जम्न नसकेको ओपनिङ जोडी, सात चरणमा सातै पटक परिवर्तन (लिस्टसहित)




दीलिप नाथ र ज्ञानेन्द्र मल्ल
दीलिप नाथ र ज्ञानेन्द्र मल्ल
NIC ASIA

विश्व क्रिकेट लिग(डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौँ तथा अन्तिम चरणको खेलमा बुधबार (आज) नेपाललले यूएईको सामना गर्यो। यूएई विरुद्धको पहिलो खेलमा नेपालले नयाँ ओपनिङ जोडीलाई मैदानमा उतार्यो।  

ज्ञानेन्द्र मल्लको ओपनिङ साझेदारीका रुपमा यसपटक नेपालले विकेटकिपर ब्याट्सम्यान दीलिप नाथलाई क्रिजमा पठायो। १६ रनमा बोल्ड हुनुअघि उनले ज्ञानेन्द्रसँग ४३ रनको ओपनिङ साझेदारी गरे। 

होम एण्ड अवेका आधारमा भइरहको डब्लुसिएलमा सातौँ चरणको खेल खेल्दा नेपालले सातै पटक ओपनिङ जोडी परिवर्तन गरेको छ। नामिबिया विरुद्धको तेस्रो चरणको खेल यता एकातर्फको जिम्मेवारी ज्ञानेन्द्र मल्लले निभाइरहे पनि अर्कातर्फ उनको जोडी खोज्न नेपालले विभिन्न विकल्पहरुको प्रयोग गर्दै आएको छ।

टोलीमा ओपनिङ जोडीको साझेदारी कुनैपनि खेलमा महत्वपुर्ण हुने गर्छ। ओपनिङ जोडीले राम्रो सुरुवात दिन सके बाँकी खेलाडीहरुमा मनोवैज्ञानिक कम दबाव पर्छ। यदि ओपनिङ जोडीले राम्रो सुरुवात दिन नसके त्यसको दवाब अन्य खेलाडीमा पर्छ।

डब्लुसिएलमा नेपालले हालसम्म खेलेका १२ खेलमध्ये स्कटल्याण्ड विरुद्धको पहिलो खेलमा सर्बाधिक ४४ रनको ओपनिङ साझेदारी भएको थियो। अनिल मण्डलले शतक प्रहार गरेको खेलमा महेश क्षेत्रीले ओपनर जोडीका रुपमा उनलाई साथ दिएका थिए।

त्यसयताको सर्बाधिक ओपनिङ साझेदारी बुधबार युएईसँग खेल्दै ज्ञानेन्द्र र दीलिपले बनाए। 

च्याम्पियनसिप यात्राको सुरुवात २ वर्षअघि नेपालले स्कटल्याण्ड विरुद्ध उसैको घरेलु मैदानमा खेलेर गरेको थियो। पराजित दुबै खेलमा महेश र अनिलले नेपालको ओपनिङ सम्हालेका थिए। 

पहिलो खेलमा ४४ रनको साझेदारी गरेका उनीहरुले दोस्रो खेलमा ८ रनमात्रै जोड्न सके।

दोस्रो चरण अन्तर्गत पपुवा न्यूगिनी विरुद्ध खेलेका दुबै खेलमा पुनः नेपालले पराजय भोग्यो। यसपटक भने ओपनिङमा महेशको ठाँउमा सुवास खकुरेललाई स्थान दिइएको थियो।

तर, दुर्भाग्य के भने दुबै खेलमा सुवास र अनिलको जोडीले १ रनको मात्रै साझेदारी गर्न सके।

फलस्वरुप तेस्रोचरणमा घरेलु मैदानमा नामिबिया विरुद्धको दुवै खेलमा नेपालले फेरी ओपनिङ जोडी परिवर्तन गर्यो। यसपटक नेपालले अोपनिङमा दुईवटै नयाँ खेलाडीलार्इ प्रयोग गर्यो। 

त्रिवि मैदानमा नामिबियासँगको दुबै खेलमा जित हात पार्दा उपकप्तान ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐरले नेपालको पारी सुरुवात गरेका थिए। पहिलो खेलमा ४२ रनको साझेदारी गरेको यस जोडीले दोस्रो खेलमा भने २४ रनको मात्रै जोड्न सक्यो। 

नेपालले चौथो चरणको खेलमा नेदरल्याण्डको सामना गर्दा नरेशको ठाँउमा पुनः अनिल मण्डललाई ओपनिङको जिम्मेवारी दिइयो। ज्ञानेन्द्रसँग मिलेर पहिलो खेलमा उनले २३ र दोस्रो खेलमा २२ रनको साझेदारी गरेका थिए। 

पाँचौ चरणका खेलहरु कीर्तिपुर मैदानमा केन्या विरुद्ध हुँदा ज्ञानेन्द्रलाई सुनिल धमलाले साथ दिएका थिए। तर, दुबै खेलमा उनीहरुको साझेदारी पनि चल्न सकेन्। ज्ञानेन्द्र र सुनिलको साझेदारी पहिलो खेलमा २१ र दोस्रो खेलमा ४ रनमा सीमित रह्यो।

हङकङ विरुद्धको खेल छैटौँ चरणमा नेपालले ‘गर या मर’को स्थितीमा खेल्यो। ८ टोली सम्मेलित च्याम्पियनसिपमा शीर्ष चार स्थानमा रहने टोलीले विश्वकप छनोट खेल्ने प्राबधान थियो।

तर, पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा खराब मौसमका कारण अंक बाड्न बाध्य भएपछि शीर्ष चारमा रहने सम्भावना सकिनुका साथै डिभिजन टु मा घटुवा भयो।

हङकङ विरुद्धको पहिलो खेलमा ज्ञानेन्द्रलाई नयाँ अोपनरका रुपमा सागर पुनले साथ दिएका थिए। जुसमा १० रनको साझेदारी भयो। दोस्रो खेल भने खराब मौसमका कारण हुन सकेन्।

सातौँ चरणको खेल बुधबार यूएई विरुद्ध खेल्दा नेपालको ओपनिङ ज्ञानेन्द्रका साथमा दीलिप नाथले गरेका छन्।

दीलिप नाथ ‘लेफ्ट ह्यान्डेड ब्याट्सम्यान’ हुन्। ‘लेफ्ट र राइट ह्यान्डेड’ ब्याट्सम्यानबीच तालमेल मिलाउन उनीहरु ओपनिङमा पठाएको नेपाली टोलीका प्रशिक्षक जगत टमटाले बताएका छन्।

अंक तालिकामा खासै अर्थ नराख्ने यूएई विरुद्धको खेललाई नेपालले आगामी फेब्रअरीमा हुने डिभिजन टु को तयारीका रुपमा लिएको छ। ६ टोली सम्मेलित डिभिजन टु को शीर्ष २ टोलीले विश्वकप छनोट खेल्न पाउँनेछन्।
त्यसैले त्यसअघि नेपालले आफ्नो ओपनिङ जोडीलाई फिट बनाउँनु आवश्यक देखिएको छ।

डब्लुसिएलमा हालसम्म नेपाली ओपनिङ जोडी, उनीहरूकाे व्यक्तिगत स्कोर र साझेदारीः–

स्कटल्याण्ड विरुद्ध पहिलो खेलः महेश क्षेत्री (२१) र अनिल मण्डल (१००), साझेदारीः ४४ रन
स्कटल्याण्ड विरुद्ध दोस्रो खेलः महेश क्षेत्री (३) र अनिल मण्डल (९), साझेदारीः ८ रन

पपुवा न्युगिनीसँग पहिलो खेलः अनिल मण्डल (०) र सुवास खकुरेल (६३), साझेदारीः १ रन
पपुवा न्युगिनीसँगको दोस्रो खेलः अनिल मण्डल (०) र सुवास खकुरेल (०), साझेदारीः १ रन

नामिबियासँगको पहिलो खेलः ज्ञानेन्द्र मल्ल (२१) र नरेश बुढाऐर (१६), साझेदारीः ४२ रन
नामिबियासँगको दोस्रो खेलः ज्ञानेन्द्र मल्ल (२२) र नरेश बुढाऐर (६), साझेदारीः २४ रन

नेदरल्याण्ड्ससँगको पहिलो खेलः ज्ञानेन्द्र मल्ल (११) र अनिल मण्डल (२०), साझेदारीः २३ रन
नेदरल्याण्ड्ससँगको दोस्रो खेलः ज्ञानेन्द्र मल्ल (११) र अनिल मण्डल (५), साझेदारीः २२ रन

केन्यासँगको पहिलो खेलः ज्ञानेन्द्र मल्ल (२७) र सुनिल धमला (३), साझेदारीः २१ रन
केन्यासँगको दोस्रो खेलः ज्ञानेन्द्र मल्ल (६४) र सुनिल धमला (१), साझेदारीः ४ रन

हङकङविरुद्धको पहिलो खेलः ज्ञानेन्द्र मल्ल (२१) र सागर पुन (३), साझेदारीः १० रन
हङकङविरुद्धको दोस्रो खेलः मौसमको खराबीका कारण खेल हुन सकेन्।

यूएई विरुद्धको पहिलो खेलः ज्ञानेन्द्र मल्ल(५४), दीलिप नाथ (१६), साझेदारीः ४३ रन

प्रकाशित २० मंसिर २०७४, बुधबार | 2017-12-06 18:02:05
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...