश्वकपमा ३२ राष्ट्रहरु सहभागिता जनाउँदैछन्। २०२६ बाट यो संख्या बढेर ४८ राष्ट्रमा पुग्नेछ।

४) आइसल्याण्ड र पानामा पहिलोपल्ट विश्वकप खेल्न लागेका हुन्।

५) ब्राजिल एउटामात्रै देश हो जसले हालसम्म भएका सबै विश्वकप खेलेको छ। सबैभन्दा बढी पाँचपटक उपाधि जित्ने देशपनि ब्राजिल हो।

६) ब्राजिल र इटालीले लगातार दुई विश्वकप जितेका छन्। यसपटकको विश्वकप जर्मनीले जिते उ पनि लगातार दोस्रोपटक जित्ने टोली हुनेछ। ब्राजिलले १८५८ र १९६२ तथा इटालीले १९३४ तथा १९३८ मा लगातार विश्वकप जितेको थियो। जर्मनी भने २०१४ को च्याम्पियन टोली हो।

७) जर्मनी पछिल्लो तीन विश्वकपमा सबैभन्दा बढी गोल गर्ने टोली हो। २००६ मा उसले १४, २०१० मा १६ र २०१४ मा १८ गोल गरेको थियो।

८) रुसका ओलेक साले विश्वकपको एक खेलमा सर्बाधिक गोल गर्ने खेलाडी हुन्। उनले १९९४ मा क्यामरुनविरुद्ध ५ गोल गरेका थिए।

९) २०१४ को विश्वकप झन्डै ३.२ अर्ब मानिसहरुले हेरेका थिए। जुन लगभग विश्वको आधा जनसंख्या हो।

१०) जतिपनि देशले अहिलेसम्म विश्वकप जितेका छन्, ती सबै टोलीका प्रशिक्षक तिनै देशका छन।

११) आयोजक रुस(सोभियत संघ पछि) अहिलेसम्म विश्वकपको समूह चरणसम्म पनि पुग्न सकेको थिएन्। तर, यसपटक घरेलु टोली भएकाले उसलाई कीर्तिमानी प्रदर्शन गर्ने मौका छ।

१२) २०१८ को विश्वकप नाइजेरियाको छैटौं विश्वकप हो। यतिका पटक विश्वकपमा सहभागी जनाउने उ एक्लो अफ्रिकन टोली हो।

१३) दक्षिण कोरिया १०औं पटक विश्वकप खेल्दैछ। यतिपटक विश्वकप खेल्ने एसियाली राष्ट्र उ मात्रै हो।

१४) आइसल्याण्ड विश्वकपमा छनौट हुने सबैभन्दा सानो राष्ट्र हो। उसको जनसंख्या ३ लाख ३४ हजार मात्रै छ।

१५) १९५८ यता पहिलो पटक इटाली यसविश्वकपमा छनोट हुन सकेन्। इटालीले १९३४, १९३८, १९८२ र २००६ गरि ४ पटक विश्वकप जितिसकेको छ।

१६) १८८६ पछि पहिलो चोटी अमेरिकाले पनि यो विश्वकपमा स्थान बनाउन सकेको छैन।

१७) पानामाका राष्ट्रपतिले आफ्नो देश विश्वकपमा छनौट भएको उपलक्ष्यमा ११ अक्टुबरमा राष्ट्रिय विदा घोषणा गरेका थिए। एजेन्सी। 

 

 

प्रकाशित २८ जेठ २०७५, सोमबार | 2018-06-11 17:51:44
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...