प्रधानमन्त्री कप महिला क्रिकेट फागुन ९ देखि धनगढीमा





प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतेदेखि १४ गतेसम्म धनगढीमा हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले कैलाली जिल्ला खेलकुद विकास समिती प्रतियोगिता आयोजनाको जिम्मा दिएको हो। प्रतियोगिता धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र विभागीय टोली एपीएफ गरि ६ टोलीको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख हात पार्नेछन्। जुन नेपाली महिला क्रिकेटको सर्वाधिक पुरस्कार राशी पनि हो।

यस्तै प्रतियोगिताको वुमेन अफ द सिरीजले १० हजार तथा चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजार नगद दिइने आयोजक कैलाली जिल्ला खेलकुद विकास समितीले जनाएको छ।

प्रतियोगिता आयोजनाका लागि ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरिएको समितीका उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताए।

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 18:12:58


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • युवराज खतिवडा

    अर्थ मन्त्रालयमा जाने पछिको कुरा होः युवराज खतिवडा

    राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनेनित भएका अर्थविद डा युवराज खतिवडाले अर्थमन्त्री हुनेबारे छलफल भैनसकेको बताएका छन्।

  • बालुवाटारमा ७ बुँदे सहमतीमा हस्ताक्षर गर्दै एमाले–माओवादीका नेताहरू

    एमाले-माओवादीले गरे एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर...

  • क्रिकेट खेल्न जाने हो, मोटा मान्छेदेखि डराउनु पर्दैन : ओली (भिडियो)

    नामिबियामा सम्पन्न डिभिजन टूको उपविजेता बन्दै वल्र्डकप क्वालिफायरमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँसहित...

  • ललितपुर एसएसपीलाई स्पष्टिकरण, इन्स्पेक्टर प्रहरीकै नजरबन्दमा

    महानगरीय प्रहरी परिसर ललितपुरले ‘लेनदेन’ को विषयलाई अपहरण तथा शरीर बन्धकको घटना बनाएर मुद्दा मिलाएको खुलासा भएको छ। परिसरले अपहरण तथा शरीर बन्धक...