पारस तेस्राे स्थानमा खेल्ने, शरदबारे प्रशिक्षक र कप्तान यसो भन्छन्



हङकङमा अभ्यासरत नेपाली टोली।
हङकङमा अभ्यासरत नेपाली टोली।
मगेन्द्र राई

मुख्य ब्याट्सम्यान शरद भेषावकर अस्वस्थ भएर खेल्न नसक्ने अवस्थामा कप्तान पारस खड्काले तीन नम्बरमा ब्याटिङ गर्ने भएका छन्। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत महत्वपूर्ण खेल खेल्न हङकङ पुगेको नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरदलाई रुघाज्वरोले सताएपछि तेस्रो नम्बरमा ब्याटिङको जिम्मा पारसले लिने भएका हुन्।

यसअघि कप्तान पारसले चौथो नम्बरमा ब्याटिङ गर्दै आएका थिए।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटाले आज साँझ हुने टिम मिटिङमा शरद खेल्ने कि नखेल्ने बारे टुंगो लाग्ने बताएका छन्।

‘शरद टोलीका लागि महत्वपूर्ण खेलाडी हो’ उनले भने, ‘उसँग सोध्दा फ्लु सञ्चो भएपछि खेल्छु भनेको छ। आत्मविश्वास महत्वपूर्ण भएकाले खेल्न सक्छु भन्ने भए ऊ टोलीमा फर्कन सक्छ।’

‘हामीले कुन अर्डरमा कसले खेल्ने भनेर विकल्प सहितका योजना बनाएका थियौँ,’ प्रशिक्षक टमटाले भने, ‘योजना अनुसार नै तेस्रो स्थानमा पारस खेल्नेछन्।’

त्यस्तै चौथो स्थानमा दीपेन्द्रसिंह ऐरी र पाँचौ स्थानमा आरिफ सेखलाई मैदान पठाउने नेपाली टोलीको योजना रहेको उनले बताए।

कप्तान पारस खड्काले पनि शरदको स्थानको जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन्। ‘हामीले विकल्प सहित तयारी गरिसकेका छौँ,’ उनले भने, शरदको स्थानको जिम्मेवारी उठाउन म तयार छु।’

महत्वपूर्ण खेलअघि भरपर्दा अनुभवी ब्याट्सम्यान अव्यस्थ हुनु टोलीका लागि ठूलो घाटा भएको बताउँदै उनले आफूहरु व्यक्तिगत खेलाडी भन्दा पनि टिम भएर खेल्ने भएकाले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे।

 

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 13:31:41

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...