क्यानले बल्ल लेख्यो आइसीसीलाई पत्र, साधारण सभा कहिले?




क्यान र अाइसीसीको लोगो
क्यान र अाइसीसीको लोगो
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टोली काठमाडाैंबाट फर्केको दुई महिनापछि क्यानले साधारण सभा बोलाउने प्रक्रिया सुरू गरेकाे छ। आइसीसी पदाधिकारीलाइ पत्र पठाउँदै निलम्बित हैसियतकाे क्यानले साधारण सभाका लागि समय माग गरेकाे हाे।
 
क्यानका उपाध्यक्ष दिवाकर घलेले भने, ‘हामीले गत साता आइसीसीकालाई उनीहरुलाई काठमाडौं आउने मिल्ने अनुमानित मिति र समय बुझ्नका लागि पत्र लेखेका छौं। उताबाट पदाधिकारीहरुको कुन समय मिल्छ जानकारीसहितको पत्र आएपछि साधारण सभा कहिले बस्ने टुंङ्गो लाग्नेछ।’

साधारण सभा तयारीका लागि क्यान पदाधिकारीले आइतबार केन्द्रीय कार्यसमितीको बैठक बोलाएका थिए। उक्त बैठकले साधारण सभा सम्पन्न गर्नका लागि कार्यसम्पादन समिति गठन गर्ने निर्णय भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालखबरलाइ बताए। ‘पाँचदेखि सात सदस्यीय रहने गरी हामीले कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘उक्त समितिले साधारण सभाको सूचना सार्वजनिक गर्नुका साथै मिति तय गर्नेछ।’

नेपालले अन्तरार्ष्ट्रिय एक दिवसीय मान्यता पाएकाे हप्ता नबित्दै निलम्बित क्यान पदाधिकारीले साधारण सभा गर्न अाइसीसी पदाधिकारीकाे सहयाेग खाेजेका हुन्। 

आइसीसीले क्यानलाई मार्च २० अर्थात भोलीसम्म साधारण सभा डाक्न भनी अह्राएको समाचार विभिन्न अनलाइनहरुमा सार्वजनिक भएका थिए। चन्दले ती सूचना सत्य नभएकाे दाबी गरे। ‘आइसीसीले मार्च २० मै साधारण सभा गर्नुपर्छ भनेर कही भनेको छैन्, त्यो प्रस्तावित मिति मात्रै थियो। आइसीसीको बोर्ड बैठक जुनमा नभई जुलाईमा हुने भएकाले साधारण सभा अझै एक दुई महिना ढिलो गरे पनि फरक पर्दैन्’, उनले भने।

आइसीसीको पछिल्लो नेपाल भम्रणका क्रममा आफूहरु पहिलाका अडानबाट पछि हटेर निलम्बन फुकुवाका लागि मर्गप्रशस्त गरिदिएकाे उनले दाबी गरे।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब केशवकुमार विष्ट आइसीसीसँग भएको सहमतिअनुसार तत्काल साधारण सभा बोलाइ क्यानले विधान पारित गर्नुपर्ने बताउँछन्। ‘पूर्व सहमति सरोकारवाला पक्षले इमान्दारिताका साथ पालना गर्नुपर्छ,’ उनले भने, ‘यदि त्यसो नभए हामी कठोर कदम चाल्न बाध्य हुनेछौं।’

अाइसीसीले मान्यता दिनेगरी क्यान साधारणा सभा हुन नसक्दा क्यान प्रतिबन्ध फुकुवाकाे प्रक्रिया ढिला भइरहेकाे छ। पछिल्लाे समय नेपाली क्रिकेटले एेतिहासिक सफलता हात पार्दै एक दिवसीय मान्यता पाउँदा क्यान प्रतिबन्ध फुकुवाकाे दवाब बढेकाे छ।
 
 
गत माघ दोस्रो साता काठमाडौं आएको आइसीसीका कार्यवहाक अध्यक्ष इमरान ख्वाजासहितको टोलीले सल्लाहकार समिति, क्यानका पदाधिकारी लगायतसँग छलफल गरेको थियो। उक्त छलफलमा क्यानका पदाधिकारीहरु सल्लाहकार समितिले बनाएको विधानलाई साधारण सभाबाट पारित गर्न सहमत भएका थिए।

छलफल पश्चात फर्केको आइसीसीको टोलीले विज्ञप्ति जारी गर्दै क्यानका पदाधिकारीहरु यथाशिघ्र साधारणसभा बोलाइ सल्लाहकार समितिले बनाएको विधान पारित गर्न सहमत भएको र उक्त विधान पारित भए आगामी जुनमा हुने आइसीसी बोर्ड बैठकबाट क्यानको निलम्बन फुकुवा प्रस्ताव अघि बढाउने उल्लेख गरेका थिए।

२०७२ साल कार्तिकमा तत्कालीन क्यानले गर्न लागेको साधारण सभा प्रक्रिया नपुगेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रोक्का गरेको थियो। मंसिरमा तत्कालीन महासचिव प्याकुरेल समूहले घोषणा गरेको साधारणसभामा आपत्ति जनाउँदै अध्यक्ष टंक आङबुहाङले राखेपलाई साधारण सभा रोक्न माग गर्दै निवेदन दिएका थिए। सोही महिनाको अन्तिम साता राखेपको स्वीकृतिबिना क्यानले साधारणसभा सम्पन्न गर्यो। जसको अध्यक्षमा चतुरबहादुर चन्द र महासचिवमा अशोकनाथ प्याकुरेल चयन भएका थिए।

आफ्नो सहमति बिनै क्यानले साधारणसभा गरेपछि त्यसलाई नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले मान्यता दिन अस्वीकार गरेकाे थियाे। साेही वर्ष पुस तेस्रो साता रमेश सिलवालको अध्यक्षमा तदर्थ समिति गठन गर्दै समानान्तर क्यान खडा भएकाे थियाे। त्यसबिरुद्ध निर्वाचित क्यानले सर्वोच्च अदालतमा रिट दायर गरेकाेमा हालसम्म पनि फैसला भएको छैन।

सम्बन्धित समाचार: क्यान निलम्बन फुकुवाको अन्तिम कसरत

सोही क्रममा सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचन नभएको कारण देखाउँदै २०७३ बैशाख १३ गते आइसिसीले क्यानलाई निलम्बन गरेको थियो। समस्यालाई निकास दिन २०७३ भदौमा आइसिसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनसहितको टोलीले नयाँ विधान बनाउने जिम्मेवारीसहित ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको थियो। उक्त सल्लाहकार समितिमा सुरुमा नबसेका निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल पछि मात्रै समावेश भएका थिए।

उक्त सल्लाहकार समितिले एकवर्ष समय लगाएर बनाएको विधानलाई साधारणसभाबाट पारित गराउने चन्द र प्याकुरेलले पनि सहमति जनाएका थिए। त्यसमा आइसिसीको पनि सहमति भएकाले साधारण सभाबाट उक्त विधान जस्ताको तस्तै पारित भए क्यानको निलम्वन फुकुवा हुने विश्वास गरिएको थियो।

तर, गत भदौ ६ गते बोलाइएको क्यानको विशेष साधारण सभाले उक्त विधान संशोधनसहित पारित गर्यो। संशोधित विधान राखेप हुँदै आइसिसीमा पुगेपछि आफूहरुबीच भएको सहमति विपरित विधानमा परिवर्तन गरिएको आइसीसीले मानेन् र गत माघमा आएको ख्वाजासहितको टोलीले पुनः सल्लाकार समितीले बनाएको विधान पारित गर्न सवैजना सहमत भएका थिए। उक्त विधान पारित गर्न क्यानले यथाशिघ्र चाडो साधारण सभा बोलाउनु आवश्यक छ।

प्रकाशित ५ चैत २०७४, सोमबार | 2018-03-19 16:30:26



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • बामदेव गौतम

    बामदेव गौतमसँग अन्तर्वार्ताः ओली वाम विमानको मास्टर पाइलट, प्रचण्ड पाइलट, हामी को-पाइलट

    केपीसँग त मेरो ‘दोस्ताना’ हो, त्यस्तो ‘दोस्ताना’ माधबसँग कहिलेपनि भएन। सँगै रक्सी खानेदेखि लिएर रुनेसम्म हामीले गर्‍यौं। मलाई कार्वाहीको माग...

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालन, दैनिक कार्य प्रगतिको इमेल मन्त्रीलाई (भिडियाे)

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घन्टा सञ्चालनमा आएको छ।

  • बजेटको आन्तरिक स्रोत बलियो बनाउने सरकारको नीति

    सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आन्तरिक उत्पादनमा बलियो बनाउने योजना घोषणा गरेको छ।

  • प्रेरणा र उनका बुबा पुरुषाेत्तम

    आँशु झार्दै बुबाको प्रश्नः के मेरी छोरीले 'सेलेक्सन' खेल्न पाउने अधिकार छैन्? (भिडियो)

    ‘प्रेरणा कोइराला बनाउन हामीले चारवर्ष निरन्तर मेहनत गरेका छौ। पानी, वर्षा केही भनेनाैं, हामी रातदिन लागि रा’छौं, तर संघ (नेपाल लन टेनिस संघ) जसले...