यू–१६ टोली निर्माणका लागि देशभरीबाट खेलाडी छनौट हुदै


Infocus



यू-१६ टोली
यू-१६ टोली
फाइल तस्बिर

थाइल्याण्डमा आगामी डिसेम्बर ११ देखि १८ तारिखसम्म हुने एसिसी यू–१६ क्रिकेट प्रतियोगितामा सहभागि हुने नेपाली टोली तयार पार्न हाल देशभरि खुला छनोट क्याम्प भईरहेको छ।

NIC ASIA

आफूहरुलार्इ केही दिनअघि मात्रै एसिसीबाट प्रतियोगिताबारे जानकारी प्राप्त भएको र लगत्तै देशभरि क्याम्प गरि खेलाडी छनोट गर्ने निर्णय गरेको राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले जानकारी दिए।

क्याम्प केही क्षेत्रमा सकिसकेको र केही स्थानमा जारी रहेको उनले बताए। धनगढी तथा बैतडीमा खुला छनोट प्रतियोगिता सम्पन्न भइसकेको र बाँकी स्थानमा एकदुई दिनभित्रै क्याम्प सिध्याउने लक्ष्य लिएको प्रशिक्षक टमटाले बताए।

देशका ९ वटै क्षेत्रबाट ४ जना खेलाडीहरु छनोट गरिन लागिएको छ। मंगलबार भित्र देशभरिबाट खेलाडी छनौट भइसक्ने र बिहीबारबाट राजधानीमा अन्तिम टोली निर्माणको लागि खेल हुने उनले बताए।

देशभरिबाट छनोटमा परेका खेलाडीहरुलाई ४ टोली बनाएर मुलपानीमा ६ वटा म्याच खेलाइने र त्यसबाट बन्द प्रशिक्षणका लागि २५ खेलाडीको छनोट गरिने भएको छ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरुबाट १४ मुल टोली सहित ४ वैकल्पिक खेलाडीको छनोट हुनेछ।

हाल काठमाडौं, विराटनगर, विरगञ्ज लगायतका क्षेत्रमा खेलाडी छनोट भइरहेको प्रशिक्षक टमटाले जनाए। काठमाडौंको नेक्सस क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट एकेडेमी, केसिटिसी र ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा खेलाडी छनोट क्याम्प चलिरहेको छ।

काठमाडौंमा मात्रै ४ सय बढी खेलाडीहरुले क्याम्पमा सहभागिता जनाएको प्रशिक्षक टमटाले जानकारी दिए।

यस्तै, छनोटमा सहभागि हुन चाहानेसन् २००१ सेप्टेम्बर १ यता जन्मिएका खेलाडीहरुले आफ्ना नजिकका क्याम्पस्थल तथा प्रशिक्षकलाई सम्पर्क राख्न सक्नेछन्।

प्रकाशित ३ मंसिर २०७४, आइतबार | 2017-11-19 15:36:56
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।

  • चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ

    भुटानमा नयाँ पार्टीलाई सरकार बनाउन बहुमत

    भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।

  • भदौमा नेपाल आउँदा पशुपति दर्शन गर्दै मोदी

    अयोध्याबाट जनकपुर आउने जन्तीसँगै मोदी किन आउँदैछन् नेपाल?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ।

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...