नेपाललाई सात विकेटले पराजित गर्दै यूएईले लियो तीन वर्ष अघिको बदला



विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको पहिलो खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको छ। योसँगै २०१४ मा मलेसियामा सम्पन्न एसीसी प्रिमियर लिगमा नेपालबाट पाएको हारको बदला यूएईले लिएको छ। त्यसयता नेपाल र यूएई बुधबार पहिलो चोटी आमनेसामने भएका हुन्।

२ सय २२ रनको लक्ष्य पछ्याएको यूएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो। यूएईको जितमा नटआउट घुलम सब्बरले सर्बाधिक ८१ रनको पारी खेले।

त्यस्तै, यूएईका ओपनर रोहन मुस्ताफले ६२, रमिज सहजादले ३७ रन जोडे। नेपालको सन्दीप लामिछाने र शरद भेषावकरले समान १–१ विकेट लिए।

यो पनिः जम्न नसकेको ओपनिङ जोडी, सात चरणमा सातै पटक परिवर्तन (लिस्टसहित)

त्यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले अर्धशतकिय पारी खेलेपछि नेपालले निर्धारित ५० ओभरमा नेपालले ६ विकेट गुमाएर २ सय २१ रन बनाएको हो।

ओपनर दीलिप नाथ १४.५ ओभरमा सेहजाद राजाको बलमा १६ रनमा बोल्ड हुनुअघि नेपालको ओपनिङ साझेदारी ४३ रनको भएको थियो।

दोस्रो विकेटका लागि क्रिजमा आएका शरद भेषावकरसँग ज्ञानेन्द्रले ४१ रनको साझेदारी गर्दा अर्धशतक प्रहार गरेका थिए। ज्ञानेन्द्रले ८३ बलमा ६ चौकाको मदतले ५४ रन जोडे।

कप्तान पारस खड्काले शरदसँग ३८ रनको साझेदारी गरे। सो क्रममा २० रन बनाएका पारस जोहर खानको बलमा अहमद सेहजादको हातबाट क्याच आउट भए।

चौथो विकेटका रुपमा क्रिजमा आएका आरिफ सेख ७ बल खेल्दा रन आउट हुन पुगे भने विनोद भण्डारी ४ रनमा कटआउट बोल्ड भए।

छैटौँ विकेटका लागि सोमपालले शरदसँग ४७ रनको साझेदारी गरे। सोमपालले २० रनमा मोहम्मद नविदको बलमा क्याच आउट हुनुअघि शरदले आफ्नो अर्धशतक प्रहार गरेका थिए।

सातौं विकेटका लागि बसन्त रेग्मीसँग ३४ रनको साझेदारी गरेका शरद ८१ रनमा नटआउट रहे भने बसन्त रेग्मी १४ रनमा नटआउट रहे।


 

 

प्रकाशित २० मंसिर २०७४, बुधबार | 2017-12-06 19:00:14

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...