दीपेन्द्र चम्केपछि भारतमाथि एेतिहासिक जित



कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउण्डर प्रदर्शन गरेपछि नेपालले भारतसँग ऐतिहासिक जित हात पारेको छ। यसअघि टेष्ट खेल्ने राष्ट्र भारतविरुद्ध नेपालले कुनैपनि आधिकारिक क्रिकेट प्रतियोगितामा जित हात पार्न सकेको थिएन।

मलेसियामा जारी एसिसी यू १९ एसियाकपमा भर्खरै सकिएको खेलमा नेपालले भारतमाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो।

१ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा सवै विकेट गुमाएर १६६ रनमा रोकियो।

भारतका हिमांशु रानाले ४६, मान्जोत कोर्लाले ३५, अभिशेक शर्माले २७ तथा अर्थब तैडीले १३ जोडे।

नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। त्यस्तै पवन सर्राफले २ विकेट लिए।

त्यसअघि नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तान दीपेन्द्रले ८८ रनको महत्वपुर्ण पारी खेलेपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर १८५ रन जोडेको हो।

नेपालका लागि सर्बाधिक ८८ रन जोडेका कप्तान दिपेन्द्रसिंह ऐरीले १०१ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरेका थिए।

यस्तै ओपनर जितेन्द्र सिंहले ३६ तथा भिम सार्कीले १५ रन जोडे। मध्यक्रमबा बाकीं खेलाडीले दोहोरो अंक जोड्न नसक्दा नेपाल ठूलो लक्ष्य बनाउन चुक्यो। आसिफ सेखले ३, अनिलकुमार

साहले ६, रोहितकुमार पौडेलले ६ रन मात्रै बनाउन सके भने सन्दीप लामिछाने ९, किशोर महतो ७ रनमा नटआउट रहे।

भारतका आदित्य थकारे र अभिषेक शर्माले समान २ विकेट लिए।

प्रकाशित २६ कार्तिक २०७४, आइतबार | 2017-11-12 15:04:11

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...