दीपेन्द्र ऐरी घाइते, अनिल साहलाई मौका

को हुन् अनिल?



अनिलकुमार साह
अनिलकुमार साह

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियन्सिप अन्तर्गत युएई विरुद्धको दोस्रो खेलमा पनि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नखेल्ने भएका छन्।

नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीका अनुसार दीपेन्द्र मंगलबार भएको अभ्यास शत्रमा घाइते भएपछि खेल्न नसक्ने स्थितीमा पुगेका हुन्। यसअघि बुधबार भएको युएई विरुद्धको पहिलो खेलमा पनि दीपेन्द्रले खेलेका थिएनन्।

उनको स्थानमा टोलीमा अनिलकुमार साहले मौका पाएका छन्। अनिललाई अमेरिका र केन्या विरुद्धको अभ्यास खेलको लागि कुशल भुर्तेलसँगै टोलीमा बैकल्पिक खेलाडीका रुपमा लगिएको थियो।

नेपाल र युएईबीच सातौं चरणको दोस्रो खेल शुक्रबार आबुधावीको शेख जायेद रंगशालामा हुँदैछ। खेल नेपाली समयअनुसार सवा ११ बजेदेखि सुरु हुनेछ।

को हुन् अनिल?

यूएर्इ विरुद्ध पहिलो चरणमा २८ जना खेलाडीको नाम घोषणा गरिदा लगत्तै हुन लागेको यू–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडीका लागि स्थान रिक्त राखियो। जुन युवा खेलाडीका लागि सिनियर टोलीसँग खेल्ने तथा म्याच एक्सोजर पाउने राम्रो अवसर थियो।

यू–१९ एसिया कपमा पहिलोपटक सेमिफाइनल सम्मको ऐतिहासिक यात्रा तय गरि फर्किएका तीन जना युवा खेलाडीले उक्त अवसरको सदूपयोग गर्दैै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए।

यू–१९ एसियाकपबाट अलराउण्डरद्धय अनिलकुमार साह र रोहित पौडेल तथा विकेटकिपर ब्याट्सम्यान मोहम्मद आसिफ सेखले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ जना भित्र स्थान बनाएका थिए।

दास्रो चरणको बन्द प्रशिक्षण सुचि सार्वजनिक हुँदा त्यसमा यु–१९ एसिया कपबाट स्थान बनाएका अलराउण्डर अनिकुमार साहमात्रै अटाए। यू–१९ एसिया कपमा ४ खेल खेलेको ४ इनिङमा १ सय १ रन २ विकेटले पनि उनलाई दोस्रो चरणमा पुर्याउन मदत गर्यो।

मंगलबार युएई विरुद्ध खेल्ने नेपाली टोलीको अन्तिम नामावाली घोषणा गरिँदा उनी बैकल्पिक ४ मा परे। बैकल्पिक सुचिमा रहेपनि अनिलले घरमै बस्नुपर्ने छैन्। प्रतियोगिता अघि खेल्ने डिसेम्बर १ र ३ तारिखमा अमेरिका र केन्यासँग हुने अभ्यास खेलसँगै युएईसँगको टोलीमा लागि उनी पनि टोलीसँगै यात्रा गरेका थिए। 

कलैयाका अनिलले अध्ययनका क्रममा हेटौडा हुँदा करिब पाँच वर्षअघि क्रिकेट खेल्न थालेका हुन्। जिल्लास्तरीय यु–१६, यु–१९ हुँदै अनिलले सिनियर क्षेत्रीय छनोट प्रतियोगिता पनि खेलेका अनिलले एभरेष्ट प्रिमियर लिग (इपीएल) को पहिलो संस्करण उनले कान्तिपुर गोर्खाजको प्रतिनिधित्व गरेका थिए।

गत डिसेम्बरमा श्रीलंकामा भएको युथ एसिया कपबाट अनिलले उमेर समूहको क्रिकेटमा नेपालका लागि डेब्यु गरेका थिए। त्यसयता उनले यु–१९ विश्वकप छनोट, एसियाकप पुर्वी क्षेत्र छनोट र एसिया कपमा नेपालबाट प्रतिनिधित्व गरिसकेका छन्।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 18:12:58

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...