डिभिजन टू को तयारी सुरु, शीर्ष २ भित्र अटाउनेमा कप्तान र प्रशिक्षक ढुक्क



नेपालका लागि एकदिवसीय विश्वकप छनोट खेल्ने अन्तिम विकल्पका रुपमा रहेको डिभिजन टू को तयारी नेपालले मंगलबारबाट सुरु गरेको छ। डिभिजन टू फेब्रअरी ८ देखि नामिबियामा सुरु सुरु हुँदैछ।

डिभिजन टू को शीर्ष २ मा रहने टोलीले यहीवर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन्। ६ टिम सहभागी डिभिजन टू को शीर्ष २ मा अटाउन नेपालले तयारी थालेको हो।

डिभिजन टूमा डिभिजन थ्रीबाट उक्लिएका दुई टोली क्यानडा र ओमान तथा विश्व क्रिकेट लिग च्याम्पियनसिपको पुछारका चार टोली नेपाल, केन्या, यूएई र नामिबिया छन्।

२०१५ मा नामिबियामा नै भएको डिभिजन दुईको शीर्ष चारमा अटाएको नेपाली टोलीले च्याम्पियनसिपमा स्थान बनाएको थियो। च्याम्पियसिपका शीर्ष चार टोलीले विश्वकप छनोट खेल्ने प्रावधान रहेपनि नेपाल ८ टोली समावेश प्रतियोगितामा ७ औं मा रहँदै डिभिजन टू खेल्न आइपुगेको हो।

‘दुई दिन अगाडी मात्रै विश्व क्रिकेट परिषद्(आइसिसी)ले अनुमति पठाए पश्चात हामीले तयारी थालेका हौ’ टोलीका प्रशिक्षक जगत टमटाले भने, ‘यसअघि प्रारम्भिक चरणमा घोषणा भएका २१ जना खेलाडीहरुको क्षमता विकासमा हामी अभ्यासरत छौ।’

नेपाली टोलीले १५ दिन घरेलु मैदानमा अभ्यास गर्ने भएको छ। शनिबार देखि अभ्यास खेलहरु खेल्ने तथा त्यस पश्चात थप अभ्यास खेलका लागि विदेश जाने नेपाली टोलीको योजना छ।

‘वैदेशिक अभ्यास प्रशिक्षणका दक्षिण अफ्रिका तथा दुबईका लागि हामीले आइसिसीलाई पत्राचार गरिसकेका छौ’ टमटाले भने, ‘आइसिसीको अनुमति दिए जनवरी २६ तारिखमा कम्तिमा २ अभ्यास खेलका लागि हामी विदेश जानेछौ।’

यु–१९ तथा घरेलु प्रतियोगितामा राम्रो लय पक्रेका खेलाडीहरु टोलीमा भएकोले टोली ब्यालेन्स रहेको उनले बताए। नेपाली क्रिकेट तथा खेलाडीहरुको करिअरसँग प्रतियोगिता जोडिएको बताउँदै टमटाले सम्पुर्ण खेलाडीहरुले आफूले पाएको जिम्मेवारी कुशलता पुर्वक निभाउने विश्वास व्यक्त गरे।

नामिबियाको कण्डिसनमा फास्टबलरलाई सहयोग पुग्ने भएकाले अन्तिम टोलीको घोषणा गर्दा उनीहरु प्राथमिकतामा पर्ने प्रशिक्षक टमटाले बताए।

‘अब एस्कुज गर्ने ठाउँ छैन’
बुधबार टीयू क्रिकेट मैदानमा अभ्यासरत नेपाली टोलीका कप्तान पारस खड्काले डिभिजन टू महत्वपुर्ण भएकाले तत्काल आफूहरुले क्षमता विकासमा ध्यान दिएको बताए।

नामिबियाको कण्डिसन फास्ट बलर अनुकुल भएकाले हाम्रा ब्याट्सम्यानलाई कसरी बढी भन्दा बढी फास्ट बलरहरुसँग खेलाउने भन्ने कुरामा ध्यान दिएको पारसले बताए।

‘डिभिजन टू मा एक हप्तामै सबै(५ खेल) हुन्छन्’ पारसले भने, ‘राम्रो क्रिकेट खेल्ने हो भने सबै टिमले एकअर्कालाई हराउन सक्छौ।’

विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पुग्न नसकेपनि राम्रो अनुभव बटुलेको बताउँदै उनले अब भने ‘एस्कुज’ दिने ठाँउ नभएको र खेलाडीहरुले राम्रो प्रदर्शन गर्नुपर्नेमा जोड दिए।

‘नेपाल क्रिकेटको आगामी दिनका लागि पनि हामीले राम्रो गर्नुपर्छ’ पारसले भने, ‘त्यो दबाव खेलाडीमा छ, अब खेलाडीले त्यो दबावलाई कसरी प्रदर्शनमा कन्भर्ट गर्ने हो त्यो सोच्नुपर्छ।’

बन्दप्रशिक्षणमा रहेका खेलाडीहरु:-

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ती गौचन, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, दीलिप नाथ, सुनिल धमला, दीपेश श्रेष्ठ, ललित भण्डारी, सुसन भारी, सिद्दान्त लोहनी, अनिल कुमार शाह, रोहित पौडेल, किशोर महतो, ललित नारायण राजवंशी, रसिद खान

 

 

प्रकाशित २६ पुस २०७४, बुधबार | 2018-01-10 16:07:41


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश प्रमुखको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवा

    देउवा सहभागी प्रदेश प्रमुखको शपथमा ओली र प्रचण्ड किन गएनन्?

    जतिबेला राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम सकियो, ठ्याक्कै त्यही समय बालकोटमा ओली–प्रचण्डबीचको तीन घण्टा लामो वार्तापनि सकियो।

  • नेपालगञ्जस्थित सोल्टी होटलमा शाह

    एक्लै काठमाडौं फर्के पूर्वराजा ज्ञानेन्द्र शाह

    मध्यपश्चिम र सुदुर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो।

  • मुख्यमन्त्री र सभामुख साटासाट गर्न एमालेलाई माओवादी प्रस्ताव

    राष्ट्रिय सभाको सिट संख्या बाँडफाँट टुङ्ग्याएपछि एमाले माओवादी केन्द्रले प्रदेश प्रमुख चयनको गृहकार्य सुरु गरेका छन्। मुख्यमन्त्रीलाई प्रमुख पद...

  • राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुखलाई सपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त भएका साट वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई शपथ गराएकी छिन्।