ललितपुर प्याट्रिएट्स र वाटर एडबीच सहकार्य




एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको टोली ललितपुर प्याट्रिएट्र्सले वाटर एड नामक गैर सरकारी संस्थासँग सोसियल पार्टनरका रुपमा सहकार्य गर्ने भएको छ।

NIC ASIA

दुवैपक्षबीच भएको सम्झौता बमोजिम वाटर एडले ललितपुर प्याट्रिएट्र्ससँगको सहकार्यमा पिरियड पावर नामक अभियान सञ्चालन गर्नेछ।

पिरियड पावर अभियान मार्फत क्रिकेट र खेलाडीहरु मार्फत ठूलो संख्यामा जनमानस समक्ष रजस्वला र यससँग सम्बन्धित अन्धविश्वास र आवश्यक सावधानीको अभावमा निम्तन सक्ने खतराको विषयमा जनचेतना फैलाउने लक्ष्य राखेको वाटर एडले जनाएको छ।

वाटर एडकी कन्ट्रि डारेक्टर तृप्ती राईले महिलाहरुमा हुने रजस्वला सम्बन्धि विभिन्न गलत धारणाले उनीहरुको स्वास्थ्य तथा शिक्षामा समस्या देखिएको बताउँदै खेल तथा खेलाडीहरु मार्फत यससम्बन्धि जनचेतना फैलाउन क्रिकेट टोलीसँग सहकार्य गर्न लागिएको बताइन्।

‘सामाजिक मुद्याहरुमा परिवर्तन ल्याउनु छ भने हामीले समाजका विभिन्न संघसंस्थाहरुसँग मिलेर अघि बढ्नुपर्ने हुन्छ।’ उनले भनिन्, ‘सोहीकारण खानेपानी, सरसफाई र स्वच्छताका क्षेत्रमा काम गर्दै आइरहेको वाटर एडले क्रिकेट समर्थकहरु मार्फत सामाजमा जनचेतना फैलाउन क्रिकेट टोलीसँग सहकार्य गर्न लागेको हो।’

ललितपुर प्याट्रिएट्र्सका अध्यक्ष किशोर महर्जनले महिलाहरु महिनावारी हुँदा विभिन्न विभेदहरु सहनुपरेको भन्दै यस सम्बन्धि जनचेतना फैलाउनु आवश्यक रहेको बताए।

ललितपुर प्याट्रिएट्र्ससँगको सहकार्यमा वाटरएडले सुरु गर्न लागेको पिरियड पावर कार्यक्रमले समाजमा भएका रजस्वला सम्बन्धि नकरात्मक धारणा परिवर्तन गर्न सघाउ पुर्याउने उनले विश्वास व्यक्त गरे।

प्रकाशित ४ मंसिर २०७४, सोमबार | 2017-11-20 15:10:59
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...