फुटबलमा भिएआर क्रान्ति, नेपालमा कहिले?




काराबाओ कप अन्तर्गत बुुधबार भएको सेमिफाइनलको पहिलो लेगमा आर्सनलसँग चेल्सी बराबरीमा रोकियो। कारण थियो, इङलिस फुटबलमा भर्खरै भित्रिएको भिडियो एसिसेन्ट रेफ्री(भिएआर) प्रविधि।

NIC ASIA

चेल्सीले दुई चोटी गरेको पेनाल्टीको अपिल रेफ्री मार्टिन एटकिन्सनले भिएआर टोलीसँगको सल्लाहमा खारेज गरिदिएका थिए। पहिलो हाफमा भिक्टोर मोसिस, एन्सले मिटल्याण्ड–नाइल्ससँग उल्झदा तथा दोस्रो हाफको ८८ औं मिनेटमा पेनाल्टी एरियामा सेक फेब्रिगासले डेनी वालबेक्सलाई चुनौती दिँदा चेल्सीले पेनाल्टी अपिल गरेको थियो।

रेफ्रीको भरमा मात्रै दुबै ‘ट्याकल’ हरु सोझै निर्णय दिँदा चेल्सीले पेनाल्टी पाउने सम्भावना ज्यादै थियो तर भिएआर प्रविधिको सहयोगमा रेफ्रीले कुनै जोखिम नउठाइ दुबै टोलीका प्रशिक्षकहरु तथा समर्थकहरुलाई सन्तुष्ट पारे।

 

इंङलिस क्लबहरुबीच यस प्रविधिको प्रयोग गरिएको यो दोस्रो पटक थियो। यसअघि दुई दिन अघि मात्रै भएको विंघटम र क्रिस्टल प्यालेसबीचको खेलमा पहिलोपल्ट परिक्षणका रुपमा यसको प्रयोग गरिएको थियो।

भिएआर प्रविधिको प्रयोगबाट बराबरीमा रोकिनुपरेपछि चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टे भने भिएआर प्रविधिबारे सकरात्मक देखिए। उनले भने, ‘जब खेलमा के निर्णय लिने भन्ने ठूलो दोधार हुन्छ तब रेफ्री तथा अन्य सहायक रेफ्रीहरुले भिडियो परिक्षण गर्दै सहि निर्णय दिनु उपर्युक्त हो।’

उनले थपे, ‘खेलमा कम भन्दा कम गल्ती होस् भन्ने सबैको चाहना हुन्छ, त्यसका लागि भिएआर उपर्युक्त भएको मैले ठानेको छु।’

भिएआर प्रविधिले आफू अनुकुल नतिजा नआउँदा केहीबेर प्रशिक्षक, खेलाडी तथा समर्थकलाई ‘फस्ट्रेशन’, ‘कन्फुजन’ र ‘टेन्सन’ पनि उत्पन्न हुन्छ। आर्सनलका प्रशिक्षक आर्सने विंन्गर भन्छन्, ‘भिएआर प्रविधि चाखलाग्दो छ तर यसले केही लामो समय खेलालाई लामो पा¥यो भनेर चिन्ता उत्पन्न पनि गरेको छ। भिएआर प्रविधिले सही निर्णय दिएकोमा म खुशी छु।’

युभेन्ट्सका प्रशिक्षक मर्सिमिलानोले पनि यो प्रविधिको आलोचना गर्दै यसले फुटबललाई बेसबलमा परिणत गराईदिएको बताएका छन्।

भिएआर प्रबिधिको प्रयोग कस्तो अवस्थामा हुन्छ?
यसहप्तामा इङलिस फुटबलका केही प्रतिस्पर्धात्मक खेलमा यस प्रबिधिको प्रयोग गरिएपछि चेल्सी र आर्सनलका म्यानेजरसँगै समर्थक र खेलाडीहरुले पनि यस प्रविधिप्रति सकरात्मक प्रतिक्रिया दिएका छन्।

खास गरि भिएआर प्रबिधिको प्रयोग मुख्यतयाः चार प्रकारका खेल परिवर्तन गरिदिने अवस्थामा गरिन्छ। गोल भए नभएको छुटाउन, पेनाल्टी हो कि हैन भनि जाँच्न, सिधा रातो कार्ड सम्बन्धमा तथा यदि रेफ्रीलाई कुनै निर्णय गलत भए झै लागेमा भिएआर प्रबिधिको प्रयोग गर्न नसकिने प्राबधान तोकिएको छ।

गत डिसेम्बरमा वेष्टब्रुमलाई ८९औं मिनेटमा विवादास्पद पेनाल्टी दिएका रेफ्री मिकी डिनले खेल १–१ को बराबरीमा टुंग्गिएको एक हप्तापछि आफ्नो निर्णय गलत भएको स्वीकारेका थिए।

आर्सनलका क्यालुम च्याम्बरले बल हातले छोएको भन्दै पेनाल्टी दिएका डिनले भिएआरमा हेरेपछि आफ्नो गल्ती स्वीकारेका थिए। उक्त खेलमा रेफ्रीको पेनाल्टी दिने गलत निर्णय विरुद्ध उभिएका आर्सनलका प्रशिक्षक विंन्गरलाई ४० हजार पाउण्ड जरिवाना तथा टचलाइन एरियामा जान प्रतिबन्ध लगाइएको थियो।

पुनः त्यस्ता गल्ती नदोहोरिउन भन्ने अभिप्रायले सोमबार भएको ब्रिघटन र क्रिस्टल प्यालेसबीचको खेलमा पहिलोपल्ट भिएआरको प्रयोग गरिएको थियो। त्यसपश्चात भने बुधबार आर्सनल र चेल्सीबीचको खेलमा यो प्रविधिको प्रयोग गरिएको हो।

कहाँ कहिले प्रयोग गरियो?
फुटबलको नियम लागु गर्ने अन्तराष्ट्रिय संस्था अन्तराष्ट्रिय फुटबल एसोसियसन बोर्डले २०१६ को जुनमा यस प्रविधिलाई फुटबलमा प्रयोग गर्न सकिने अनुमति दिएको थियो।

प्रत्यक्ष खेलमा पहिलोपल्ट यस प्रबिधिको प्रयोग भने अगष्ट २०१६ मा अमेरिकाको युनाइटेड सकर लिगमा गरिएको हो। म्याच रेफ्री इस्माइल इल्फथले त्यसबेला रातो कार्ड र पहेलो कार्डको मुद्यामा दुईवटा फउललाई रिभ्यु गराएका थिए।

त्यही महिना फ्रान्स र इटालीबीचको भएको पहिलो अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलका क्रममा यो प्रविधि प्रयोगमा ल्याइयो। २०१६ को फिफा क्लब विश्वकपमा पनि ‘पीचसाइड मोनिटर’ का नाममा रेफ्रीलाई मैदानबाट फुटेज रिभ्यु गर्न पाउने व्यवस्था मिलाइएको थियो।

व्यवसायिक क्लबहरुबीचको प्रतिस्पर्धामा भने अगष्ट २०१७ मा अस्ट्रेलियाको ‘ए’ लिगमा पहिलोपल्ट मेलबर्न सिटी र एडिलेड युनाइटेडका बीचको खेलमा यो प्रविधिको प्रयोग गरिएको थियो। उक्त खेलमा भने भिएआर प्रविधिको आवश्यकता नै परेन्।

यही जनवरी ८ मा पहिलोपल्ट परिक्षणका रुपमा इंग्ल्याण्ड एफए कप(काराबाओ) मा पहिलोपल्ट व्रिघंटन र क्रिस्टर प्यालेसबीच यो प्रबिधि प्रयोग गरिएको छ भने सोही दिन फ्रान्स लिगकपमा पनि यसको प्रयोग गरिएको थियो।

यसै महिना इटालीले भिएआर प्रबिधि सम्बन्धि तालिम दिने उदेश्यले विश्वकै पहिलो ट्रेनिङ सेन्टरको पनि स्थापना गरिसकेको छ।

नेपालमा कहिले?
व्यवसायिक फुटबल र प्रविधिको प्रयोगमा निकै पछि रहेको नेपाली फुटबलमा यो प्रविधि भित्रन अझै लामो समय कुर्नुपर्ने देखिन्छ। सीमित स्रोत साधन र जनशक्तिबाट सञ्चालित अखिल नेपाल फुटबल संघ(एन्फा)ले हालसम्म भिएआर प्रविधिका बारेमा कुनैपनि किसिमको छलफल गरेको छैन्।

‘यो प्रविधि विश्व फुटबलमा भर्खरै मात्र भित्रिएको हो’ एन्फा प्रवक्ता संञ्जिव मिश्र भन्छन्, ‘एसियाली ठूला देशहरुले पनि प्रयोगमा ल्याउन नसकेकाले नेपालमा भित्र्याउन अझै निकै समय कुनुपर्ने देखिन्छ।’

भिएआर प्रबिधि महँगो र प्रबिधियुक्त पनि छ। यसको प्रयोग गर्न कम्तिमा १२ देखि १५ क्यामराहरु विभिन्न एंगलमा जडान भएको हुनुपर्छ भने एउटा गोलमा कम्तिमा चार एंगलबाट क्यामराको प्रयोग भएको हुनुपर्ने प्रावधान छ।

प्रविधि अनुसारको स्टेडियम, आर्थिक अभाव तथा प्राबिधिक जनशक्ति पनि कम भएकाले नेपालमा तत्काल यो संम्भव नभएको मिश्र बताउँछन।

एजेन्सीको सहयोगमा

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 16:08:05
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...