‘स्टेडियममा बसेर मेस्सीको हुटिङ गरिन्छ’

विश्वकप हेर्न रसिया जाने नेपालीः अर्जेन्टिनी फ्यान, अर्जेन्टिनाकै खेल हेर्न पाउदै


Infocus


धरानका जीवन आचार्य गत चैत्रमा पारिवारिक घुमघामका क्रममा पोखरा गएका थिए।

NIC ASIA

लेकसाइड किनारामा शिव मन्दीर थियो। महादेवको आर्शिवाद लिन उनी मन्दिर प्रवेश गरे। त्यही क्रममा उनको फोनको घन्टी बज्यो। मन्दिरभित्र पसिसकेकाले उनले फोन उठाएनन्। हतार हतार महादेवलाई ढोगे अनि बाहिर आएर। मोबाइलमा रिङ बजिरहेको थियो।
फोनः हलो जीवन जी बोल्नु भा’को हो?
जीवनः हो।
फोनः यो तपाईकै नम्बर हो?
जीवनः हो।
फोनः बधाई छ, तपाई रुस विश्वकप हेर्नका लागि छनोट हुनुभएको छ।

***
धरानमै व्यवसाय गरेर बसेका जीवनलाई सुरुमा उक्त फोनको विश्वासै लागेको थिएन्। फोन कोकाकोला कम्पनीले गरेको थियो। ‘कोकले ४० जना नेपालीलाई विश्वकप हेर्न लैजादैँछ भन्ने त सुनेका थिएँ,’ जुन २५ तारिखमा रसिया उड्ने तयारीमा रहेका उनले भने, ‘तर ती ४० भित्र आफैँ पनि एक हुँला भन्ने चाहिँ सोचेको थिइनँ। पहिलो, दोस्रो हैन, तेस्रो चोटी फोन आएपछि मात्रै निश्चित भएँ।’

अझ संयोग त के भने उनी जुन टोलीलाई बच्चैदेखि समर्थन गर्थे त्यही टोलीको खेल हेर्न पाउने भएका छन्। आधाआधी नेपालीजस्तै उनी पनि अर्जेन्टिनाका फ्यान हुन्। उनलाई कोकले २६ तारिखमा सेन्ट पिटर्सवर्ग स्टेडियममा हुने अर्जेन्टिना भर्सेस नाइजेरियाबीचको खेल हेराउने वाचा गरेको छ। जसका लागि उनी निकै उत्साही छन्।

 

जीवन अाचार्य

जीवन अाचार्य

उनको फेसबुकमा अर्जेन्टिनालाई समर्थन गरेका पोस्टहरु पहिलै देखिको देख्न सकिन्छ। ‘१९९० को विश्वकपमा अर्जेन्टिना पराजित भएको उनलाई अझै याद छ। भन्छन्, ‘त्यसबेला पेनाल्टी मार्फत वेष्टजर्मनीले १–० गोलअन्तरले अर्जेन्टिनालाई पराजित गरेको थियो। डियगो म्याराडोनाले विश्वकै ध्यान खिचेका थिए।’

उक्त विश्वकपका धेरै कुराहरु सम्झनलायक थिए। अर्जेन्टिना डिफेन्डिङ च्याम्पियनका हैसियतले पुनः फाइनल पुगेको थियो। भर्खरै नेपालमा टेलिभिजन भित्रेका बेला डियगो म्याराडोनाले १९८६ को विश्वकप अर्जेन्टिनालाई जिताउँदा त्यही वेष्ट जर्मनीलाई ३–२ गोलअन्तरले पराजित भएको थियो। वेष्ट जर्मनीले चारवर्षपछि भने अर्जेन्टिनासँग बदला लियो। त्यो उसको अन्तिम विश्वकप पनि थियो। त्यसपछि दुई जर्मनी (वेष्ट र इष्ट)बीच एकिकरण भयो र उनीहरु एउटै टोलीबाट खेल्न थाले।

१९८६ पछि अर्जेन्टिनाले विश्वकप जित्न सकेको छैन। जीवन भने यसपटक अर्जेन्टिनाले विश्वकप जितोस भन्ने चाहान्छन्।

‘आफै विश्वकप हेर्न गएको मौकामा मनपरेको टोलीले विश्वकप उचालेको हेर्ने चाह छ,’ उनले भने, ‘टोलीमा विश्वका महान खेलाडी मध्येको एक मेस्सी (लिओनल) पनि छन्। तर, उनी एक्लैले मात्रै गरेर केही हुँदैन्। फुटबल टिम गेम हो।’

रसियामा उनले नेपाली राष्ट्रिय झन्डा फहराउने सोच बनाएका छन्। ‘काठमाडौंमा मैले साथीलाई ठूलो राष्ट्रिय झन्डा बनाउन भनिसकेको छु। नेपाली ढाका टोपी पनि तयार पारिसकेको छु,’ उनले भने, ‘खेल हेर्दा एउटा गालामा नेपालको र अर्को गालामा अर्जेन्टिनाको झन्डा बनाउने सोच बनाएको छु।’

वर्थडे गिफ्टः रसिया टूर

राजीव प्रधान

राजीव प्रधान


काठमाडौं इमाडोलका राजिव प्रधान एक कम्पनीमा काम गर्छन्। गत फागुनमा उनको जन्मदिन थियो। जन्मदिनको खुशी साट्न उनले कोकाकोलाको बोतल लिएर घर गएका थिए।

‘परिवारमा जन्मदिनको रमाइलो मनाउने क्रममा कोकको बट्टामा कोड एसएमस गरी लक्की ड्रबाट रसिया टूर जान लेखिएको थियो,’ उनले भने, ‘मैले पनि गरेँ। पर्ला भन्ने थिएन् तर पर्यो। त्यसलाई वर्थ डे गिफ्ट सम्झिएँ।’

उनी पनि २५ तारिखमा रसिया जादैँछन्। कुन गेम हेर्ने भन्ने अहिले उनलाई जानकारी छैन् तर त्यही तारिखमा नेपालबाट जाने अन्यले अर्जेन्टिना र आइसल्याण्डविरुद्धको खेल हेर्ने भएकाले उनी पनि त्यही खेल हेर्न मौका पाउने सम्भावना बढी रहेको बताउँछन्।

अर्जेन्टिना र मेस्सीको क्रेज

जुनकुमार रार्इ

जुनकुमार रार्इ


जुनकुमार राई संखुवासभामा जागिर गर्छन्। उनको जुन १५ गते रसिया जाने कार्यक्रम छ। विश्वकपमा उनको रहर अर्जेन्टिनाको समर्थन गर्ने र मेस्सीलाई हेर्ने छ।

‘मलाई फुटबलको सबै ज्ञान त छैन्,’ उनले भने, ‘तर, विश्वकप नै हेर्न जाने भएपछि अर्जेन्टिना र मेस्सीको खेल हेर्ने जादैछु। एकदम उत्साही छु।’ उनले स्पार्टक स्टेडियममा १६ तारिखमा हुने अर्जेन्टिनाको पहिलो खेल हेर्ने कार्यक्रम तय भएको छ। पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डको सामना गर्दैछ।

फुटबल पर्ला भनेको विश्कप हेर्ने चिठ्ठा पर्याे

महेश वान्तवा

महेश वान्तवा


गत होलीमा महेश वान्तवा परिवारसँग खानपिन गरेर रमाइलो गरिरहेका थिए। त्यहीबेला कोकमा लिएर र आए अनि कोड एसएमएस गरे। एक हप्तापछि उनलाई रसिया टूरमा छनोट भएको सन्देश आयो।
पहिलैदेखि अर्जेन्टिनाका समर्थन उनी अर्जेन्टिनाकै खेल हेर्न पाउँदैछन्। उनी पनि आइसल्याण्डविरुद्धको अर्जेन्टिनाको खेल हेर्न पाउँने भएपछि उत्साही मुद्रामा उनले भने, ‘मलाई त्यही फुटबल या अन्य केही पर्ला भनेर एसएमएस पठाएको थिए। तर विश्वकप नै हेर्ने भएपछि सुरुमा त विश्वासै लागेन्। पछि समाचारतिर पनि आउन थालेपछि भने ढुक्क भएँ।’

पहिलेदेखि आफूले अर्जेन्टिनाको समर्थन गर्दै आएको बताउने उनले रमाइलो गर्दै भने, ‘मेस्सीसँग आफ्नो उचाई पनि मिल्छ। स्टेडियममा बसेर पनि मेस्सीको खुब हुटिङ गरिन्छ।’

डस्टबिनमा फालेको बोतल उठाएँ

उदिप बराल

उदिप बराल


काठमाडौंका एक कलेजमा अध्ययनरत उदिप बराल सानैदेखि फुटबलका पारखी थिए। बच्चामा प्रोजेक्टरबाट ‘ब्ल्याक एण्ड ह्वाइट’मा पनि विश्वकप हेरेको उनलाई याद छ। अहिले स्टेडियममै गएर विश्वकप हेर्न पाउने भएपछि उनी दंग छन्।

‘कुन टोलीको खेल हेर्न निश्चित छैन्,’ उनले भने, ‘१५ तारिखमा जाने भएपछि अर्जेन्टिना, फ्रान्स, जर्मनी, पोर्चुगल मध्ये एउटाको खेल पर्नेछ। सबै मलाई पर्ने टोलीहरु हुन्।’

कोक खाँदा भने उनलाई रसिया टूरका लागि छनोट भइएला भन्ने लागेकै थिएन्। उनले कोक खाएर एसएमएस गरिसकेपछि बोत्तल समेत डस्टबिनमा फालिसकेका थिए।

‘झण्ड दुई दिनमै फोन आयो र डस्टबिनको बोतलमा भएको लेबल सुरक्षित थियो,’ उनले भने, ‘अब भने कपाल काटेर चिटिक्क परेर बसेको छु। कति खेर मेस्सीले खेलेको हर्न पाइला भन्ने हतारो छ।’

सम्बन्धित समाचार: विश्वकप अघि मेस्सीकाे अन्तर्वार्ता: अर्जेन्टिनामा उपविजेताका लागि कुनै स्थान छैन 

सम्बन्धित समाचार: टोक्ने, पछार्ने र दाँत झार्ने: विश्वकप बदनाम गराउने ती ७ क्षण 

सम्बन्धित समाचार: मोहम्मद सलाह: दैनिक १० घन्टे कष्टकर यात्रा हुँदै विश्वकपसम्म 

सम्बन्धित समाचार: विश्वकपका आगन्तुकलाई स्वागत गर्न आतुर ‘सेक्सबोट्स’ 

सम्बन्धित समाचार: लुजनिकी स्टेडियमः जहाँ यसरी बन्यो ६६ जनाको एउटै चिहान

सम्बन्धित समाचार: २०२६ को विश्वकप आयोजनाका लागि चार राष्ट्रबीच प्रतिस्पर्धा

सम्बन्धित समाचार: नेमारको भरमा मात्रै छैन ब्राजिल

सम्बन्धित समाचार: युरोपियन च्याम्पियनको विश्वकप जित्ने धोको

प्रकाशित २५ जेठ २०७५, शुक्रबार | 2018-06-08 19:38:15
Max TV
Max TV
Zen Travels

author photo

यज्ञराज जोशी नेपालखबर वरिष्ठ संवाददाता हुन्

@yagyasuman

यज्ञराज जोशीबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

    जम्मु-कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा

    भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व...

  • जयपुरी (बायाँ) र ओनसरी २०७४ को निर्वाचनमा बामगठबन्धनको विजयपछि

    रोल्पाका दुई नेतृलाई फापेको एमाले-माओवादी एकता

    पहिलो संविधान सभा कालमा दुबै जना छोटो समयका लागि मन्त्री बने। ओनसरी युवा तथा खेलकुद मन्त्री बनिन् भने जयपुरी महिला बालबालिका तथा समाज कल्याणमन्त्री।

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...