यी ५ खेलाडी, जसले वर्षैभरि चर्चा बटुलिरहे




मनोनयमा परेका खेलाडीहरु सार्वजनिक गरिदै
मनोनयमा परेका खेलाडीहरु सार्वजनिक गरिदै

२०७४ सालमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चा बटुल्न सफल नेपाली खेलाडीहरुलार्इ समेट्दै नेपाल खेलकुद पत्रकार मञ्चले पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरेको छ।

NIC ASIA
पल्सर स्पोर्टस् अवार्ड २०७४ अाउँदो जेठ ३ गते काठमाडौंमा हुदै‌छ। गतवर्ष प्रदर्शन र चर्चाका अाधारमा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा, भलिबलका मानवहादुर श्रेष्ठ र टेवल टेनिसका स्यान्टु श्रेष्ठ पुपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका हुन्। 
 
अवार्डका लागि एसएमएस भोटिङ र फेसबुक लाइकलार्इ ५० प्रतिशत तथा सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी ३५ खेलका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यहरुको ५० प्रतिशत मतभार मानिनेछ। यस अवार्डको विजेताले एक थान बजाज पल्सर बाइक पाउनेछ।
 


अाजैबाट खुला भएको भोटिङमा पिपल्स च्वाइस अवार्डमा भोट गर्न Pulsar स्पेस खेलाडीको भोटिङ कोड टाइप गरी ३७७२२ मा सन्देश पठाउनुपर्नेछ। सन्दीप लामिछानेलार्इ भोट गर्न SL, किरण चेम्जोङको KC, प्रतिमा श्रेष्ठको PS, मानबहादुर श्रेष्ठको MS, र स्यान्टु श्रेष्ठको SS कोड निर्धारण गरिएको छ। भोटिङ जेठ २ गते मध्यराति सम्म गर्न सकिनेछ। 
 
विगतका बर्षहरूमा जस्तै यसबर्षको अवार्डमा पनि बर्षको पिपुल च्वाइस अवार्डसँगै उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा खेलाडी, प्रशिक्षकसहित समग्र रुपमा नेपाली खेलकुदलाई सम्मानित गर्ने मञ्चले जनाएको छ। 
 
अघिल्लो वर्ष झै उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिने तथा अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने मञ्चका अध्यक्ष महेश अाचार्यले जानकारी दिए। 
 
२०७४ सालभरि गरिएको प्रदर्शन र पाएको चर्चाको आधारमा पिपुल्स च्वाइस विधाको लागि खेलाडी छनोट गरिएको खेलाडी छनोट समितीका संयोजक तथा मञ्चका सचिव राजु घिसिङले बताए। विजेता छनोट गर्ने विधिमा समयसापेक्ष परिवर्तन गर्दै एसएमएस र फेसबुक लाइक्सको मतभार ५० प्रतिशत तथा प्रशिक्षकहरू र मञ्चका सबै सदस्य पनि पिपुल्स च्वाइसमा निर्णायक बन्न पाउने व्यवस्था गरिएको उनले बताए। चार फेसबुक लाइक्सको मतभार १ एसएमएस बराबर हुनेछ।
 
यस्तै मञ्चले टीएचटी लाइभ ३७७२२ सँग एसएमएस तथा फेसबुक भोटिङको सहकार्यलार्इ निरन्तरता दिएको छ। मञ्चका अध्यक्ष अाचार्य र टीएचटीका सिनियर म्यानेजर भुपेन्द्र तामाङबीच यसवर्षको अवार्डका लागि पनि बुधबारै सम्झौतापत्रमा हस्ताक्षर भयो। टीएचटी तथा मञ्चको फेसबुक पेजमा गएर अाफूलार्इ मनपर्ने खेलाडीलार्इ भोट गर्न सकिने मञ्चले जनाएको छ। 
 
पिपुल्स च्वाइस अवार्डमा पर्न सफल खेलाडी र उनीहरुको गतवर्षको प्रदर्शन यसप्रकार छ:
 
किरण कुमार लिम्बु, फुटबल

वर्ष २०७४ मा नेपाली पहिलो रोजार्इका गोलकिपर किरण कुमार लिम्बुले भारत र माल्दिभ्सका विदेशी लिग खेलेका थिए। भारतको चर्चित अाइलिगमा उनी मिनेरवा पञ्जावबाट ८ खेल खेले। ७ खेलमा पहिलो रोजार्इमा परेका किरणको टोली अाइलिग च्याम्पियन बनेको थियो। 
 
त्यसअघि उनले टीसी स्पोर्टस क्लबबाट माल्दिभ्सको धिवेही प्रिमियर लिग खेलेका थिए।  लिगसँगै उनको क्लब एफए कप र प्रेसिडेन्टस् कपको उपविजेता बनेको थियो। नेपाली राष्ट्रिय टिमले २०७४ मा एसियन कप छनोट २०१९ को ५ खेल खेल्दा किरण पाँचै खेलमा पहिलो रोजाईका गोलकिपर थिए।
 
मान बहादुर श्रेष्ठ, भलिबल

नेपाली राष्ट्रिय भलिबल टिमको २०७४ सालमा मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–०, हङकङलाई २–० र मकाउलाई १–० ले पराजित गर्यो। हङकङलार्इ नेपालले ४० वर्षपछि हराएको थियो। यी तिनवटै खेलमा मानबहादुर उत्कृष्ट खेलाडी थिए। 
 
त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्ने मानबहादुरले गतबर्षका खेलेका ६ प्रतियोगितामध्ये पाँचमा टोलीलार्इ उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए। उनी गतवर्ष सम्पन्न एनभीए लिग, ३१औं राष्ट्रिय भलिबल र एनभीए कपमा सर्बोत्कृष्ट खेलाडी चुनिएका थिए।
 
प्रतीमा शेर्पा, गल्फ

प्रतिमा १ नम्बर नेपाली महिला गल्फर हुन्। उनी व्यावसायिक गल्फ ‘सूर्य नेपाल गल्फ टुर’को छनोट खेल्ने पहिलो महिला खेलाडी समेत हुन्। गतवर्ष उनले फाल्डो सिरिज नेपालको उपाधि जितेकी थिइन्। सँगै उनी फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलमा सहभागी समेत भइन्। 
 
उनको प्रदर्शनका कारण उनलार्इ अमेरिकी गल्फर टाइगर उड्सले प्रशंसा–पत्र समेत पठाएको थियो भने गतवर्ष उनी विभिन्न बृत्तचित्र र अन्तर्राष्ट्रिय मिडियामा समेत छाएकी थिइन्। 
 
सन्दीप लामिछाने, क्रिकेट
 
गतवर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) र क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा आबद्ध भएका सन्दीप चर्चामा रहने मध्येका प्रमुख नेपाली खेलाडी हुन्। २०७४ सालमा मात्रै उनले विभिन्न प्रतियोगिताहरुमा कुल ८४ विकेट लिएका थिए। गतवर्ष भएको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा मात्रै उनले २४ विकेट लिदैं म्यान अफ द सीरिजको उपाधि हात पारेका थिए।
 
यसैवर्ष नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन-२ मा १७ विकेट लिदैं उनी प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी बनेका थिए। केन्याविरुद्धको खेलमा २० रनमात्रै खर्चेर ५ विकेट लिएका उनले लिस्ट ए क्रिकेटमा नेपालका तर्फबाट सर्वाधिक राम्रो बलिङको कीर्तिमान बनाएका थिए। 
 
यस्तै, यसै वर्ष जिम्बावेमा सम्पन्न विश्वकप २०१९ छनोटमा उनले १३ विकेट, विश्व क्रिकेट लिगमा ५, एसीसी यू–१९ एसिया कपमा ९, एसीसी यू १९ इस्टर्न रिजनमा १६ विकेट लिएका थिए।
 
स्यान्टु श्रेष्ठ, टेबलटेनिस

२०७४ सालमा स्यान्टु टेबुलटेनिसमा सर्वाधिक सफल खेलाडी रहे।  यसवर्ष भएको ३९औं राष्ट्रिय टेबलटेनिसमा पुरुष सिंगल्स, डबल्स र टिम स्पर्धामा उनले स्वर्ण पदक जितेका थिए। यस्तै ठमेल ओपन च्याम्पियनसिपमा पुरुष सिंगल्स र टिम स्पर्धामा उनी पहिलो भए। यस्तै, यसैवर्ष भएको नवौं पूर्णमान स्मृति खुला टेबलटेनिसमा समेत उनी दोस्रो भएका थिए। 
प्रकाशित १२ बैशाख २०७५, बुधबार | 2018-04-25 15:06:03
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।