यूएईको सामना गर्न नेपाल तयार, खेलको प्रत्यक्ष प्रशारण हुने



नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको अन्तिम खेल बुधबार युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ। उक्त खेलको आइसिसीले प्रत्यक्ष प्रशारण गर्ने भएको छ।

आइसिसीले जारी गरेको प्रेश विज्ञप्तीमा नेपाल र यूएईबीच डिसेम्बर ६ (भोली) मा हुने खेल आइसिसीको अफिसियल वेबसाइट मार्फत प्रत्यक्ष प्रशारण गरिने उल्लेख छ। अन्य खेलको भने आइसिसीका सामाजिक सञ्जालमा हाइलाट्स दिइने विज्ञप्तीमा उल्लेख छ।

नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट रंगशालामा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।

अमेरिका र केन्यासँग अभ्यास खेल खेल्न नेपाली टोली एकहप्ता अघि नै यूएई प्रस्थान गरिसकेको छ। अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो भने केन्या विरुद्ध जित निकालेको थियो। दुबै खेलमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र करण केसीले खेलेका थिएनन्।

च्याम्पियनसिपको शीर्ष चारमा रहने टोली विश्वकप छनोट खेल्ने प्राबधान थियो तर हाल छैँटौ स्थानमा रहेको नेपालको सो संम्भावना सकिसकेको छ। यसअघिको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन टु मा घटुवा भइसकेको छ।

अब नेपालले विश्वकप छनोट खेल्न आगामी फ्रेब्रअरीमा हुने डिभिजन टु खेल्नुपर्नेछ। सोही खेलको तयारीका रुपमा नेपाल यूएई विरुद्ध मैदान उत्रन लागेको हो।

नेपाली टोलीः
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ, ललित भण्डारी, आरिफ शेख

 

प्रकाशित १९ मंसिर २०७४, मंगलबार | 2017-12-05 17:11:06

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...