विश्वकप छनोटमा नेपालको पहिलो जित, अब एकदिवसीय मान्यता यसरी पाउनेछ


Infocus



नेपाली टोली
नेपाली टोली

विश्वकप छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । हङकङले दिएको १ सय ५४ रनको लक्ष्य नेपालले ५६ बल बाँकी छँदै ५ विकेट गुमाएर भेटाएको थियो ।

नेपालका लागि रोहितकुमार पौडेलले ४८ तथा सोमपाल कामीले ३७ रनको नटआउट इनिङ खेल्दै नेपाललाई जिताएका थिए । यस्तै, अनिल साहले २६ तथा आरिफ सेख र ज्ञानेन्द्र मल्लले १२–१२ रन जोडे ।

नेपालले अब एकदिवसीय मान्यताका लागि प्लेअफ खेल्नुपर्ने भएको छ । समूह बीको चौथो स्थानमा रहेको रहेको नेपालले प्लेअफमा समूह एको अन्तिम टोली पपुवा न्यूगिनीसँग खेल्नेछ। सो खेल जितेमा नेपालले सातौं स्थानका लागि खेल्नेछ।

समूह ए को चौथो टोली नेदरल्याण्ड र समूह बीको पाँचौ टोली हङकङको विजेताले नेपालसँग सातौं स्थानका लागि खेल्नेछ। र उक्त खेलको विजेताले एकदिवसीय मान्यता पाउनेछ।

त्यसअघि टसजितेर पहिले ब्याटिङ गरेको हङकङले ४८.२ अोभरमा सवै विकेट गुमाएर १ सय ५३ रन बनाएको हो। हङकङका निजाकत खानले ४७, इहसान खानले २५, बाबर हायतले २० रन बनाए। 

नेपालका सन्दीप लामिछानेले तीन, बसन्त रेग्मी र करण केसीले समान २ विकेट लिएका थिए। करण केसीले नवाै‌ नम्बरका इहसान खान र दशौं नम्बरका ब्याट्सम्यान एहेसान नवाजको विकेट लिएका थिए।

त्यसअघि सन्दीप लामिछानेले अजिज खानलार्इ एलबिडब्लुको सिकार बनाउँदै नेपाललार्इ अाठौं सफलता दिलाए थियो।

त्यसअघि बसन्त रेग्मीले अनवर अजमललार्इ १० रनमा अाउट पार्दै सातौ‌ सफलता दिलाएका थिए।

ललितनारायण राजबंशीले नेपाललार्इ छैटौं सफलता दिलाएका थिए। उनले निजाकत खानलार्इ ४७ रनमा अाउट पारेका हुन्।

सन्दीपले १३अौ‌ अोभरको चौथो बलमा सन्दीपले हङकङका अंशुमन राथलार्इ १ रनमै विकेटकिपर अनिल साहबाट स्टपिङ गराएका थिए। यस्तै, १५ अोभरको तेस्रोबलमा उनले साहित वासिफलार्इ एलबिडब्लुको धरापमा पार्दै नेपाललार्इ चौथो सफलता दिलाएका हुन्।

त्यसअघि सोमपाल कामीले नेपाललार्इ दोस्रो सफलता दिलाएका थिए। उनले हङकङका कप्तान बाबर हायातलार्इ कट एण्ड बोल्ड पारेका छन्।बाबर २० रनमा अाउट भएका थिए।

बसन्त रेग्मीले नेपाललार्इ पहिलो विकेट दिलाएका थिए। उनले ९ रनमा खेलिरहेका क्रिस्टोफर कार्टरलार्इ बोल्ड पारेका हुन्। 



प्रकाशित २८ फागुन २०७४, सोमबार | 2018-03-12 20:21:27
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेकाे एयर एशियाकाे जहाज

    २१ करोड नतिराई एयर एशिया भगाउने को हो?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो।

  • प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो

    मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

    मोदीले गढ गुमाउँदाको क्षति कति ठूलो?

    सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)लाई ऐतिहासिक बहुमत दिलाउन राजस्थान, छत्तिसगढ र मध्यप्रदेशको भूमिका महत्वपूर्ण थियो।

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।