देसाइको विकल्प खोज्दै नेपाल




मोन्टी देसाइ
मोन्टी देसाइ

नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार देखि अर्को महिना नामिबियामा हुने डिभिजन टू को तयारीमा जुटिसकेको छ।

नेपालका लागि एकदिवसीय विश्वकप छनोट खेल्ने अन्तिम विकल्प रहेको डिभिजन टू को तयारीका लागि ब्याटिङ कन्सल्टेन्टका रुपमा यसअघि नेपालले भारतीय प्रशिक्षक मोन्टी देसाइलाई ल्याउने प्रस्ताव अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सामु राखेको थियो।

यसअघि पनि नेपाली टोलीसँग रहँदै ब्याटिङ कन्सल्टेन्टको भूमिका निर्वाह गरेका देसाई यसपटक भने नेपाली टोलीसँग हुने सम्भावना अनिश्चित बनेको छ।

यो पनि पढ्नुहोस:- डिभिजन टू को तयारी सुरु, शीर्ष २ भित्र अटाउनेमा कप्तान र प्रशिक्षक ढुक्क

 ‘देसाईले लामो समयका लागि नेपाली टोलीसँग जोडिन चाहेका थिए’ प्रशिक्षक जगत टमटाले भने, ‘तर, राष्ट्रिय खेलकुद परिषदले ६ महिना सम्मका लागि भनेको थियो। त्यसैले उहाँ आउने अनिश्चित भएको हो।’

डिभिजन टुको तयारीका लागि तत्काल ब्याटिङ कन्सल्टेन्ट आवश्यकता रहेकाले नेपालले देसाइको विकल्प खोज्न थालेको छ।

‘हामीसँग तीन जना भारतीय प्रशिक्षकहरुले व्यक्तिगत विवरणहरु पठाउनु भएको छ’ प्रशिक्षक टमटाले भने, ‘टोलीसँगको छलफलपछि को उपर्युक्त हुन्छ, उसको नाम आइसिसीमा सिफारिस गर्नेछौ।’

मुम्बईका सोलेन्के कुलकर्णे, हैदराबादका अभिजित तथा एक अन्य भारतीय प्रशिक्षकसँग कुरा भएको उनले बताए।

प्रकाशित २६ पुस २०७४, बुधबार | 2018-01-10 16:36:23



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रहरी हेडक्वार्टर

    हेडक्वार्टरबाटै हरायो प्रहरीको एउटा महत्वपूर्ण विभाग

    संघीय प्रहरी ऐन निर्माणका बिषयमा सघन छलफल भइरहेका बेला प्राविधिक समूहलाई समन्वय र चेन अफ कमाण्डमा राख्न छुट्टै निकायको खाँचो देखिएपछि सो विभाग...

  • नेपाली क्रिकेटको विवाद अन्त्य, निलम्बन फुकुवाको बाटो खुल्यो

    अन्तर्राष्ट्रिय क्रिकेट संघ परिषद्(आइसीसी)ले गठन गरेको सल्लाहकार समितीले बनाएको विधान नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार राजधानीमा भएको विशेष...

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...