‘क्रिकेटको भविष्य उज्यालो भो’




क्यान साधारणसभाको उद्घाटन समारोह
क्यान साधारणसभाको उद्घाटन समारोह

उद्घोषकको भुमिकामा रहेका नेपाल क्रिकेट संघ(क्यान)का महासचिव अशोकनाथ प्याकुर्यालको अनुरोधमा बिहीबारबाट सुरु भएको विशेष साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बल्दै गर्दा मञ्चबाट एउटा आवाज आयो, ‘अब क्रिकेटको भविष्य उज्यालो भयो।’ सो आवाजमा मन्त्री मुस्कुराए, उपस्थित सबैले ताली बजाए।

विशेष साधारण सभाले क्यानका सम्पूर्ण समस्याहरुको निकास दिदैं नेपाली क्रिकेट निलम्बन फुकुवा हुने आशा चौतफी बढेको छ। सरोकारवाला पक्षहरु अन्तराष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) तथा उसले गठन गरेको सल्लाहकार समितीले बनाएको विधान अनुमोदन गर्न राजी भएपछि नेपाली क्रिकेटले निकास पाउने देखिएको हो।

‘नेपाली क्रिकेटको आकाशमा देखिएको अध्यारो चिर्दै सुन्दर र उज्यालो भविष्य कोर्ने जिम्मेवारी तपाईहरु सामु आएको छ,’ उद्घाटन समारोहमा विधान संशोधन गरि क्यानलाई निकास दिन आग्रह गर्दै मन्त्री सुनारले साधारण सभाका प्रतिनिधिहरुलार्इ भने, ‘सवैजना आग्रह पूर्वाग्रहबाट मुक्त भई विवेकपूर्ण निर्णय गरी अघि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

‘क्रिकेटको विगत अप्ठारो परिस्थितीमा गुज्रियो,’ आइसीसीले क्यानलाई निलम्बन गरे यताको कुरालाई स्मरण गर्दै उनले भने, ‘अब सल्लाहकार समितीले बनाएको विधान अनुमोदन गर्दै निष्पक्ष मनिटरिङ कमिटी बनाई क्यानको समस्यालाई निकास दिन यो उत्तम विकल्प हो। सवैले क्यानलार्इ निकास दिइ नेपाललार्इ टेस्ट खेल्ने मार्गमा अघि बढाउनु हुने विश्वासमा छु।’

मन्त्री सुनारले भनेझै विगत दुई वर्ष अभिभावक विहिन भएको नेपाली क्रिकेट अप्ठायो स्थितीमा गुज्रियो। सरकारी हस्तक्षेप तथा क्यानभित्रको गन्जागोलले २०७३ बैशाखमा क्यानलाई आइसीसीले निलम्बन गरेको थियो। त्यसयता अभिभावक विहिन भएको नेपाली घरेलु संरचना ध्वस्त भए। खेलाडीहरु पलायन भए। भौतिक संरचना निर्माणमा कसैको ध्यान पुगेन्। नेपाली क्रिकेट अध्यारो तर्फ धकेलियो।

विवाद भने २०७२ साल कार्तिकमा तत्कालीन क्यानले गर्न लागेको साधारण सभा प्रक्रिया नपुगेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रोक्का गरेबाट सुरु भएको थियो। सोही स्थितीमा मंसिरमा तत्कालीन महासचिव प्याकुरेल समूहले घोषणा गरेको साधारणसभामा आपत्ति जनाउँदै अध्यक्ष टंक आङबुहाङले राखेपलाई साधारण सभा रोक्न पत्राचार गर्यो। राखेपले पनि आफ्नो स्वीकृतिबिना क्यानले साधारणसभा हुन नसक्ने भन्दै सोही वर्षको मंसीरको मध्यराति भएको चतुरबहादुर चन्द नेतृत्वको क्यानलाई मान्यता दिएन्।

राखेपले सोही वर्ष पुस तेस्रो साता रमेश सिलवालको अध्यक्षमा तदर्थ समिति गठन गर्दै समानान्तर क्यान खडा गर्यो। त्यसबिरुद्ध निर्वाचित क्यानले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। जुन हालसम्म पनि विचराधिन छ। सोही मौकामा क्यानका पदाधिकारीहरुको गतिविधीबाट आक्रान्त बनेको आइसीसीले राखेपले नयाँ समानान्तर क्यान खडा गरेको स्थितीमा सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचन नभएको भन्दै निलम्बन गर्यो।

क्यान निलम्बन गरेपनि आइसीसीले नेपाली टोलीलाई भने खेल्न रोकेन्। समस्या समाधानका लागि २०७३ भदौमा आइसिसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनसहितको टोलीले नयाँ विधान बनाउने जिम्मेवारीसहित ६ सदस्यीय सल्लाहकार समिति गठन गर्यो। उक्त सल्लाहकार समितिमा सुरुमा नबसेका निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल पछि समावेश भए।

उक्त सल्लाहकार समितिले एकवर्ष समय लगाएर बनाएको विधानलाई साधारण सभाबाट पारित गरे नेपालको निलम्बन फुकुवा गर्ने यसअघि आइसीसीले अश्वासन दिएको थियो। तर, २०७४ भदौमा भएको क्यानको विशेष साधारण सभाले सल्लाहकार समितीले सिफारिस गरेको विधान संशोधन सहित पारित गर्यो।

विधान संशोधन गर्ने अधिकार साधारण सभालाई भएको जिकिर गर्दै निर्वाचित क्यानले त्यसबेला प्रस्तावित विधानमा निर्वाचित क्यानका १७ जना सदस्यले निर्वाचन साधारणसभामा स्वतः भाग लिन पाउने तथा राष्ट्रिय खेलकुद परिषद्का ७ जना पदाधिकारीहरु बिना मताधिकार साधारणसभामा रहन पाउनु पर्ने व्यवस्था थप्यो।

त्यसलाई सल्लाहकार समिती र आइसीसीले मानेनन् र नेपाललाई अन्तिम मौका दिने भन्दै गत माघमा आइसीसीका कार्यवहाक अध्यक्ष इमरान ख्वाजासहितको टोली काठमाडौं आयो। उक्त टोलीसँगको छलफल पश्चात नेपाली क्रिकेटको निकासका लागि हदै सम्मको लचिलो बन्ने भन्दै निर्वाचित क्यानले यसअघि सल्लाहकार समितीले बनाएको विधानलाई साधारण सभाबाट अनुमोदन गर्ने भनेपछि बिहीबारबाट उक्त म्यान्डेडसहित राजधानीमा साधारण सभा सुरु भएको हो।

यस साधारण सभाले सल्लाहकार समितीले पारित गरेको विधान अनुमोदन गरे आगामी जुलाईमा हुने आइसीसीको वार्षिक साधारण सभामा क्यान निलम्बन फुकुवाको प्रस्ताव अघि बढाइने आइसीसीले प्रतिबद्धता जनाएको छ।
यहीबीच नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाउँदै ऐतिहासिक उपलब्धि हासिल गरेपछि जसरी पनि नेपाली क्रिकेटको निलम्बन मुक्त गराउनुपर्नेमा क्यानका पदाधिकारीहरुले जोड दिएका छन्।

‘नेपाली क्रिकेटलाई खेलाडीहरुले उचाई दिएका छन्,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘अब क्रिकेटलाई निकास दिन हामी आतुर छौं। यसै साधारणसभाले क्रिकेटलाई निकास दिनेमा म विश्वस्त छु र सवै जिल्लाका प्रतिनिधिहरुलाई पनि असहमतीलाई थाती राख्दै सकरात्मक निष्कर्षमा पुग्न अपील गर्दछु।’

क्यानका वरिष्ठ उपाध्यक्ष विनोद मैनालीले पनि यस साधारण सभाबाट मनैबाट परिवर्तनको अपेक्षा राखेको बताए। ‘यसअघि(भदौ)को साधारण सभामा मलाई बोल्न समेत दिइएको थिएन्,’ क्यान भित्र फरक पक्षको भनेर चिनिने मैनालीले भने, ‘यसपटक भने सुरुमै(स्वागत मन्तव्य) मलाई बोल्न अवसर दिइयो। यसले पदाधिकारीहरु सवै पक्षको विचार सुनेर समस्या समाधानमा अघि बढेको शुभसंकेत देखाएको छ।’

यस साधारण सभामा जसरी पनि सल्लाहकार समितीले बनाएको विधान अनुमोदन गर्नुपर्नेमा उनले जोड दिए। ‘विगतमा गल्ती सवैबाट भएका छन्,’ उनले भने, ‘दुबई(आइसीसी)बाट काठमाडौंमा अधिकार आएपछि को कति दोषी छन् समिक्षा गरौला तत्काल भने हामीले जसरी पनि क्रिकेटलाई निकास दिन जरुरी छ।’

विहीबार दिउँसोबाट साधारण सभाको बन्दशत्र सुरु भएको छ। बन्दशत्रमा ३७ जिल्लाका प्रतिनिधि तथा पदाधिकारीहरुबीच विधानका बुदाँहरुमा छलफल हुनेछ।

प्रकाशित ६ बैशाख २०७५, बिहिबार | 2018-04-19 16:25:53



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • बामदेव गौतम

    बामदेव गौतमसँग अन्तर्वार्ताः ओली वाम विमानको मास्टर पाइलट, प्रचण्ड पाइलट, हामी को-पाइलट

    केपीसँग त मेरो ‘दोस्ताना’ हो, त्यस्तो ‘दोस्ताना’ माधबसँग कहिलेपनि भएन। सँगै रक्सी खानेदेखि लिएर रुनेसम्म हामीले गर्‍यौं। मलाई कार्वाहीको माग...

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालन, दैनिक कार्य प्रगतिको इमेल मन्त्रीलाई (भिडियाे)

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घन्टा सञ्चालनमा आएको छ।

  • बजेटको आन्तरिक स्रोत बलियो बनाउने सरकारको नीति

    सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आन्तरिक उत्पादनमा बलियो बनाउने योजना घोषणा गरेको छ।

  • प्रेरणा र उनका बुबा पुरुषाेत्तम

    आँशु झार्दै बुबाको प्रश्नः के मेरी छोरीले 'सेलेक्सन' खेल्न पाउने अधिकार छैन्? (भिडियो)

    ‘प्रेरणा कोइराला बनाउन हामीले चारवर्ष निरन्तर मेहनत गरेका छौ। पानी, वर्षा केही भनेनाैं, हामी रातदिन लागि रा’छौं, तर संघ (नेपाल लन टेनिस संघ) जसले...