नेपालले फिलिपिन्सलार्इ बराबरी रोक्यो, अनिल गुरुङको सुखद बिदार्इ




नेपाली टोली
नेपाली टोली
तस्बिर सौजन्य: गोलनेपाल डटकम

एसियन कप २०१९ छनौट अन्तर्गत भर्खरै सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले समूह 'ए' को शीर्ष स्थानको फिलिपिन्सलार्इ बराबरीमा रोकेको छ। कप्तान अनिल गुरुङले दश वर्षे अन्तराष्ट्रिय फुटबल करिअरको अन्तिम खेलमा बलियो प्रतिस्पर्धिसँग सम्मानजनक खेल पस्कदै नेपाली टोलीले उनलार्इ सुखद बिदार्इ गर्यो।

NIC ASIA

सन् २००७ मा विश्वकप छनोट अन्तर्गत एसियाली क्षेत्रको छनोटमा अाेमानसँग भएको खेलबाट नेपाली टोलीमा डेब्यू गरेका अनिलले नेपालका लागि ५० अौं खेल खेल्दै सन्यास घोषणा गरेका हुन्। 

यू–१६ उमेर समूहको राष्ट्रिय टोलीबाट फुटबल खेल्न सुरु गरेका अनिलले यू–१९, यू–२३ हुँदै राष्ट्रिय टोलीको यात्रा तय गरेका थिए। ३१ वर्षिय अनिलले अन्तराष्ट्रिय खेलमा नेपालका लागि ९ गोल गरेका छन्। जुन नेपालका लागि सर्बाधिक गोलकर्ता हरि खड्का र निरञ्जन राइमाझीको कीर्तिमान (१३) गोल भन्दा ४ कम हो।

सम्बन्धित समाचार-१० नम्बर जर्सी र फ्यानहरुलाई सम्झिरहनेछुः अनिल गुरुङ

 फिलिपिन्सका खेलाडीले पाएको पटक पटकको अवसर नेपाली खेलाडीहरुले विफल पारिदिएपछि खेल बराबरीमा टुंगिएको हो। 

खेलकाे १० अौं मिनेटमा नेपालले पाएको नेपाललाई फ्रिकिक विमल घर्तिमगरले प्रहार गरे। उक्त फ्रिकिकमा रोहितको हेडरमा लागेर बाहिरिएको थियो। १७ अौं मिनेटमा नेपालका विंगर सुजल श्रेष्ठले  पोष्टमा गरेको प्रहार फिलिपिनो गोलकिपरले बचाएका थिए।

२० अौं मिनेटमा पेनाल्टी क्षेत्रबाट फिलिपिन्सका कार्लोस डे मुर्गाले प्रहार गरेकाे हेडर पोष्टमाथिबाट बाहिरिएको थियो। २५ मिनेट अौं मिनेटमा नेपालका गोलकिपर किरण चेम्जोंगले पहेलो कार्ड पाएका थिए।

२५ मिनेटमा फिलिपिन्सले पाएको कर्नरलार्इ सदूपयोग गर्न सकेन्। त्यसको केही मिनेटमा पेनाल्टी क्षेत्रबाट फिलिपिन्सका सिमोन रोटाले गरेको हेडरमा बल पोष्टमाथिबाट बाहिरिएको थियो। 

फिलिप जेम्स योंगहजब्यान्डको प्रहारलार्इ  रोहित चन्दले  बचाउ गर्दा फिलिपिन्सले गोल गर्ने अर्को अवसर गुमाएको थियो। त्यस्तै माइक ओटले गरेको प्रहारलार्इ नेपाली गोलकिपर किरणले बचाउ गरे पछि खेल बराबरीमा रोकिएको हो। 

दोस्रो हाफको ५४ अौं मिनेटमा भरत खवासले फल खेलेपछि पहेलो कार्ड पाएका थिए। सिमोने रोटाको सशक्त प्रहारलार्इ ६१ मिनेटमा नेपाली गोलकिपर किरणले उत्कृष्ट बचाउ गरेका थिए। 

प्रशिक्षक ग्यातुको कोजीले ६४ अौं मिनेटमा भरत खवासको स्थानमा नवयुग श्रेष्ठलाई मैदान प्रवेश गराएका थिए भने सन्यास लिएका कप्तान अनिल गुरुङ ८२ अौं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए। 

छनोटमा खेलेका यसअघिका ४ खेलमा नेपालले फिलिपिन्सविरुद्ध १ तथा ताजकिस्तानविरुद्धको २ खेल गुमाइसकेको छ। अर्को खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो। अाजको खेलपश्चात फिलिपन्सको ९ अंक भएको छ भने नेपालको २ अंक भएको छ।

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 15:09:10
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...