पल्सर स्पोर्टस अवार्ड अाज, को को छन् मनोनयनमा?


Infocus


पल्सर स्पोर्टस अवार्ड २०७४ का विजेताहरु
पल्सर स्पोर्टस अवार्ड २०७४ का विजेताहरु

नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ अाज(बिहीबार) आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना हुँदैछ। २०७४ सालमा आफ्नो खेल क्षेत्रबाट नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गरेका खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई एक समारोहबीच ८ विधामा अवार्ड प्रदान गरिनेछ।

NIC ASIA

नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालबाट अवार्ड सुरु गरेको थियो। पल्सर स्पोर्ट्स अवार्डको यस १५ औं संस्करणमा लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेशल अवार्ड, वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा पिपुल्स च्वाइस र प्रशिक्षक गरि ८ विधामा अवार्ड दिइदैंछ। 

उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने छ।

पिपुल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मान बहादुर श्रेष्ठ रहेका छन्। क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्की वर्षका उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परेका छन्।

सम्बन्धित समाचार: यी ५ खेलाडी, जसले वर्षैभरि चर्चा बटुलिरहे 

वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ छन्। त्यस्तै, युवा खेलाडीमा क्रिकेटका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल रहेका छन्।

वर्षका उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका छन्।

सम्बन्धित समाचार: स्पोर्टस अवार्डको मनोनयनमा क्रिकेट हावी, कस्को प्रदर्शन कस्तो? 

विगतमा वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिएको थियो। उक्त पुरस्कारलाई यसपाली पनि निरन्तरता दिइनेछ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ। डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्यमा हुने कार्यक्रमको अन्य प्रायोजकहरूमा सूर्य नेपाल प्रालि, आई.एम.एस.ई प्रालि, आई.एम.एस.ई हाउजिङ, रुस्लान, टी.एच.टी लाईभ ३७७२२, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, साहस स्पोर्ट्स, एभिन्युज खबर, इमेजिङ, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटि रहेका छन्।

मनोनयनमा परेकाको २०७४ मा प्रदर्शन यस्तो रह्यो:

वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयन

पारस खड्का, क्रिकेट
–नेपाललाई वान डे इन्टरनेसनल मान्यता दिलाउने कप्तान
–वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १ शतक र १ अर्धशतकसहित २४१ रन । सर्बाधिक रन बनाउने खेलाडी
–आइसीसी विश्वकप छनोटमा २३१ रन । अफगानिस्तान र स्कटल्याण्डविरुद्ध अर्धशतक
–घरेलु क्रिकेटमा टिम चौराहा धनगढीलाई धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो संस्करण र विराटनगर वारियर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करणको च्याम्पियन बनाउन महत्वपूर्ण योगदान

दीपेश धामी, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा शोभा गौचनस“गै मिक्स डबल्सको उपाधि विजेता
–योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा शोभा गौचनस“गै मिक्स डबल्समा उपविजेता । मेन्स सिंगल्समा क्वाटरफाइनल पुग्ने एक्लो नेपाली
–असम यू–२१ क्षेत्रीय प्रतियोगितामा सिंगल्समा कांस्य पदक । मेन्स डबल्स र टिम इभेन्टमा रजत पदक
–घरेलु प्रतियोगितामा २ स्वर्ण पदक

सन्दीप लामिछाने, क्रिकेट
–नेपाली क्रिकेट टिमका लागि एक बर्षमा सर्बाधिक विकेट लिने खेलाडी । राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा २४ विकेट । कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्बाधिक विकेट लिने कीर्तिमान
–आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्बोत्कृष्ट खेलाडी घोषित
–विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिदै लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमान
–इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर

इन्द्र बहादुर श्रेष्ठ, जुडो
–थाइल्यान्ड इन्टरनेसनल जुडो च्याम्पियनसिपमा स्वर्ण पदक
–बीकेएसपी जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदकसहित सर्बोत्कृष्ट खेलाडी
–अम्बिका क्षत्री स्मृति जुडो च्याम्पियनसिपमा स्वर्ण पदकसहित सर्बोत्कृष्ट खेलाडी

टंक बहादुर कार्की, गल्फ
–भुटान ओपन गल्फको उपाधि विजेता । व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–नेपाल ओपन एमेच्योर च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–सूर्य नेपाल गल्फ टुरका ३ प्रतियोगितामा विजेता

वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेकाहरु

विमला श्रेष्ठ, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा ५४ केजीमुनि स्पर्धामा कांस्य पदक ।
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक
–गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक
–एसियाली खेलकुदको छनोटमा पहिलो
–एसियन वुमेन्स बक्सिङ च्याम्पियनसिपमा सहभागि

शोभा गौचन, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीस“गै मिक्स डबल्सको उपाधि विजेता
–योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीस“गै मिक्स डबल्समा उपविजेता
–घरेलु प्रतियोगिता जेष्ट ब्याडमिन्टन प्रतियोगितामा मिक्स डबल्सको विजेता

ज्ञानु अवाले, आर्चरी
–दक्षिण एसियाली आर्चरी च्याम्पियनसिप, बंगलादेशमा तिलक पुन मगरस“गै रिकर्भ मिक्स टिममा कांस्य पदक
–३ पल्ट राष्ट्रिय कीर्तिमान
–लक्ष्मण श्रेष्ठ स्मृति इन्डोर च्याम्पियनसिपमा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा रजत पदक

सावित्रा भण्डारी, फुटबल
–मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा १ गोल
–प्रधान सेनापति कपमा एपीएफलाई च्याम्पियन बनाउ“दा ५ खेलमा २८ गोल । मध्यमाञ्चल विरुद्ध १२, पश्चिमाञ्चल विरुद्ध ८, सुदूरपश्चिम विरुद्ध ५, आर्मी विरुद्ध १, पुलिस विरुद्ध २ गोल
–अन्तर जिल्ला राष्ट्रिय फुटबलमा स्याङ्जाको क्वाटरफाइनल यात्रामा १० गोल
–माल्दिभ्सको फुटसल लिगमा उत्कृष्ट प्रदर्शन

नविता श्रेष्ठ, टेबलटेनिस
–वुमेन्स सिंगल्समा ३ सहित ५ स्वर्ण पदक
–कीर्तिमानी सातौंपल्ट राष्ट्रिय टेबलटेनिस च्याम्पियन
–पूर्णमान बज्राचार्य स्मृति, ठमेल ओपन च्याम्पियनसिप र राखेप च्याम्पियनसिपमा सफलता

वर्षको उत्कृष्ट युवा खेलाडी

सन्दीप लामिछाने, क्रिकेट
–नेपाली क्रिकेट टिमका लागि एक बर्षमा सर्बाधिक विकेट लिने खेलाडी । राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा २४ विकेट । कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्बाधिक विकेट लिने कीर्तिमान
–आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्बोत्कृष्ट खेलाडी घोषित
–विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिदै लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमान
–इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर

दिनेश हेम्जन, फुटबल
–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका फरवार्ड । निर्णायक खेलमा भारतमाथि २–० को जित हात पार्दा दुवै गोल गरेको
–त्रिभुवन आर्मी क्लबले घरेलु फुटबलमा ६ उपाधि जित्दा टिमका सदस्य
–कांकडभिट्टा गोल्डकपमा सर्बाधिक ३ गोल
–सिमरा गोल्डकपमा सर्बाधिक ३ गोल । उत्कृष्ट फरवार्ड

दीपेन्द्रसिंह ऐरी, क्रिकेट
–नेपाली टिम एसीसी यू १९ एसिया कपको सेमिफाइनलमा पहिलोपल्ट पुग्दाका कप्तान
–नेपाललाई एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध जित दिलाउन उत्कृष्ट प्रदर्शन । ८८ रन जोड्दै ४ विकेट लिएर म्यान अफ द म्याच । कुनैपनि स्तरमा नेपालले भारतमाथि पहिलो जित हासिल गरेको
–नेपाललाई एसीसी यू १९ इस्टर्न रिजनको उपाधि दिलाउन सफल
–आइसीसी विश्वकप छनोटमा १ अर्धशतकसहित १४३ रन बनाएको
–विश्वकप छनोटमा वान डे इन्टरनेसनल मान्यता पाउन जित्नैपर्ने खेलमा पपुवा न्यु गिनीविरुद्ध ४ विकेट लिनुका साथै अर्र्धशतक बनाएर म्यान अफ द म्याच भएका

मनिता श्रेष्ठ प्रधान, जुडो
–११ औं एसियन जुनियर जुडो च्याम्पियनसिपमा ५७ कुेजीमुनि स्पर्धामा कांस्य पदक ।
–बीकेएसपी कप जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक
–एसियन जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी
–अम्बिका क्षत्री स्मृति च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी

पुनम रावल, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा ६४ केजीमुनि स्पर्धामा कांस्य पदक ।
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक
–गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक
–एसियाली खेलकुदको छनोटमा पहिलो
–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा सहभागि

वर्षको उत्कृष्ट प्रशिक्षक प्रशिक्षक

जगत टमाटा, क्रिकेट
–नेपाललाई ऐतिहासिक वान डे इन्टरनेसनल मान्यता दिलाउने प्रशिक्षक
–आईसीसी विश्वकप छनोटमा आठौं स्थान
–विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता
–२०७४ सालका १५ खेलमध्ये ६ खेलमा नेपालको जित

विनोद दास, क्रिकेट
–नेपाल पहिलोपटक एसीसी यू १९ एसिया कपको सेमिफाइनल पुग्दाका प्रशिक्ष्ँक
–कुनैपनि स्तरको प्रतियोगितामा भारतमाथि पहिलो जित निकाल्ने प्रशिक्ष्ँक
–नेपाललाई एसीसी यू १९ इस्टर्न रिजनको पहिलो उपाधि दिलाउन सफल
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा नेपाल दोस्रो हु“दाका प्रशिक्ष्ँक

छिरिङ लोप्साङ गुरुङ, फुटबल
–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका प्रशिक्ष्ँक
–मनाङ मस्र्याङदी क्लबले दुहवी गोल्डकप जित्दाका प्रशिक्ष्ँक
–इटहरी गोल्कडप र मदन भण्डारी स्मृति गोल्डकपको उपविजेता

प्रकाश थापामगर, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा पुनम रावल र विमला श्रेष्ठले कांस्य पदक जित्दाका प्रशिक्षक
–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली टिमका मुख्य प्रशिक्ष्ँक
–एसियन पुरुष बक्सिङ च्याम्पियनसिपमा नेपाली टिमका मुख्य प्रशिक्ष्ँक

जयन्त कुमार श्रेष्ठ, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा १ स्वर्ण, १ रजत र १ कांस्य विजेता नेपाली टिमका मुख्य प्रशिक्षक
–योनेक्स सनराइज नेपाल सिरिजमा १ रजत र १ कांस्य पदक विजेता नेपाली टिमको ३ मध्येका १ प्रशिक्षक

 
पिपुल्स च्वाइस अवार्डमा पर्न सफल खेलाडी र उनीहरुको गतवर्षको प्रदर्शन यसप्रकार छ:
 
किरण कुमार लिम्बु, फुटबल

वर्ष २०७४ मा नेपाली पहिलो रोजार्इका गोलकिपर किरण कुमार लिम्बुले भारत र माल्दिभ्सका विदेशी लिग खेलेका थिए। भारतको चर्चित अाइलिगमा उनी मिनेरवा पञ्जावबाट ८ खेल खेले। ७ खेलमा पहिलो रोजार्इमा परेका किरणको टोली अाइलिग च्याम्पियन बनेको थियो। 
 
त्यसअघि उनले टीसी स्पोर्टस क्लबबाट माल्दिभ्सको धिवेही प्रिमियर लिग खेलेका थिए।  लिगसँगै उनको क्लब एफए कप र प्रेसिडेन्टस् कपको उपविजेता बनेको थियो। नेपाली राष्ट्रिय टिमले २०७४ मा एसियन कप छनोट २०१९ को ५ खेल खेल्दा किरण पाँचै खेलमा पहिलो रोजाईका गोलकिपर थिए।
 
मान बहादुर श्रेष्ठ, भलिबल

नेपाली राष्ट्रिय भलिबल टिमको २०७४ सालमा मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–०, हङकङलाई २–० र मकाउलाई १–० ले पराजित गर्यो। हङकङलार्इ नेपालले ४० वर्षपछि हराएको थियो। यी तिनवटै खेलमा मानबहादुर उत्कृष्ट खेलाडी थिए। 
 
त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्ने मानबहादुरले गतबर्षका खेलेका ६ प्रतियोगितामध्ये पाँचमा टोलीलार्इ उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए। उनी गतवर्ष सम्पन्न एनभीए लिग, ३१औं राष्ट्रिय भलिबल र एनभीए कपमा सर्बोत्कृष्ट खेलाडी चुनिएका थिए।
 
प्रतीमा शेर्पा, गल्फ

प्रतिमा १ नम्बर नेपाली महिला गल्फर हुन्। उनी व्यावसायिक गल्फ ‘सूर्य नेपाल गल्फ टुर’को छनोट खेल्ने पहिलो महिला खेलाडी समेत हुन्। गतवर्ष उनले फाल्डो सिरिज नेपालको उपाधि जितेकी थिइन्। सँगै उनी फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलमा सहभागी समेत भइन्। 
 
उनको प्रदर्शनका कारण उनलार्इ अमेरिकी गल्फर टाइगर उड्सले प्रशंसा–पत्र समेत पठाएको थियो भने गतवर्ष उनी विभिन्न बृत्तचित्र र अन्तर्राष्ट्रिय मिडियामा समेत छाएकी थिइन्। 
 
सन्दीप लामिछाने, क्रिकेट
 
गतवर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) र क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा आबद्ध भएका सन्दीप चर्चामा रहने मध्येका प्रमुख नेपाली खेलाडी हुन्। २०७४ सालमा मात्रै उनले विभिन्न प्रतियोगिताहरुमा कुल ८४ विकेट लिएका थिए। गतवर्ष भएको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा मात्रै उनले २४ विकेट लिदैं म्यान अफ द सीरिजको उपाधि हात पारेका थिए।
 
यसैवर्ष नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन-२ मा १७ विकेट लिदैं उनी प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी बनेका थिए। केन्याविरुद्धको खेलमा २० रनमात्रै खर्चेर ५ विकेट लिएका उनले लिस्ट ए क्रिकेटमा नेपालका तर्फबाट सर्वाधिक राम्रो बलिङको कीर्तिमान बनाएका थिए। 
 
यस्तै, यसै वर्ष जिम्बावेमा सम्पन्न विश्वकप २०१९ छनोटमा उनले १३ विकेट, विश्व क्रिकेट लिगमा ५, एसीसी यू–१९ एसिया कपमा ९, एसीसी यू १९ इस्टर्न रिजनमा १६ विकेट लिएका थिए।
 
स्यान्टु श्रेष्ठ, टेबलटेनिस

२०७४ सालमा स्यान्टु टेबुलटेनिसमा सर्वाधिक सफल खेलाडी रहे।  यसवर्ष भएको ३९औं राष्ट्रिय टेबलटेनिसमा पुरुष सिंगल्स, डबल्स र टिम स्पर्धामा उनले स्वर्ण पदक जितेका थिए। यस्तै ठमेल ओपन च्याम्पियनसिपमा पुरुष सिंगल्स र टिम स्पर्धामा उनी पहिलो भए। यस्तै, यसैवर्ष भएको नवौं पूर्णमान स्मृति खुला टेबलटेनिसमा समेत उनी दोस्रो भएका थिए। 


प्रकाशित २ जेठ २०७५, बुधबार | 2018-05-16 20:50:32
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...