डिभिलियर्सद्धारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा, यस्तो थियो करिअर


Infocus



यस सिजनको इण्डियन प्रिमियर लिग(आइपीएल) सकाएको चारदिनपछि दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको छन्।

NIC ASIA

रोयल च्यालेन्जर्स बैंग्लोरबाट आइपीएल खेलेका डिभिलियर्सले बुधबार एक भिडियो सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

३४ वर्षीय डीभिलियर्सले सन्यास घोषणा गर्दा भनेका छन्, ‘मैले सबै खाले फम्र्याटको क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु। मेरो लागि यो कठिन निर्णय हो। मैले यसविषयमा लामो समय सोचेर यो निर्णयमा पुगेको हुँ।

मेरो सन्यास अर्को प्रतिभावान खेलाडीका लागि मौका पनि हो। इमान्दार भएर भन्नुपर्दा म थकित पनि भइसकेँ।’ डिभिलियर्सको करिअर एबी डिभिलियर्सले २००४ मा इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको टोलीमा डेब्यू गरेका थिए। १४ वर्ष लगातार दक्षिण अफ्रिकाको टोलीसँग विताएका उनले १ सय १४ टेस्ट, २ सय २८ एक दिवसीय र ७८ टी–२० खेल खेलेका छन्।

दायाँ हाते ब्याट्सम्यान एबी डिभिलियर्सले आफ्नो नाममा टेस्टमा ८ हजार ७ सय ६५, एक दिवसीयमा ९ हजार ५ सय ७७ र टी–२० मा १६ सय ७२ रन बनाएका छन्। टेस्टमा उनका २२ शतक र ४६ अर्धशतक छन्। टेस्टमा उनको औषत ५०.६६ को छ। एक दिवसीयमा दक्षिण अफ्रिकाको क्रिकेट इतिहासमा उनी सर्वाधिक रन स्कोर गर्ने दोस्रो खेलाडी हुन्। उनी भन्दा अघि ११ हजार ५ सय ७९ रन बनाएका ज्याक कालिज छन्।

प्रकाशित ९ जेठ २०७५, बुधबार | 2018-05-23 18:51:07
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...