सुरुकै दुर्इ अोभरमा दुर्इ क्याच छुटेका वाटसनले हिर्काए शतक, गेललार्इ पछि पारे




शेन वाटशन
शेन वाटशन
बीसीसीअार्इ

अष्ट्रेलियाका शेन वाट्सनले जारी इण्डियन प्रिमियर लिग(अाइपीएल)को दोस्रो शतक प्रहार गरेका छन। चेन्नाइ सुपरकिंग्सबाट खेलिरहेका उनले शुक्रबार राति राजस्थान रोयल्सविरुद्ध पुनेमा भएको खेलमा शतक प्रहार गरेका हुन्। यो वाटशनको अाइपीएलमा तेस्रो शतक हो।

NIC ASIA

किंग्स एलेवेन पन्जाबका क्रिश गेलले बिहीबारमात्रै सनरार्इजर्स हैदरावाद विरुद्ध अाइपीएलको पहिलो शतक प्रहार गरेका थिए। गेलले ११ छक्कासहित ५८ बलमा शतक प्रहार गरेका हुन्। 

वाटशनले भने ५१ बलमै शतक पूरा गर्दै गेलभन्दा छिटो शतक पूरा गरे। समग्रमा ५७ बलमा १ सय ६ रनको इनिङ खेलेका ३६ वर्षिया वाटसनले ४ चौका र ६ छक्का प्रहार गरे। उनको विस्फोटक इनिङ खेलेपछि चेन्नाइले ५ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो।

वाटसनको सुरुवातमै २ क्याच छुटेको थियो। राजिस्थानका राहुल तिरपथीले दुर्इपटक वाटसनको क्याच छोडेका थिए। स्ट्रुरिट बिन्नी राजस्थानबाट यससिजनको पहिलो खेल खेलिरहेका थिए। पहिलो अोभर लिएर अाएका उनले पहिलो बल नै 'नो बल' फाले।

फ्री हिटमा चौका प्रहार गर्दै पारीको सुरुवात गरेका वाटशनले दोस्रो बलमा पनि चौका प्रहार गरे। तेस्रो र चौथो बलमा भने बिन्नीले वाटशनलार्इ कुनै रन दिएनन्। तर, पाँचौ बलमा वाटशनको ब्याडको 'एज' लाग्यो। स्लिपमा रहेका तिरपथीले पहिलो क्याट ड्रप गरे। 

लगत्तै दोस्रो अोभरमा पनि तिरपथीले वाटशनको क्याच छोडे। दोस्रो अोभरको अन्तिम बलमा प्वाइन्टमा क्याच समात्न राम्रो इफोर्ट गरेपनि तिरपथीले बल समात्न सकेनन्। पहिलो क्याच छोड्दा वाटशन ९ र दोस्रो क्याच छुट्दा १९ रनमा खेलिरहेका थिए। पछि अठारौं अोभरको दोस्रो बलमा वाटशनले सेञ्चुरी पूरा गर्दै यस सिजनको अहिलेसम्मको छिटो शतकको रेकर्ड बनाए। 

जवाफी ब्याटिङमा राजस्थान रोयल्स १८.३ अोभरमा सवै विकेट गुमाउदै १ सय ४० रनमा सीमित रहेपछि खेल चेन्नार्इले ६४ रनले जितेको छ। जितसँगै चेन्नार्इ अंक तालिकाको शीर्ष स्थानमा छ। ४ खेल खेलेको उसले ३ खेलमा जित र १ हारमा हार बेहोर्दै ४ अंक जोडेको छ। राजस्थान भने पाँचौं स्थानमा छ। 

प्रकाशित ७ बैशाख २०७५, शुक्रबार | 2018-04-20 23:26:52
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • काठमाडौँ आइपुग्नासाथ पशुपतिनाथमा बाजपेयी, साथमा मन्त्री वाग्ले (पछाडि) र रतीन्द्र क्षेत्री (दायाँ-कालो भादगाउँले टोपीमा)

    बाजपेयीले नगरकोट रिट्रिट जान नमानेपछि

    मुसर्रफसँग हात मिलाउनु परेको घटनाका कारण आफ्नो भन्दा मुसर्रफको व्यक्तित्व बढेको र आफूले सम्बोधन गर्दैगर्दा धर्मराएको घटनाले बाजपेयीलाई नर्भस बनायो।...

  • काेशी ब्यारेज

    काेशी ब्यारेजलार्इ काेबाट खतरा: अातंककारी समूह कि स्वयं भारत?

    सन् २०१६ को जुलाई महिनामा एउटा खबर भारतीय मिडियामा आयो। त्यसको सारांश थियो, ‘कोशी ब्यारेज बमले उडाउने अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसको धम्की।’

  • नेपालमा पहिलो पटक म्याच फिक्सिङ सम्बन्धी कानुन, यस्तो हुनेछ सजाय

    नेपालमा पहिलोपटक म्याच फिक्सिङ(खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

  • नख्खु कारागार

    थुनामुक्त भएकाे डेढ वर्षसम्म पनि कारागारमै गौबहादुर

    उनी हरेक दिन आफूलाई लिन आउने परिवारका सदस्यको बाटो रुघेर बस्छन्। ब्लकका अन्य कैदीबन्दीलाई उनी ‘आजै आफू घर जाने’ भनेर सुनाउँछन्। तर, उनलाई लिन कोही...