बास्केटबलको महिला र पुरुष दुवै उपाधि मध्यमाञ्चललाई




राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय बास्केटबलको पुरुष उपाधि विजेता मध्यमाञ्चल टोली
राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय बास्केटबलको पुरुष उपाधि विजेता मध्यमाञ्चल टोली

मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ। मध्यमाञ्चल पुरुष र महिला दुवैमा च्याम्पियन बन्यो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा मध्यमाञ्चलले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई ८०–७७ को साँघुरो अन्तरले पराजित ग¥यो। विजेताका विपिन महर्जनले १८ अंक जोडे। नेपाल प्रहरी क्लबले एपीएफ क्लबलाई ८८–७४ ले हराउदै तेश्रो भयो। प्रहरीका सन्देश तामाङले २२ स्कोर गरे।
 
महिलाको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ६३–४४ ले पाखा लगाउदै उपाधि रक्षा ग¥यो। विजेताकी अनुषा मल्लले २२ अंक जोडिन्। आर्मीले तेश्रो स्थानमा चित्त बुझायो। आर्मीले पश्चिमाञ्चललाई ४१–२७ ले पन्छायो। आर्मीकी लक्ष्मी चौधरीले १६ स्कोर गरिन्।
 
विजेतालाई सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। चारदिने प्रतियोगिताको पुरुषमा ८ र महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 21:02:52


नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नेपाली वाणिज्य दूतावास ल्हासाले केरुङमा अायाेजना गरेकाे बैठकका सहभागी

    चीनले माग्यो नेपालबाट निर्यात हुने कृषि उत्पादनको सूची

    नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची चिनियाँ कृषि मन्त्रालयलाई उपलब्ध गराइदिन चीनले आग्रह गरेको छ।

  • प्राध्यापक पराग पाठक

    एमआईटी प्राध्यापक पाठक नोबेल पुरस्कारका दाबेदार

    ब्लुम्बर्गको डाटा विश्लेषणअनुसार यो अवार्ड पाउने तीन मध्ये एक जनाले अर्थशास्त्रको नोबेल पुरस्कार जित्ने गरेका छन्।

  • डेपुटी गभर्नर श्रेष्ठ

    अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

    डेपुटी गभर्नर श्रेष्ठमाथि नेपाल बंगलादेश बैंक र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप छ।