नरेशले पुरा गर्लान त शरदको खाँचो?





नरेश बुढाएेर
नरेश बुढाएेर

ब्याट्सम्यान शरद भेषावकर विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङ विरुद्धको खेलमा अस्वस्थताका कारण खेल्न नसक्ने भएपछि उनको स्थानमा नरेश बुढाऐर खेल्ने भएका छन्।

शरदलाई रुघाज्वरो आएपछि उनी नखेल्ने भएका हुन्। च्याम्पियनसिपमा नेपालले शुक्रबार र आइतबार हङकङविरुद्ध उसैको मैदानमा खेल्दैछ। ज्वरोले च्यापेपछि बिहीबारको अभ्याससत्रमा पनि उनी अनुपस्थित रहेका थिए।

मुख्य प्रशिक्षक जगत टमटाले अनुभवी खेलाडी शरद नहुँदा टोलीलाई घाटा हुने भएपनि आफूहरुले पूर्वयोजना बमोजिम खेल्ने बताएका छन्।

च्याम्पियनसिपमा नेपालबाट सर्बाधिक बढी रन बनाउने नेपाली खेलाडीको सुचीमा शरद दोस्रो स्थानमा थिए। दश खेलबाट उनले तीन सय २१ रन बनाएका छन्। उनीअघि कप्तान पारस खड्का ३५२ रन सहित शीर्ष स्थानमा छन्।

शरदको स्थानमा हङकङ जाने नरेश शुक्रबार बिहान मात्रै आयोजना स्थल पुग्ने भएका छन्। 

यो पनि पढ्नुहोस:- 

पारस तेस्राे स्थानमा खेल्ने, शरदबारे प्रशिक्षक र कप्तान यसो भन्छन्

 

 


प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 16:31:34


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • कुलमान घिसिङ / फाइल फोटो

    कुलमानको प्रश्नः बिजुलीको बिल महँगो तिर्नु परेको त छैन?

    अहिले हामीले पूरै देशलाई लोडसेडिङमुक्त गरेका छौँ। औद्योगिक क्षेत्रमा भने रातको समयमा कहिलेकाहीँ लोडसेडिङ हुने गरेको छ। यो व्यवस्थापन गर्न सारै...

  • संविधान संशाेधनमा भारतका एजेन्डा छाेड्दै फाेरम

    प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले विश्वासकाे मत लिँदा दुई तिहाईभन्दा बढीको समर्थन पाए।

  • नेपाल एयरलाइन्सकाे जहाज

    दुई महिना थन्किएको ‘सगरमाथा’ ले हङकङबाट उडान थाल्यो

    नेपाल वायु सेवा निगमको दुई महिना थन्किएको एयरबस ३२०—२०० सिरिजको जहाज भाडाको इन्जिन जडान गरी शनिबार हङकङ उडेको छ।

  • भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउन नेपाल फकाउँदै ओली

    ओली निकट केही नेता ‘ओली र नेपाललाई पुनः एक ठाउँमा ल्याउने’ भन्दै सक्रिय देखिएका छन्। माओवादीसँग एकता भएपछि पुरानो गुटगत संरचना भत्किने र नयाँ बन्ने...