नेपाल एसिया कपकाे सेमिफाइनलमा, भारत समूह चरणबाटै बाहिरियो

यू-१९ एसिया कप



मलेसियामा जारी यू-१९ एसियाकपमा भर्खरै सम्पन्न खेलमा बंगलादेशले भारतलार्इ पराजित गरेसँगै नेपाल प्रतियोगिताकाे सेमिफाइनलमा प्रबेश गरेको छ। समूह ए बाट बंगलादेश र नेपाल सेमिफाइनलमा प्रवेश गरेका हुन् भने भारत तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएको छ।

बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेसँगै नेपाल समूह 'ए' को उपविजेता बन्दै नेपाल पहिलोपटक सेमिफाइनलमा प्रबेश गरेको हो।

यसअघि समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारतलार्इ १९ रनले पराजित गरेको थियो।

सेमिफाइनलमा नेपालको सामना समूह बी को विजेता अफगानिस्तानसँग हुनेछ भने बंगलादेशले समूह बी को उपविजेता पाकिस्तानसँग सामना गर्नेछ। 

यो पनि पढ्नुहोस:- नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

 

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 15:38:52


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पत्नी दुर्गा पौडेलका साथ मोहनबिक्रम सिंह

    दिल्लीले ओली र प्रचण्डलाई अलग्याउन खोजिरहेको छः मोहनबिक्रम सिंह

    दिल्लीले वामगठबन्धन फुटाउन प्रयास गरिरहेको चाल पाएपछि प्रचण्डजीलाई घरमै भेटेर भनेको छुः ‘तपाईंले जसरी एक भएर जुनाव जित्नुभयो यो खेर नजाओस्। देश...

  • सन्दीप लामिछाने

    आइपीएलको अक्सनमा सन्दीप लामिछाने

    नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग(आइपिएल)को अक्सनका लागि छनोटमा परेका छन्।

  • यी हुन् कफीबिनै निद्रा भगाउने दश उपाय

    निद्राबाट जोगिने सबैभन्दा सजिलो उपाय हो कफी। बिहान उठ्नेबित्तिकै ताजा महसुस गर्न सकिएन भने वा दिउँसो झुल्न मन लागिरह्यो भने हामी कफीको सहारा...

  • राज्याभिषेक गरेकै चौतारोमा ‘षड्यन्त्रकारी राजा’ द्रव्य शाहको शालिक

    गोरखामा धमाधम शाहवंशीय राजाहरुको सालिक ठड्याउन थालिएको छ। राजतन्त्रविरुद्ध चलेको आन्दोलनका क्रममाः ढालिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक...