Exclusive

ट्यालेन्ट हन्टबाट उदाएका रोहित

जसले पहिलो अन्तर्राष्ट्रिय खेलमै भारत विरुद्धको अन्तिम ओभरमा दुई छक्का र तीन चौका बर्साए




रोहित पौडेल
रोहित पौडेल

गतसाता सम्पन्न यू–१९ एसिया कपमा नेपाली युवा टोलीले पहिलो पटक कुनैपनि स्तरको प्रतियोगितामा भारतलाई पराजित गर्नु र सेमिफाइनलसम्मको यात्रा तय गर्नु ऐतिहासिक र सम्झनायोग्य सफलता थियो।

यस संस्करणमा भारतलाई पराजित गरेर नेपाली टोलीले जति चर्चा बटुल्यो, त्यति नै चर्चा यसअघिको संस्करणको च्याम्पियन भारतविरुद्ध उत्कृष्ट पारी खेल्दै नेपालका एक युवा खेलाडीले बटुलेका थिए।

गतवर्षको डिसेम्बरमा यू–१९ एसिया कपको तेस्रो संस्करण श्रीलंकाको कोलोम्बोमा आयोजना गरिएको थियो। ट्यालेन्ट हन्टबाट तयार पारिएको नेपाली टोलीमा पहिलोपटक नवलपरासीका १५ वर्षीय रोहित पौडेल पनि अटाए।

पहिलो खेलमा नेपाल आयोजक श्रीलंका विरुद्ध एक रनको झिनो अन्तरले पराजित हुँदा नेपाली टोलीले खेलेको खेलको निकै प्रसंशा भएको थियो।

दोस्रो खेलमा उमेर समूहको बलियो टोली भारतसँग नेपालले सामना गर्दै थियो। नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लियो।

क्रिजमा उत्रेसँगै प्रतियोगिताको विजेता भारतीय बलरहरु सामू नेपाली ब्याट्सम्यानहरु धेरैबेर टिक्न सकेनन्। फलस्वरुप नेपालले ८६ रनको स्कोरमा सुरुवाती ६ विकेट गुमाइसकेको थियो। मुख्य ब्याट्सम्यानहरु आउट भइसकेको अवस्थामा नेपालले भारतविरुद्ध झिनो लक्ष्य बनाउने धेरैले अनुमान गर्नु स्वभाविक थियो।

तर, आधा खेल बाँकी रहँदा २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा रोहित पौडेल मैदान प्रवेश गरे। श्रीलंका विरुद्धको पहिलो खेलमा उनलाई मौका दिइएको थिएन। त्यसकारण यो उनको पहिलो अन्तर्राष्ट्रिय खेल थियो।

सम्हालिएर ब्याटिङ गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना गरे। ६८ रनको अर्धशतकीय पारी र अन्तिम ओभरमा तीन चौका र दुई छक्का प्रहार गरेपछि खेल पछ्याइरहेका नेपाली क्रिकेटका समर्थकहरु खुशी मात्रै भएनन्, रोहितको चर्चा पनि ह्वात्तै चुलियो।

अन्तिम ओभरमा आक्रामक बनेका उनले भारतका कमलेस नगरकोटीको पहिलो बलमा कुनै पनि रन लिएनन्। दोस्रो बलमा छक्का प्रहार गरे। तेस्रो र चौथो बलमा चौका प्रहार गरेका उनले पाचौं बलमा पुनः छक्का हाने। र, छैटौं बलमा फेरि चौका हान्दै नेपाललाई सम्मानजनक स्थितिमा पु¥याए।

बलियो टोली भारतका लागि नेपालले दिएको १ सय ७२ रनको लक्ष्य ठूलो थिएन। तर पनि नेपाली बलरहरुले भारतलाई सजिलो जित दिएनन्। संघर्षपूर्ण खेलमा भारत छ विकेटले विजयी भयो भने नेपाल प्रतियोगिताबाट बाहिरियो।

०००

क्रिकेट खेल्न थालेको तीन वर्ष नपुग्दै अनिलले चारवटा उमेर समूहका अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् भने दुई पटक सिनियर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाई सकेका छन्।

उमेरले भर्खरै १६ वर्षमात्रै टेकेका युवा खेलाडीका लागि यो महत्वपूर्ण उपलब्धि हो। मलेसियामा गतसाता सम्पन्न यू–१९ एसियाकपमा युवा राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गरेपछि रोहित दोस्रो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा परेका थिए।

यसअघिको यू–१९ एसियाकपको प्रदर्शन पछि पनि उनी ४० जनाको सिनियर टोलीको बन्द प्रशिक्षणमा परेका थिए।

हरेक खेलाडीको अन्तिम लक्ष्य राष्ट्रिय टोलीबाट देशको जर्सीमा खेल्ने हुन्छ। बन्द प्रशिक्षण त्यसैको अघिल्लो खुट्किलो हो।

‘सिनियर टोलीमा पर्न अझै निकै मेहनत गर्नुपर्छ,’ रोहित भन्छन्, ‘सिनियरहरुसँगै अभ्यास गर्न पाउनु त्यसैको एक बाटो हो।’

यूएई विरुद्ध डिसेम्बरमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलका लागि बुधबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीमध्ये दोस्रो चरणमा छानिएका २० जना खेलाडीहरुको नामावली सार्वजनिक गर्दा त्यसमा रोहित अटाएनन्। तर,राष्ट्रिय टोलीसँगै पहिलो चरणको बन्द प्रशिक्षणमा रही अभ्यास गर्न पाउँदा आफ्नो प्रतिभा अझै निखारिएको भन्दै रोहित खुशी छन्।

०००

सन् २०१४ मा नेपालले टी–२० विश्वकप खेल्यो। सारा नेपालीको ध्यान उक्त विश्वकपले तानेको थियो। उक्त विश्वकपमा नेपाली टोलीको प्रदर्शनले निकै चर्चापनि बटुल्यो। त्यसले धेरै नेपाली युवालाई क्रिकेट तर्फ आकर्षित गरेको थियो। त्यसमा एक थिए, रोहित।

त्यसता रोहित नवलपरासीमा स्थानीय साथीभाईहरुसँग रमाइलोका लागि टेनिस बलले क्रिकेट खेल्थे। विश्वकप खेलेपछि नेपाली टोलीले पाएको चर्चाबाट रोहित पनि आकर्षित भए र उनमा पनि क्रिकेटर बन्ने रहर पलायो।

‘विश्वकपले म भित्रको क्रिकेटरलाई जगाई दिएको थियो’ रोेहित भन्छन्, ‘त्यसपछि मात्रै मैले नियमित क्रिकेट खेल्न थालेको हुँ।’

क्रिकेटप्रति उनको लगाव यति बढ्दै गयो कि, उनको ध्यान पढाईमा कम र क्रिकेटमा ज्यादा हुन थाल्यो। सबैध्यान क्रिकेटमै केन्द्रित हुँदा पढाईमा मन लाग्न छाड्यो। ‘पढ्ने समय पनि हुँदैन थियो र मैले कक्षा आठमा नै पढाई छाडें’, उनले भने।

रोहितका बुबा (कुमार पौडेल) र दाजु (राजु पौडेल) मा पनि क्रिकेटप्रति रुचि रहेछ। कतिपटक दाजुले रोहितलाई टेनिस बल ल्याएर दिँदै क्रिकेट खेल्न हौस्याउने गरेको रोहित बताउँछन्।

क्रिकेटप्रतिको लगाव बढ्दै गएपछि परिवारले रोहितलाई राम्रो प्रशिक्षणको लागि काठमाडौं पठाउने निर्णय ग¥यो।

दुई वर्षअघि नवलपरासीबाट काठमाडौं हिँड्दाको क्षण सम्झदै उनी भन्छन्,‘म निकै खुशी थिएँ, यो मेरो क्रिकेटर बन्ने सपनाको पहिलो खुड्किलो थियो र त्यसमा परिवारको पनि साथ थियो।’

काठमाडौंमा रोहित दिदी (शिल्पी अधिकारी) र भिनाजु (सुरेश अधिकारी) कहाँ बस्थे। भिनाजुले नजिकैको बालुवाटार क्रिकेट एकेडेमीमा रोहितलाई प्रशिक्षणमा जाने व्यवस्था मिलाइदिए।

बालुवाटारमा उनले सुनिल लामा तथा रिकेश लामा गुरुको प्रशिक्षकत्वमा हुर्किंदै गए। झण्डै एक वर्ष भन्दा धेरै समय एकेडेमीमा नियमित अभ्यास गरे। त्यसबेला क्लबस्तरीय केही प्रतियोगिताहरु खेल्दै म्याच एक्सोजर बढाउँदै लगे।

‘बिहान र बेलुका दैनिक एकेडेमीमा नियमित प्रशिक्षण गर्थें,’ रोहित भन्छन्, ‘दिउँसो गेम खेल्न निस्कन्थें। काठमाडौं आएपछि म ‘फूल टाइम’ क्रिकेट मै लागें। पढाई अगाडि बढाउने समय नै भएन। घरमा पनि मेरो ब्यस्तता र इच्छा दुवै बुझ्नु भएको थियो र पढाईका लागि त्यति कर गर्नु भएन।’

सुशील पाण्डे नामका दाईको सहयोगमा क्रिकेटमा थप अभ्यस्त बन्न रोहित दिल्ली हिँडे। यो एकेडेमीमा अभ्यास गर्दैगर्दाको कुरा थियो। दिल्लीमा तीन महिनाको प्रशिक्षण र त्यस दौरान खेलेको अभ्यास खेलहरुले आफूमा ‘कन्फिडेन्स’ डेन्ट’ झनै बढेको उनी बताउँछन्।

टर्निङ प्वाइन्ट: ‘ट्यालेन्ट हन्ट’

दिल्लीमा तीन महिनाको प्रशिक्षण पछि रोहित नवलपरासीस्थित घर फर्किएका थिए। त्यहीबेला २०१६ को यू–१९ एसियाकपका लागि राष्ट्रिय टोली तयार पार्न देशभरि ट्यालेन्ट हन्ट आयोजना गरिँदै थियो।

नेपाली क्रिकेटको आधिकारिक निकाय क्यान निलम्बनमा परेपछि नेपालमा घरेलु प्रतियोगिताहरु भएका थिएनन्। जसको प्रभाव, नयाँ प्रतिभाहरु आउने बाटो पनि बन्द थियो।

त्यही बेला यू–१९ टोलीका प्रशिक्षक विनोद दास लगायतले देशभरिबाट प्रतिभावान खेलाडीहरु समेट्दै यू–१९ को राष्ट्रिय टोली निर्माण गर्ने उदेश्यले ‘ट्यालेन्ट हन्ट’ को आयोजना गर्ने निधो गरेका थिए।

‘भैरहवामा ट्यालेन्ट हन्ट क्याम्प थियो,’ रोहित सम्झन्छन्, ‘म लगायत त्यस क्षेत्रका थुप्रै खेलाडीहरु राष्ट्रिय टोलीको सपना देख्दै क्याम्पमा ट्राइल दिन पुगेका थियौं। भैरहवाको क्याम्पमा खेलाडीहरु निरिक्षण गर्न स्वयं यू–१९ टोलीका प्रशिक्षक विनोद दास, सिनियर टोलीका प्रशिक्षक जगत टमटा लगायत स्थानीय प्रशिक्षकहरु उपस्थित थिए।’

रोहितको क्रिकेटर बन्ने सपनामा ‘ट्यालेन्ट हन्ट’ पहिलो खुड्किलो बन्न सक्थ्यो। रोहितले पनि त्यो कुरा बुझेका थिए। झण्डै पाँच ओभर नेटमा गुरुहरुले ब्याटिङ गर्न mर्षर त्यसक्रममा उनले शतप्रतिशत दिँदै क्रिकेट प्रतिको मोह झल्काए।

पाँच ओभर ट्राइल दिइसकेपछि आफूलाई गुरुहरुले ‘राम्रो खेल्छौ, अझै मेहनत गर्दै जानु’ भनेको अहिले पनि सम्झन्छन्।

देशभरि ‘ट्यालेन्ट हन्ट’ सकिएको दुई दिनपछि पहिलो चरणको बन्द प्रशिक्षणको लागि ५२ जना खेलाडी छनोटमा परेका थिए। त्यसमा रोहित पनि अटाए। त्यसपछि २४ हुँदै उनी अन्तिम १४ को सुचीमा परे। अर्थात्, पहिलोपटक उनी उमेर समूहको राष्ट्रिय टोलीमा छानिए।

‘अन्तिम सुची प्रकाशित भएको खबर मैले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अभ्यास गरिरहका बेला थाहा पाएको थिएँ’ राष्ट्रिय टोलीमा परेको अनुभव साँट्दै रोहित भने, ‘पहिलोचोटी राष्ट्रिय टोलीमा परेको खबर सुन्दा आफू त निकै खुशी भएँ नै, लगत्तै घरमा पनि खबर गरें। दाईलगायत सबैजना निकै खुशी हुनुभयो।’

‘घरेलु प्रतियोगिता भइदिए हुन्थ्यो’

पहिलो पटक गतवर्ष यू–१९ राष्ट्रिय टोलीमा पर्दै भारत विरुद्धको खेलमा अर्धशतकीय पारी खेलेपछि रोहित उमेर समूहको प्रतियोगितामा नियमित छन्। यहीबीचमा उनी दुई चोटी सिनियर टोलीको बन्द प्रशिक्षणमा पनि परिसकेका छन्। 

गतवर्षको यू–१९ एसिया कप पछि यू–१९ विश्वकप छनोट, एसिया कप छनोट र भर्खरै मलेसियामा सम्पन्न यू–१९ एसिया कप खेलेका रोहितलाई यसबीचमा धनगढीमा भएको धनगढी प्रिमियर लिगको खेलाडी बोल कबोल (अक्सन) मा काठमाडौं गोल्डेन्स क्लव ५० हजारमा अनुबन्ध गरेको थियो।

नेपालमा प्रतिभाको कमी नभएको बताउने रोहित घरेलु प्रतियोगिताहरु नहुँदा प्रतिभाहरु बाहिर आउन नसकेको बताउँछन्। ‘ट्यालेन्ट हन्ट नभईदिएको भए मपनि अहिले कता गुमनाम हुन्थें’ उनी भन्छन्, ‘मजस्तै थुप्रै युवाहरुसँग राम्रो क्षमता छ, तर प्रतियोगिताहरुको अभावमा उनीहरु अगाडि आउन सकिरहेका छैनन्।’

भएका खेलाडीहरु पनि म्याच एक्सोजरका कारण खेलबाट पलायन हुने अवस्था आइरहेको उनी बताउँछन्।

 

 

 

 

 

प्रकाशित ७ मंसिर २०७४, बिहिबार | 2017-11-23 12:15:36
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।