त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

अाइपीएलमा राम्राे गर्न नामिबियाकाे प्रदर्शन प्रेरक


Infocus


सन्दीप लामिछाने
सन्दीप लामिछाने
प्रविन कोइराला

पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।

NIC ASIA

माघ १४ गते इण्डियन प्रिमियर लिग(आइपीएल) टोली दिल्ली डेयरडेभिल्सले सन्दीपलाई टोलीसँग अनुबन्ध गर्यो। फागुन २ गते विश्व क्रिकेट लिग डिभिजन दुईको राउण्ड रोबिनको अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै नेपाल विश्वकप छनोट खेल्न योग्य भयो।

आइपीएल खेल्ने भएसँगै चर्चामा रहेका सन्दीपको डिभिजन दुईमा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन रह्यो। प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका सन्दीप ‘म्यान अफ द सीरिज’ पनि चुनिएका थिए।

क्यानडाविरुद्ध नवौँ विकेट झरीसकेको अवस्थामा अन्तिम विकेटका लागि करण केसी र सन्दीपले ५१ रनको साझेदारी गर्दै अन्तिम बलमा नेपाललाई जित दिलाएका थिए। सो जित प्रतियोगितामा सम्पूर्ण नेपाली क्रिकेट समर्थनका लागि अविष्मरणीय रह्यो।

सहकर्मी करण केसीले अन्तिम बलमा विजयी रन हिर्काउँदा सन्दीपको दिमागमा के चलिरहेको थियो त? शनिबार राति स्वदेश फर्केपछि उक्त क्षण स्मरण गर्दै सन्दीपले भने, ‘म लगायत सम्पूर्ण नेपाली समर्थकहरुका लागि त्यो प्रतियोगिताकै ‘वेष्ट’ अनि अविश्ववसनीय क्षण थियो।

करण दाईले नेपाललाई जसरी पनि जिताउँनैपर्छ भनेर एउटा इख लिएर खेल्नुभएको थियो। उहाँले त्यो इखलाई प्रदर्शनमा बदल्नुभयो। जितपछि एकदम खुशी पनि लग्यो। साँच्चै भन्नुपर्दा त्यतिवेला मेरा आखाँहरु आँसुले भरिएका थिए।’

निर्णायक खेल सनसनीपूर्ण प्रदर्शनसँगै विश्वकप छनोटमा पुगेसँगै त्यसले टोलीका सदस्यलाई मात्रै नभएर सम्पूर्ण नेपालीलाई हर्षविभोर बनाएको थियो। टोलीको ड्रेसिङ रुममा सेलिब्रेसन थियो भने नेपालमा ठाउँ ठाँउमा विजय जुलुस निस्केको थियो

सन्दीपले नेपाली जितको क्रेडिट समर्थकलाई पनि दिए। आफ्नो प्रदर्शनलाई मुल्यांकन गर्दै उनले भने, ‘नेपालको सफलतामा आफूले पनि योगदान दिन पाउँदा खुशी त लाग्छ नै। यसको उत्तिकै हकदार नेपाली क्रिकेटलाई माया गर्ने समर्थकहरु पनि हुनुहुन्छ। उहाँहरुको मायाले अझै राम्रो खेल्न प्रेरणा दिन्छ।’

भाग्यमानी ठान्छन् सन्दीप : भिडियाे

आइपीएल अक्सनमा दिल्लीले खरिद गर्दा सन्दीप भने डिभिजन दुईका लागि यूएईमा नेपाली टोलीसँग अभ्यासमा व्यस्त थिए। टोली व्यवस्थापक रमन सिवाकोटीले पहिलोपटक सन्दीप अक्सनमा खरिद भएको खबर सुनाएका थिए। खबर पाएपछि सम्पूर्ण सहकर्मी, प्रशिक्षण तथा अफिसियलले उनलाई बधाई दिए।

‘अक्सनमा दिल्लीसँग अनुबन्ध भएको खबरले निकै खुशी दिलायो,’ शनिबार नेपाल उत्रेपछि तीनहप्ता अघिको दिल्लीसँग अनुबन्ध भएको क्षण स्मरण गर्दै उनले भने, ‘आइपीएल जस्तो प्लेटफर्ममा राम्रो अवसर पाएको जस्तो लाग्यो। पाएको अवसरलाई सदूपयोग गर्दै राम्रो गर्ने प्रयास गर्नेछु।’

डिभिजन दुईमा सन्दीपको एकपछि अर्को राम्रो प्रदर्शनलाई दिल्लीले पनि उत्तिकै चासोका साथ हेरिरहेको थियो। सन्दीपको प्रदर्शन लगत्तै एकपछि अर्को टुविट गर्दै सन्दीपका बारेमा दिल्लीले लेखिरह्यो।

अक्सनपछि दिल्लीका अफिसियलले सन्दीपसँग के कुरा गरे त? सन्दीप भन्छन्, ‘उहाँहरुले डिभिजन दुईमा मेरो खेलहरु चासोका साथ हेर्नुभएको रहेछ। खेलबाहेकका समयमा कुराकानी हुँदा दिल्लीका प्रमुख कार्यकारी अधिकृत तथा बलिङ कोचले पनि स्यावास भनेका थिए। आगामी दिनमा पनि यस्तै प्रदर्शनलाई निरन्तरता दिन सुझाएका छन्।’

डिभिजन दुईमा १७ विकेट लिएका सन्दीपले दुई खेलमा म्यान अफ द म्याच प्रदर्शन पनि गरेका थिए। प्रतियोगितामा जम्मा ५४.२ ओभरमा फालेका उनले १ सय ७६ रन मात्रै खर्चे। जसमा उनको इकोनोमी ३.२३को मात्रै थियो। केन्याविरुद्ध ५ विकेट लिदाँ उनले लिस्ट ए मान्यता प्राप्त खेलमा नेपाली बलरहरुमध्येकै सर्वाधिक सफल बलिङ स्पेल गरेका थिए। १० ओभरमा उनले ५ ओभर मेडन राख्दै २० रन मात्रै खर्चेर ५ विकेट लिएका हुन्।

प्रतियोगिताको यस प्रदर्शनबाट हौसिएका सन्दीप यसले आइपीएलमा खेल्न थप आत्मविश्वास थपेको बताउँछन्। ‘तत्काल त मेरो ध्यान विश्वकप छनोटमा केन्द्रीत छ,’ उनले भने, ‘नामिबियाको प्रदर्शनलाई जिम्बावे हुँदै मौका पाए आइपीएलमा पनि निरन्तरता दिने प्रयास गर्नेछु।’

फ्रेब्रुअरी २४ मा नेपाली टोली जिम्बावे प्रस्थान गर्नेछ। सन्दीपको भने जिम्बावे भ्रमण पश्चात दिल्ली प्रस्थान गर्नेछन्।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा सन्दीपको प्रदर्शन
नेपाल भर्सेस नामिबिया , फ्रेब्रुअरी ८–२०१८
८.२ ओभर, २ मेडन, १८ रन, ४ विकेट

नेपाल भर्सेस ओमान, फ्रेब्रुअरी ९–२०१८
१० ओभर, ० मेडन, २९ रन, २ विकेट

नेपाल भर्सेस यूएई, फ्रेब्रुअरी ११–२०१८
७ ओभर, १ मेडन, ३० रन, ३ विकेट

नेपाल भर्सेस केन्या, फ्रेब्रुअरी १२–२०१८
१० ओभर, ५ मेडन, २० रन, ५ विकेट

नेपाल भर्सेस क्यानडा, फ्रेब्रुअरी १४–२०१८
९ ओभर, १ मेडन, ४० रन, २ विकेट

नेपाल भर्सेस यूएई, फ्रेब्रुअरी १५–२०१८
१० ओभर, ० मेडन, ३९ रन, १ विकेट

प्रकाशित ७ फागुन २०७४, सोमबार | 2018-02-19 07:19:52
Max TV
Max TV
Zen Travels

author photo

यज्ञराज जोशी नेपालखबर वरिष्ठ संवाददाता हुन्

@yagyasuman


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...