स्पोर्टस अवार्डको मनोनयनमा क्रिकेट हावी, कस्को प्रदर्शन कस्तो?




मनोनयनमा परेका क्रिकेटका खेलाडी तथा प्रशिक्षक
मनोनयनमा परेका क्रिकेटका खेलाडी तथा प्रशिक्षक

पल्सर स्पोर्टस् अवार्डको मनोनयनमा क्रिकेटबाट सर्वाधिक मनोनयन परेको छ। नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गर्ने अवार्डमा क्रिकेटसँग आवद्ध ३ खेलाडी र २ प्रशिक्षक मनोनयनमा परेका हुन्।

NIC ASIA

मञ्चले सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षकको नामावली सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका ४ विधामा वर्षको उत्कृष्ट महिला बाहेक सबै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक मनोनयमा परेका छन्। यसवर्षको अवार्डमा उत्कृष्ट पुरुष खेलाडीमा २, युवा खेलाडीमा २ र प्रशिक्षकमा २ जना मनोनयनमा पर्न सफल भएका छन्।

वर्षको पुरुष खेलाडीमा नेपाललाई एक दिवसिय राष्ट्रको मान्यता दिलाउन सफल कप्तान पारस खड्कासहित युवा प्रभावशाली खेलाडी सन्दीप लामिछाने मनोनयमा पर्न सफल भएका छन्।

सम्बन्धित समाचार: यी ५ खेलाडी, जसले वर्षैभरि चर्चा बटुलिरहे 

यसअघि नै पिपुल्स च्वाईस अवार्डको मनोनयमा परेका सन्दीप अाज दुर्इसँगै तीन वटा विधामा मनोनयमा परेका छन्।

पिपुल च्वाइस अवार्डसँगै उनी वर्षको उत्कृष्ट पुरुष खेलाडी र युवा खेलाडीको मनोनयमा परेका हुन्। युवा खेलाडीकै मनोनयमा क्रिकेटकै दीपेन्द्रसिंह ऐरी पनि परेका छन्।

मनोनयनमा परेकाहरु

मनोनयनमा परेकाहरु

त्यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा तथा यू–१९ टोलीका प्रशिक्षक विनोद दास परेका छन्।

२०७४ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई अवार्डमा सम्मानित गरिन्छ।

पल्सर स्पोर्ट्स अवार्ड २०७४ मा विभिन्न आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित हुनेछन्। मनोनयनका ५ विधामा लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेशल अवार्डको घोषणा जेठ ३ गते अवार्डकै दिन हुनेछ।

अवार्ड आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना हुनेछ। उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउनेछन ।

क्रिकेटबाट मनोनयनमा परेका खेलाडीहरु तथा प्रशिक्षकहरुले वर्ष २०७४ मा नेपाली खेल क्षेत्रमा दिएको योगदान यस्तो छ:

पारस खड्का, क्रिकेट(वर्षको उत्कृष्ट पुरुष खेलाडी)
–नेपाललाई वान डे इन्टरनेसनल मान्यता दिलाउने कप्तान
–वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १ शतक र १ अर्धशतकसहित २४१ रन । सर्बाधिक रन बनाउने खेलाडी
–आइसीसी विश्वकप छनोटमा २३१ रन । अफगानिस्तान र स्कटल्याण्डविरुद्ध अर्धशतक
–घरेलु क्रिकेटमा टिम चौराहा धनगढीलाई धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो संस्करण र विराटनगर वारियर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करणको च्याम्पियन बनाउन महत्वपूर्ण योगदान

सन्दीप लामिछाने, क्रिकेट(वर्षको उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडी)
–नेपाली क्रिकेट टिमका लागि एक बर्षमा सर्बाधिक विकेट लिने खेलाडी । राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा २४ विकेट । कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्बाधिक विकेट लिने कीर्तिमान
–आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्बोत्कृष्ट खेलाडी घोषित
–विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिदै लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमान
–इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर

दीपेन्द्रसिंह ऐरी, क्रिकेट (वर्षका उत्कृष्ट युवा खेलाडी)
–नेपाली टिम एसीसी यू १९ एसिया कपको सेमिफाइनलमा पहिलोपल्ट पुग्दाका कप्तान
–नेपाललाई एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध जित दिलाउन उत्कृष्ट प्रदर्शन । ८८ रन जोड्दै ४ विकेट लिएर म्यान अफ द म्याच । कुनैपनि स्तरमा नेपालले भारतमाथि पहिलो जित हासिल गरेको
–नेपाललाई एसीसी यू १९ इस्टर्न रिजनको उपाधि दिलाउन सफल
–आइसीसी विश्वकप छनोटमा १ अर्धशतकसहित १४३ रन बनाएको
–विश्वकप छनोटमा वान डे इन्टरनेसनल मान्यता पाउन जित्नैपर्ने खेलमा पपुवा न्यु गिनीविरुद्ध ४ विकेट लिनुका साथै अर्र्धशतक बनाएर म्यान अफ द म्याच भएका

जगत टमाटा, क्रिकेट (वर्षका उत्कृष्ट प्रशिक्षक)
–नेपाललाई ऐतिहासिक वान डे इन्टरनेसनल मान्यता दिलाउने प्रशिक्षक
–आईसीसी विश्वकप छनोटमा आठौं स्थान
–विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता
–२०७४ सालका १५ खेलमध्ये ६ खेलमा नेपालको जित

विनोद दास, क्रिकेट (वर्षका उत्कृष्ट प्रशिक्षक)
–नेपाल पहिलोपटक एसीसी यू १९ एसिया कपको सेमिफाइनल पुग्दाका प्रशिक्षक
–कुनैपनि स्तरको प्रतियोगितामा भारतमाथि पहिलो जित निकाल्ने प्रशिक्षक
–नेपाललाई एसीसी यू १९ इस्टर्न रिजनको पहिलो उपाधि दिलाउन सफल
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा नेपाल दोस्रो हुँदाका प्रशिक्षक

मनोनयनमा परेकाहरु

मनोनयनमा परेकाहरु

अवार्डको मनोनयनमा परेका अन्य खेलाडी तथा अफिसियलहरु र वर्ष २०७४ मा तिनको प्रदर्शन

वर्षका उत्कृष्ट पुरुष खेलाडी

दीपेश धामी, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा शोभा गौचनस“गै मिक्स डबल्सको उपाधि विजेता
–योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा शोभा गौचनस“गै मिक्स डबल्समा उपविजेता । मेन्स सिंगल्समा क्वाटरफाइनल पुग्ने एक्लो नेपाली
–असम यू–२१ क्षेत्रीय प्रतियोगितामा सिंगल्समा कांस्य पदक । मेन्स डबल्स र टिम इभेन्टमा रजत पदक
–घरेलु प्रतियोगितामा २ स्वर्ण पदक


इन्द्र बहादुर श्रेष्ठ, जुडो

–थाइल्यान्ड इन्टरनेसनल जुडो च्याम्पियनसिपमा स्वर्ण पदक
–बीकेएसपी जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदकसहित सर्बोत्कृष्ट खेलाडी
–अम्बिका क्षत्री स्मृति जुडो च्याम्पियनसिपमा स्वर्ण पदकसहित सर्बोत्कृष्ट खेलाडी

टंक बहादुर कार्की, गल्फ
–भुटान ओपन गल्फको उपाधि विजेता । व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–नेपाल ओपन एमेच्योर च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–सूर्य नेपाल गल्फ टुरका ३ प्रतियोगितामा विजेता

 

वर्षका उत्कृष्ट महिला खेलाडी 

विमला श्रेष्ठ, बक्सिङ

–इन्डियन ओपन बक्सिङमा ५४ केजीमुनि स्पर्धामा कांस्य पदक ।
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक
–गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक
–एसियाली खेलकुदको छनोटमा पहिलो
–एसियन वुमेन्स बक्सिङ च्याम्पियनसिपमा सहभागि

शोभा गौचन, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीस“गै मिक्स डबल्सको उपाधि विजेता
–योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीस“गै मिक्स डबल्समा उपविजेता
–घरेलु प्रतियोगिता जेष्ट ब्याडमिन्टन प्रतियोगितामा मिक्स डबल्सको विजेता

ज्ञानु अवाले, आर्चरी
–दक्षिण एसियाली आर्चरी च्याम्पियनसिप, बंगलादेशमा तिलक पुन मगरस“गै रिकर्भ मिक्स टिममा कांस्य पदक
–३ पल्ट राष्ट्रिय कीर्तिमान
–लक्ष्मण श्रेष्ठ स्मृति इन्डोर च्याम्पियनसिपमा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा रजत पदक

सावित्रा भण्डारी, फुटबल
–मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा १ गोल
–प्रधान सेनापति कपमा एपीएफलाई च्याम्पियन बनाउ“दा ५ खेलमा २८ गोल । मध्यमाञ्चल विरुद्ध १२, पश्चिमाञ्चल विरुद्ध ८, सुदूरपश्चिम विरुद्ध ५, आर्मी विरुद्ध १, पुलिस विरुद्ध २ गोल
–अन्तर जिल्ला राष्ट्रिय फुटबलमा स्याङ्जाको क्वाटरफाइनल यात्रामा १० गोल
–माल्दिभ्सको फुटसल लिगमा उत्कृष्ट प्रदर्शन

नविता श्रेष्ठ, टेबलटेनिस
–वुमेन्स सिंगल्समा ३ सहित ५ स्वर्ण पदक
–कीर्तिमानी सातौंपल्ट राष्ट्रिय टेबलटेनिस च्याम्पियन
–पूर्णमान बज्राचार्य स्मृति, ठमेल ओपन च्याम्पियनसिप र राखेप च्याम्पियनसिपमा सफलता


वर्षका उत्कृष्ट युवा खेलाडी

 

दिनेश हेम्जन, फुटबल
–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका फरवार्ड । निर्णायक खेलमा भारतमाथि २–० को जित हात पार्दा दुवै गोल गरेको
–त्रिभुवन आर्मी क्लबले घरेलु फुटबलमा ६ उपाधि जित्दा टिमका सदस्य
–कांकडभिट्टा गोल्डकपमा सर्बाधिक ३ गोल
–सिमरा गोल्डकपमा सर्बाधिक ३ गोल । उत्कृष्ट फरवार्ड

मनिता श्रेष्ठ प्रधान, जुडो

–११ औं एसियन जुनियर जुडो च्याम्पियनसिपमा ५७ कुेजीमुनि स्पर्धामा कांस्य पदक ।
–बीकेएसपी कप जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक
–एसियन जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी
–अम्बिका क्षत्री स्मृति च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी

पुनम रावल, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा ६४ केजीमुनि स्पर्धामा कांस्य पदक ।
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक
–गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक
–एसियाली खेलकुदको छनोटमा पहिलो
–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा सहभागि

वर्षका उत्कृष्ट प्रशिक्षक

छिरिङ लोप्साङ गुरुङ, फुटबल

–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका प्रशिक्ष्ँक
–मनाङ मस्र्याङदी क्लबले दुहवी गोल्डकप जित्दाका प्रशिक्ष्ँक
–इटहरी गोल्कडप र मदन भण्डारी स्मृति गोल्डकपको उपविजेता

प्रकाश थापामगर, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा पुनम रावल र विमला श्रेष्ठले कांस्य पदक जित्दाका प्रशिक्षक
–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली टिमका मुख्य प्रशिक्ष्ँक
–एसियन पुरुष बक्सिङ च्याम्पियनसिपमा नेपाली टिमका मुख्य प्रशिक्ष्ँक

जयन्त कुमार श्रेष्ठ, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा १ स्वर्ण, १ रजत र १ कांस्य विजेता नेपाली टिमका मुख्य प्रशिक्षक
–योनेक्स सनराइज नेपाल सिरिजमा १ रजत र १ कांस्य पदक विजेता नेपाली टिमको ३ मध्येका १ प्रशिक्षक


 

 

प्रकाशित ३१ बैशाख २०७५, सोमबार | 2018-05-14 15:21:55
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।