अन्तिम बलमा केन्यामाथि नेपालको राेमाञ्चक जित


Infocus



...
...

आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत भर्खरै सकिएको खेलमा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ।

NIC ASIA

१ सय ७८ रनको लक्ष्य पाएको नेपालले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य भेटायो। नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४७ रन जोडे। यस्तै आरिफ सेख र पारस खड्काले समान ४२ रन जोडे। 

त्यसअघि म्यान अफ द म्याच युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि केन्याले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ७७ रन जोडेको थियो।

राम्रो सुरुवात गरेको केन्यालाई सन्दीप लामिछाने बलिङमा आएसँगै रोकेका थिए। पहिलो विकेटका लागि केन्यासले ६५ रनको साझेदारी गरेको थियो। 

१७औं ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले एलेक्स ओवान्डा(४१)लाई आउट पार्दै सुरुवाती साझेदारी तोडेका थिए।

व्यक्तिगत दोस्रो ओभरमा सन्दीपले दोस्रो विकेट लिए। सन्दीपले १९औं ओभरको चौथो बलमा धिरेन गेन्डारिया(४)लाई दीपेन्द्र ऐरीको हातबाट क्याच गराएका थिए।

यस्तै ३४औं ओभरमा लगातार उनले दुई विकेट लिएका थिए। सन्दीपले ३४औं ओभरको पहिलो बलमा कप्तान राकेप पटेललाई १ रनमा आउट पारेका हुन् भने अर्को बलमा निपुन पटेललाई शुन्य रनमै एलबिडब्लुको धरापमा पारेका थिए। तेस्रो बलमा ओडिएम्बोले कुनै रन नलिएपछि उनले ह्याट्रिक भने लिन पाएनन्।

सन्दीपले टिमका लागि ४५औं तथा व्यक्तिगत अन्तिम १०औं ओभरमा पाँचौ विकेट लिएका थिए। एनएन ओडिम्बालाई ७ रनमा विकेट किपर ज्ञानेन्द्र मल्लको हातबाट उनले क्याच गराएका थिए।

१० ओभरको स्पेलमा सन्दीपले ५ ओभर मेडन राख्दै २० रनमात्रै खर्चे। यस्तै नेपालका लागि सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले समान १–१ विकेट लिए।

केन्याका इर्फान करिमले सर्वाधिक ४२ रन जोडे। यस्तै कोलिन्स ओबायोले २७, नेल्सन ओडियाम्बोले २४ तथा पुछारका ब्याट्सम्यान सेम नाग्चोले नटआउट २३ रन जोडे।

प्रकाशित २९ माघ २०७४, सोमबार | 2018-02-12 20:39:32
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।