आँशु झार्दै बुबाको प्रश्नः के मेरी छोरीले 'सेलेक्सन' खेल्न पाउने अधिकार छैन्? (भिडियो)




प्रेरणा र उनका बुबा पुरुषाेत्तम
प्रेरणा र उनका बुबा पुरुषाेत्तम

‘प्रेरणा कोइराला बनाउन हामीले चारवर्ष निरन्तर मेहनत गरेका छौ। पानी, वर्षा केही भनेनाैं, हामी रातदिन लागि रा’छौं, तर संघ (नेपाल लन टेनिस संघ) जसले चाहिँ हामीलाई माया गर्नुपर्ने हो। हामीले एउटा सेलेक्सन गराईदिनुस भन्दा उहाँहरुले(संघ)ले यस्तो गर्नुभयो। हामीले के चाहिँ माग गरेका छौं र? न पैसा मागेका छौ, न हामीले वाइल्ड कार्ड इन्ट्री। के हामीले सेलेक्सन खेल्न पाउने नैसर्गिक अधिकार छैन्?’

NIC ASIA

तीन महिनापछि इन्डोनेसियाको जकार्तामा हुने १८औं एसियाली खेलकुद(एसियाड)मा आफ्नी छोरी प्रतिभावान भए पनि संघले छनोट नगराउँदा एसियाडबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सोमबार पत्रकार सम्मेलनमा आँशु झार्दै प्रेरणाका बुबा पुरुषोत्तम कोइरालाले यसो भने।

स्वयं पनि संघको सदस्य रहेका कोइरालाले थपे, ‘७ महिनाअघि भएको राखेप च्याम्पियनसिपका आधारमा एसियाडमा खेल्ने खेलाडीको नाम पठाइएको छ। उक्त खेल भएको ७ महिना बितिसक्यो। मान्छेको अपग्रेड हुन्छ। मेहनत गर्ने मान्छै ह्वात्त माथि आउँछ। मेहनत नगर्ने, अल्छी गर्ने मान्छे तल जान्छ। त्यो स्वभाविक प्रक्रिया हो। तर, राखेपमा नियममा बन्द प्रशिक्षणमा राख्नुअघि ४ महिनाभित्र छनोट गर्नुपर्छ भन्ने छ। त्यो गरिएको छैन। त्यो किन गरिएको छैन् मेलै जवाफ पाएको छैन्।’

गतवर्ष कार्तिकमा राखेपले एसियाड र साग छनोटको आधार समेत भन्दै विभिन्न खेलहरु समावेश गरेर राखेप च्याम्पियनसिप आयोजना गरेको थियो। लन टेनिस संघले एसियाडका लागि सोही प्रतियोगितामा खेलाडी छनोट गर्ने सुचना निकालेको थियो। जसअनुसार महिला छनौटमा प्रथम भएकी मायंका र दौस्रो भएकी महिमा राणा छनोट भएका थिए। जो हाल बन्द प्रशिक्षणमा रहेका छन्।

सोही ७ महिनाअघि भएको प्रतियोगिताका आधारमा खेलाडी छनोट गरिएकोमा असन्तुष्टि जाहेर गर्दै हाल पाँचौ वरियतामा रहेकी प्रेरणाका बुबाले सोमबार पत्रकार सम्मेलन गर्दै पुनः छनोट आयोजना हुनुपर्ने माग गरेका हुन्। तर, संघले भने उनको माग निराधर भएको बताएको छ। संघका महासचिव मनोहर दास मुलकाअनुसार राखेप च्याम्पियनसिपलाई एसियाड छनोटको आधार बनाउने भन्नेबारे संघले सार्वजनिक सूचना निकाल्नुका साथै कोइरालालाई समेत जानकारी गराइएको थियो।

मुल भन्छन्, ‘त्यसबेला उहाँहरु बंगलादेशमा भएको आइटीएफ टुर्नामेन्ट खेल्न जानुभएको थियो। राखेप च्याम्पियनसिपलाई एसियाडका लागि खेलाडी छनोट मानिने भनिएपछि फर्केर आउनुस र छनोट खेल्नुस हामीले भनेका थियौं। तर, उहाँले यसपटक आउदैन्। मेरो छोरी अर्कोपटक खेल्छ म बंगलादेश आइटीएफ खेलेर आउछु भन्नु भएको थियो। सायद त्यसबेला उहाँकी छोरीले जित्ने(छनौट) चान्स देख्नु भएन होला, अहिले उनकी छोरीले १–२ वटा प्रतियोगिता जित्यो अब अनि उहाँले लफडा गरेको हो।’

राखेप च्याम्पियनसिपलाई एसियाडको छनोटको आधार बनाइएको सुचना आफूलाई भएको कोइराला स्वीकार्छन्। ‘आइटीएफ अन्तरार्ष्ट्रिय प्रतियोगिता हो, त्यसमा प्रेरणाले नेपालको झण्डा बोकेकी थिइन्,’ कोइरालाले भने, ‘महासचिव मुलले यहाँ राखेप च्याम्पियनसिप हुन लागेको र फर्कनभन्दा आइटीएफबाट नाम फिर्ता लिने समय पनि सकिसकेको र बीचैमा छोडेर आउनु खेल मर्यादा विपरित हुने र देशको प्रतिष्ठामा आँच आउने भएपछि खेल खेल्ने निधो गरेका थियौ।’

त्यसयता गत बैशाखमा भएको सिटिजन बैंक खुल्ला टेनिस प्रतियोगिताको महिला सिंगल्स तर्फ प्रेरणाले माहिकालाई क्वार्टरफाइनलमा र स्यामारी स्लाम खुला टन टेनिसमा मायंकालाई सेमिफाइनलमा पराजित गरेकी थिइन्।

च्याम्पियनसिप मात्रै आधार होइनः राखेप
राष्ट्रिय खेलकुद परिषद्का प्रतियोगिता विभाग प्रमुख मिनकुमार शर्माले राखेपले एसियाडको खेलाडी छनोटका लागि राखेप च्याम्पियनसिपलाई मात्रै आधार बनाउन कसैलाई निर्देशन नदिएको बताएका छन्। ‘राखेप च्याम्पियनसिपलाई पनि एसियाड र सागका लागि खेलाडी छनोटको आधार बनाउन भनेका थियौं,’ उनले भने, ‘तर, कतिपय राम्रा खेलाडीहरु जानकारी गराएरपनि उक्त प्रतियोगितामा छुटेका भए संघहरुले उनीहरुलाई समेट्ने गरि कार्यक्रम ल्याउनुपथ्र्यो।’

लनटेनिसकको छनोटका हकमा के भएको हो? विस्तृत विवरण संघलाई पठाउन भनिएको र त्यसको अध्ययनपछि निर्णय लिइने उनले बताए।

बुबा छोरीलाई स्पष्टिकरण
यसैबीच संघले प्रेरणा र उनका बुबालाई संघको विधान विपरित गएको भन्दै स्पष्टिकरण सोधेको छ। प्रेरणालाई पूर्वाञ्चल क्षेत्रबाट छनोट भइसकेको अवस्थामा पनि छनोटमा सहभागी नभएको र सञ्चारमाध्यममा एसियाडमा छनौटबिनै खेलाडी पठाएको भन्दै प्रतिक्रिया दिएको सम्बन्धमा र बुबा पुरुषोत्तम कोइरालालाई संघको विधान बमोजिम गरिएको प्रतियोगिताबारे भ्रमपूर्ण अभिव्यक्ति दिएकोबारे स्पष्टिकरण सोधेको हाे।

कोइरालले पत्रकार सम्मेलनमा आफूले छनौट हुनुपर्छ भनि आवाज उठाइएकोमा स्पष्टिकरण सोधिएको बताए।

भिडियो

प्रकाशित ७ जेठ २०७५, सोमबार | 2018-05-21 19:21:42
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।